किन भन्यो वाईसिएलले ओलीलाई मुख समाल्न ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

किन भन्यो वाईसिएलले ओलीलाई मुख समाल्न ?



काठमाडौं ।

माओवादीको भातृ संगठन वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा उर्फ दीपशीखाले एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बोल्न खबरदारी गरेका छन् । चुनावी जितपछि बादशाह बनेका ओलीलाई माओवादी पार्टीको यो पहिलो झट्का हो ।

दीपशीखाले जिम्मेवार नेताले गैरजिम्मेवार भएर बोल्ने ? प्रश्न गर्दै पार्टी एकीकरण गर्ने भनेर अघि बढिसकेको स्थितिमा वातावरण नै धमिल्याउने गरेर जनयुद्धलार्य सैद्धान्तिक भूल भनेर छुटकारा लिन सुहाउँदैन उनले भनेका छन् ।

दीपशीखाले माओवादी र एमालेको एकीकरणपछि बन्ने पार्टी कम्युनिष्ट र वामपन्थी दुवै नहुने भन्ने ओलीको अभिव्यक्तिको पनि असन्तुष्टिसहित चिरफार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डकै प्रस्तावमा ओली हुने कुरामा पक्का मानिए पनि सभामुखदेखि राष्ट्रपतिसम्म, मन्त्रीदेखि अन्य नियुक्तीहरुमा ६०–४० कै आधारमा भागबण्डा हुनुपर्ने खिचलो दुई पार्टीवीच सुरु भइसकेको छ ।

यही खिचलोले पार्टी एकीकरण असम्भव हुने केही कम्युनिष्टहरुको विचार सार्वजनिक हुन थालेको छ ।