छोरी जन्माएको भन्दै श्रीमतीलाई यातना, सामूहिक बलात्कारको प्रयास - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

छोरी जन्माएको भन्दै श्रीमतीलाई यातना, सामूहिक बलात्कारको प्रयास



कैलाली-
छोरा नभई छोरी जन्माएको भन्दै अझै पनि महिला माथि हिंसा हुन्छ समाजमा । छोरा नजन्माई २ छोरी जन्माएको भन्दै कैलालीको गोदावरी नगरपालिका २ कि २५ वर्षीय कविता जोशीलाई आफ्नै श्रीमानले अन्य व्यक्ति लगाएर सामूहिक बलात्कारको प्रयास गरेको पीडित युवती बताउँछिन् ।

दार्चुलाको गोकुलेश्वर घर भएका आफ्नै श्रीमान् धनञ्जय जोशीले साथीहरू लगेर बलात्कार प्रयास गरे पनि उनी भाग्न सफल भएको बताउँछिन् ।

५ वर्ष अघि प्रेम बिहे गरेका उनीहरूका २ छोरी छन् । छोरी जन्माएको भन्दै धनञ्जयले यस अघि पनि पटक पटक कहिले साथीहरू लगेर बलात्कार प्रयास गर्ने, कहिले मदिरा सेवन गरेर कुटपिट गर्ने गरेपछि उनी डेरा लिएर छुट्टै बस्दै आएकी छन् ।

पटक पटक डेरा परिवर्तन गर्दा पनि श्रीमानले खोजे २ छोरी र आँफुलाई कुटपिट गर्दै आएको उनी बताउँछिन् ।

श्रीमानबाट आजित भएकी कविता इलाका प्रहरी कार्यालय मालाखेती कार्यालयमा जाँदा प्रहरीले श्रीमान् श्रीमतीको झगडा घरमै मिलाउनु भन्दै फर्काउने गरेको उनको गुनासो छ ।
प्रहरीको जवाफ पछि धनजञ्यले आफूलाई कसैले कहीँ गर्न नसक्ने भन्दै झनै यातना दिइरहेको उनी पीडित युवती बताउँछिन ।