"असार महिनालाई लक्षित गरि तयार पारिएको पन्चेबाजा गीत“यानीमाया” बजार (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

“असार महिनालाई लक्षित गरि तयार पारिएको पन्चेबाजा गीत“यानीमाया” बजार (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतमा प्रिय शब्द सङ्गीतका खानी एकनारायण भन्दारीको शब्द सङ्गीत रहेको “ यानीमाया” बोलको पन्चेबाजा गीत हलै मात्र सार्वजनिक भएको छ ।

गायक सङ्गीत शर्मा र देवी घर्तीको स्वर रहेको गीत सङ्गीत शर्माको नाम बाट बजारमा आएको हो, रोजगारीको सिलसिलामा जापानमा बस्दै आएका गायक शर्माले जापानकैबाट आफ्नो स्वर भरेका छन् । उनको यस भन्दा पहिला झर्यो आँसु मात्रै झर्योले दर्शक श्रोताको मन जित्न सफल भएको थियो ।

यस्तै सोही गीतको भिडियोलाई बि-स्टार फिलिम्सले निर्माण गरेको छ, विक्रम चौहानको निर्देशन मा बनेको भिडियोलाई बासु बरालको छायाङ्कनमा मिलन बि.कले सम्पादन गरेका छन् । भिडियोमा चर्चित मोडल सारिका के.सी र सन्देश शर्मा अभिनय रहेको छ भने राम शर्मा र सङ्गिता शर्मा बेहुला बेहुलिको रूपमा देखिएका छन् ।

असारको पहिलो हप्ता बजार मा आउने गीत केही प्राविधिक कारणले गर्दा अल्लिकति ढिलो भए ता पनि गीत ले बजार तताउने मोडेल सन्देश शर्मा बताउछन् । गीतलाई महालक्ष्मी म्युजिक प्रा. लीले बजार व्यवस्थापन गरेको छ ।