यमनमा हवाई कारबाही, ३५ जनाको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यमनमा हवाई कारबाही, ३५ जनाको मृत्यु



साना ।

यमनको राजधानीमा रहेको एउटा होटेलमा बुधवार अमेरिकी सेनाले आक्रमण गरेको छ । हवाई आक्रमणमा परी मर्नेको सङ्ख्या हालसम्म ३५ पुगेको छ । आक्रमणमा मारिएका सबै सामान्य नागरिक रहेका बताइएको छ । आक्रमण भएको होटेल अर्बाह जिल्लाको बाईट अल इदहार क्षेत्रमा रहेको छ ।

सरकारी अधिकारीहरूले अहिले सम्म ३५ जनाको शव भेटिएको र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्ने बताएका छन् । मारिने मध्ये सबै पुरुष रहेका छन् ।

यमनी सरकारलाई समर्थन गर्दै आएका साउदी अरेबियाआवद्व संयुक्त गठबन्धनले सन् २०१५ को मार्च देखि सुरु गरेको श्रीङ्खलबद्ध आक्रमण मध्येको यो नागरिकहरू माथिको पछिल्लो हवाई आक्रमण हो ।

साउदी अरबको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५ बाट जारी युद्धमा हालसम्म आठ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

यमनमा हालका दिनहरूमा साउदी अरेबियाआवद्ध हवाई कारबाही बारम्बार हुने गरेको पाइन्छ । यस्ता कारबाहीहरु निर्दोष सर्वसाधारण ज्यान गुमाउने क्रम पनि जारी रहेको छ ।

आक्रमणमा परि मर्ने मध्ये सबै पुरुष रहेका छन् ।

एजेन्सीको सहयोगमा