वाईसीएललाई वैकल्पिक शक्ति बन्न गृहमन्त्रीको सुझाव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वाईसीएललाई वैकल्पिक शक्ति बन्न गृहमन्त्रीको सुझाव



भदौ ३, काठमाडौँ ।
गृहमन्त्री जनार्दन शर्माले वाईसीएललाई बैकल्पिक शक्ति बन्न सुझाव दिएका छन् ।

वाईसीएल नेपालकोको एकताको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले वाईसीएल वैकल्पिक शक्तिको रूपमा आउनुपर्ने धारणा राक्दै त्यसका लागि सङ्गठनको नयाँ फर्मेसन बनाउन र जुझारु नेतृत्व चयन गर्न सुझाव दिए ।

आर्थिक समृद्धि र विकासको एजेण्डा बिनाको सङ्गठनको अब काम नहुने भन्दै उनले त्यसैअनुसारको योजना र कार्यक्रम बनाउन वाईसीएललाई सुझाव दिए । ‘पार्टीले दुई चार पैसा दिएर कार्यकर्ताको संरक्षण हुँदैन । योजना र कामले पार्टीपंक्तिको संरक्षण गर्न सकिन्छ,’ मन्त्री शर्माले भने ।