यात्रामा तपार्इलार्इ वान्ता भएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यात्रामा तपार्इलार्इ वान्ता भएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय



कात्तिक ५ ।

मानिसहरु गाडीको यात्रा गर्दा बान्ता गरिरहेका हुन्छन् विशेषगरी धेरै घुम्तीहरु भएको अप्ठेरो बाटोमा वान्ता आउने सम्भावना बढी हुन्छ । उनीहरुलाई सामान्य भन्दा सामान्य कुरा थाहा नभएको कारण यात्राको क्रममा उनीहरु शिथिल हुने गर्दछन् तर सामान्य तरिकाले भमिट रोक्नको लागि यी उपाय अपनाउनुस।

– गाडीमा यात्रा गरिरहँदा किताब पढ्ने वा मोबाइल चलाउने नगर्नुस । यसो गर्दा चक्कर लाग्छ र पेट बटार्छ ।

– यात्रामा निस्कँदा पेट खाली नराख्नुस । साथै पेट टन्न हुने गरी भारी चिज पनि नखानुस । अमिलो–पिरो खानेकुराबाट पनि टाढा रहनुस । यस्तो खानेकुरा पच्न समय लाग्ने भएकाले यात्रा गर्दा असुविधा हुन सक्छ ।

– यदि कारमा यात्रा गरिरहेको छ भने सम्भव भएसम्म अगाडिको सिटमा बस्नुस । अगाडि बस्दा चक्कर लाग्दैन ।

– आफ्नो रुमालमा पुदिनाको तेलको केही थोपा छर्किनुस र यात्रा गर्दा बारम्बार सुँघिरहनुस् । यसको अलावा पुदिनायुक्त चिया पनि पिउन सक्नुहुन्छ ।

– गाडी चढ्दा मुखमा अदुवाको सानो टुक्रा वा चकलेट राख्नुस । यसबाट वान्ता आउने जोखिम कम हुन्छ । यसका अलावा यात्रा गर्नुपूर्व अदुवा राखिएको चिया पिउनाले पनि फाइदा मिल्छ ।

– गाडीको झ्यालको शीशा ड्यामडुम बन्द नगर्नु । गाडीभित्र हावा पस्न दिनुस ।