दुनियाँको सबैभन्दा ठूलो लामखुट्टे,रगत हैन जुस पिउछ ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दुनियाँको सबैभन्दा ठूलो लामखुट्टे,रगत हैन जुस पिउछ !



लामखुट्टे भन्ने बित्तिकै मानिसको रगत चुस्ने र विभिन्न खतरनाक रोग फैलाउने किरा भनेर चिनिन्छ । तर दुनियाँको सबैभन्दा ठूलो लामखुट्टेको हकमा चाहीँ यी मान्यताहरु लागू हुँदैनन् ।

सोँच्नुहोस् त यदि तपाइँको घरभित्र साढे चार इन्च ठूलो लामखुट्टे आएर धमाका मच्चायो भने तपाइँ के गर्नुहुन्छ ? यो कुनै कोरा कल्पना होइन । चीनको सिचुआन प्रान्तमा यस्तो भिमकाय लामखुट्टे पाइएको छ ।

होलोरुसिआ मिकाडो नामक प्रजातिको उक्त लामखुट्टेको पखेटा यति ठूलो छ की त्यो ११.१५ सेन्टिमिटर अर्थात् करीब साढे ४ इन्च सम्म फैलिएको छ ।

आम रुपमा यस प्रजातिका लामखुट्टेहरुको पखेटा ८ सेमीसम्म फैलिएको हुन्छ । तर पछिल्लोपटक पाइएको एउटा लामखुट्टे भने त्यसभन्दा धेरै ठूलो रहेको छ । सायद यो दुनियाकै सबैभन्दा ठूलो लामखुट्टे हो । सिचुआनको राजधानी चेंग्दूमा यो लामखुट्टे फेला परेको हो ।

यो प्रजातिको लामखुट्टे निकै खतरनाक तथा डरलाग्दो देखिन्छ । यसले मानिसको रगत तान्न पायो भने त स्वाट्टै पारिदेला की भन्ने लाग्छ । तर खुसीको कुरा के भने यो शाकाहारी लामखुट्टे हो । यसले रगत पिएर होइन फूलको रस पिएर आफ्नो पेट भर्दछ ।

यो लामखुट्टेको आयू केही दिनमात्र हुन्छ । ठूलो सरीर भएको हुँदा उड्न पनि अप्ठेरो हुन्छ र धेरै उड्न सक्दैन ।

विज्ञहरुका अनुसार विश्वमा एक हजार भन्दा धेरै शाकाहारी प्रजातिका लामखुट्टे छन् । मानिस तथा जनावरको रगत पिउने लामखुट्टेको संख्या केवल १ सय जत्ति मात्र छ ।

स्मरण रहोस् रोग फैलाउने खतरनाक लामखुट्टे सखाप पार्नका लागि चीनको सरकारी अनुसन्धान संस्थाले हालै राडारको आविष्कार गरेको छ । जसले लामखुट्टेहरुलाई खोजी खोजी मार्दछ ।

एजेन्सीको सहयोगमा