विश्वकप हेरेर फर्कदै गर्दा बाढीले बगाएर एक जना बेपत्ता - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विश्वकप हेरेर फर्कदै गर्दा बाढीले बगाएर एक जना बेपत्ता



ताप्लेजुङ । अविरल वर्षासँगै आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार राति विश्वकप फुटबल हेरेर मोटरसाइकलमा फर्कने क्रममा फुङलिङ नगरपालिका१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार राई चढेको मोटरसाइकल केही तल भेटिएको र उनको खोजी कार्य भरहेको छ । राई फुङलिङ बजारस्थित पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्थे ।

यसैगरी बिहीबार बेलुकादेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । मेची राजमार्गको फुङलिङ–सुकेटार खण्डका विभित्र ठाउँमा पहिरो गएको छ । आजको अन्नपूर्ण पोस्ट्बाट ।