सी जिन पिङ नेपाल आउने समाचार गलत ! सत्य यस्तो छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सी जिन पिङ नेपाल आउने समाचार गलत ! सत्य यस्तो छ



काठमाडौं-

तपाईँले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा हेर्नुभएहोला मार्च महिनामा चिनियाँ राष्ट्रपति सी जिन पिङ नेपाल आउँदै छन् भन्ने समाचार, तर यो समाचार नै गलत हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सुची नै छैन । उनी नेपाल भ्रमण आउने कुनै तयारी नै छैन ।

खासमा मार्चमा नेपाल भ्रमणमा आउने चिनियाँ प्रधानमन्त्री ली खछ्याङले हुन् । चीनमा कार्यकारी राष्ट्रपति हुने प्रणाली छ र प्रधानमन्त्री सामान्य मन्त्री सरहको दर्जामा हुन्छन् । उनी नेपाल आइसकेपछि सी जिन पिङ आउने वा नआउने भन्ने टुङ्गो लाग्ने छ । ली खछ्याङ नेपाल आउने भएपछि सी आउने तयारी गरिने र समय तोकिने जनाइएको छ ।

यही मार्चमा आउने चिनियाँ प्रधानमन्त्री ली खछ्याङको तयारी चलिरहेको छ । उनी सहित नेपालमा ठुलो टिम आउने र यहाँका विभिन्न राजनीतिक तथा विकासका मुद्दाहरू अध्ययन गरेर फर्किने बताइएको छ । नेपालमा लगानीको क्षेत्र, राजनीतिक तथा दुईदेशीय व्यापारको बारेमा अध्यन गर्नेगरी उनी आउने तयारी भइरहेको छ । नेपाललाई गर्ने केही सहायताको पनि तयारी भइरहेको बताइएको छ ।

ली खछ्याङ फर्केपछि चिनियाँ सरकार र नेपाल सरकारले सी को नेपाल भ्रमणको मिति तथा कार्यक्रम बनाउने छ । ली फर्केलगत्तै उनी आउने भएपछी दुईदेशिय सम्बन्ध अझै कसिलो बन्ने अनुमान गरिएको छ ।