यातायात कार्यालयमा मूख्यमन्त्री भट्टको छड्के, कार्यालय प्रमुख रातोपिरो भए - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यातायात कार्यालयमा मूख्यमन्त्री भट्टको छड्के, कार्यालय प्रमुख रातोपिरो भए



धनगढी, कैलाली  । प्रदेश नं ७ का मूख्यमन्त्री त्रिलोचन भट्टले कैलालीस्थित यातायात्र कार्यालयमा छड्के अनुगमन गरेका छन् ।

यातायात्र ब्यवस्था कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको गुनासो बढेपछि मूख्यमन्त्री भट्टले यातायात कार्यालयमा सोम बिहान छड्के अनुगमन गरेका छन् ।

लाइसेन्स परिक्षाका लागि फारम भर्न सेवाग्राहीहरु लाईनमा बसी रहेकै बेला मूख्यमन्त्री भट्ट एक्कासी अनुगमनमा पुगेर यातायातका कर्मचारीलाई सोधपुछ गर्न थालेपछि कर्मचारीहरु अचम्ममा मात्र परेनन रातोपिरो अनुहारमा एकलेअर्कोलाई हेरेर जवाफ दिदै थिए ।

मूख्यमन्त्री भट्ट कार्यालयमा पुग्दा यातायात कार्यालयमा सेवाग्राहीहरुको निकै ठूलो भिड थियो भने सेवाग्राहीहरु तीन लाईनमा बसेर लिखित परिक्षाको फाराम बुझाई रहेका थिए ।

मूख्यमन्त्री भट्टले लाईनमा बसेका सेवाग्राहीसंग कार्यालयले प्रदान गर्ने सेवाबारेजानकारी लिएका थिए ।। सेवाग्राहीले जवाफमा कार्यालयको सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको बताएका थिए ।

सेवाग्राहीसंगको कुराकानीपछि मूख्यमन्त्री भट्ट लेखा शाखा र कार्यालय प्रमुखको कार्यकक्षमा पुग्नु भएको थियो । मूख्यमन्त्री भट्ट कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा कार्यालय प्रमुख र सेवाग्राहीहरु ढोका बन्द गरेर कुराकानी गरी रहेका थिए ।

मूख्यमन्त्रीका प्रेस सहयोग मिलन परियारले प्रमुखको ढोका खोलेर मूख्यमन्त्री भट्ट भित्र पस्दा कार्यालय प्रमुख कृष्णप्रसाद भुषाल र अन्य तीन जना सेवाग्राही अचम्ममा परेका थिए । तीन जना सेवाग्राहीसुटुक्क बाहिरीय । तर कार्यालय प्रमुख भुषाल भने रातोपिरो हुँदै आफूहरुले दिने सेवा सुबिधामा कुनै कमी नरहेको जानकारी गराएका थिए ।

सरकारले तोकेको राजस्व लिएर जनतालाई छिटो छरितो सेवा प्रदान गर्न मुख्यमन्त्री भट्टले कर्मचारीहरुलाई निर्देशन दिए । यातायात कार्यालयले दिने सेवा सुबिधाप्रति जनगुनासो प्राप्त भएपछि आफू छड्के अनुगमनमा आएको बताउदै मूख्यमन्त्री भट्टले जनताले पाउनु पर्ने सेवा सुबिधामा आर्थिक चलखेल भएको जानकारी आए कारबाही हुने बताए ।

यातायात कार्यालयका कर्मचारीहरु लाईसेन्स बितरण, नविकरण, बाटो इजाजत र जाँचपासमा घुस खाने गरेको र घुस नदिदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मूख्यमन्त्री भट्टले छड्के अनुगमन गरेको मूख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले जानकारी दिए । एभरेस्ट दैनिकको सहयोगमा