यसरी गठन हुन्छ स्ववियु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

यसरी गठन हुन्छ स्ववियु



१२ फागुन, काठमाडौं ।

त्रिभुवन विश्वबिद्यालयमा पहिलो पटक मिश्रित प्रणालीबाट स्ववियु चुनाव हुँदैछ । उसले प्रत्येक क्याम्पसमा बिद्यार्थी सङ्ख्याको आधारमा स्ववियु सदस्य निर्धारण गरेको छ ।

त्रिविले प्रत्यक्ष र समानुपातिकबाट आउने संख्या र विधिसमेत निर्धारण गरेको छ । त्रिविका अनुसार २०० बिद्यार्थी रहेको क्याम्पसमा ११ सदस्यीय कार्यसमिति रहनेछ भने अध्यक्ष, महासचिव, कोषाध्यक्ष र तीन सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

पदाधिकारी र सदस्यमा ५०/५० प्रतिशत प्रत्यक्ष र समानुपातिक निर्वाचित हुनेछन् । समानुपातिकमा निर्वाचित भएकाहरुले उपाध्यक्ष, सहसचिव लगायतका पदाधिकारी पद पाउनेछन् ।

२ सय बिद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय स्ववियु कार्यसमिति बन्नेछ भने २ सयदेखि १ हजारसम्म बिद्यार्थी भएको क्याम्पसमा १५ जना, १ हजारदेखि ३ हजारसम्म बिद्यार्थी भएमा १९ जना र तीन हजारमाथि बिद्यार्थी भएमा २१ जनाको कार्यसमिति बन्नेछ ।

स्ववियु निर्वाचन देशभर आगामी फागुन १८ गते हुँदैछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।