विश्वकप आजबाट सुरु,रसिया र साउदी अरेबिया भिड्दै - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विश्वकप आजबाट सुरु,रसिया र साउदी अरेबिया भिड्दै



काडमाडौं । सन २०१८ विश्वकप रसियामा आज (बिहीबार) बाट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। नेपाली समया अनुसार साँझ ८ः४५, रुस र साउदीबीचको खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ।

रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ। रसिया आयोजक राष्ट्रका हैसियतमा मात्र विश्वकप फुटबलमा छनौट भएको हो। साउदी अरेबिया भने यसअघि सन् १९९४ र सन् २००६ को विश्वकपमा समेत सहभागि भैसकेको छ।

३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । युरोपबाट रुस, बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।

त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन ।

उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

फाइनलमा मेस्सी भर्सेस रोनाल्डोको खेल हेर्ने ह्यारीको चाहना

अहिले विश्वभरका खेलप्रेमीमाझ विश्वकपको रौनक बढेको छ । को कुन टिमको समर्थक एक अर्काप्रति बहस भईरहेको छ । विश्वकपको उपाधि कुन टिमले जित्ला ? कसले गोल्डेन बुट पाउला ?सुनको बल कस्ले जित्ला ? आफुले समर्थन गरेको टिम कहाँ सम्म पुग्ला ? जस्ता आँकलनहरु भइरहेका छन् ।

अहिलको चर्चिल खेलाडीहरु क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, लियोनल मेस्सीको अर्जेन्टिना फाईनलमा पुगेको हेर्न धेरैको इच्छा रहेको छ । यी दुई टिम फाईनलमा पुगे विश्वमा छुट्टै माहोल बन्नेछ । किन की आजसम्म रोनाल्डो र मेस्सी दुबैले विश्वकप फुटबलको उपाधि स्वाद चाख्न पाएका छैनन् र दुवै अर्जेन्टिना र पोर्चुगलको भेट समेत विश्वकप फुटबलमा भएको छैन।

पुर्व अस्ट्रेलियन फुटबलर ह्यारी केवेल पनि अर्जेन्टिना र पोर्चुगलको फाइनल खेल हेर्न इच्छुक रहेको बताएका छन् । केवेल भन्छन्, “म अर्जेन्टिना र पोर्चुगलको फाइनल खेल हेर्न इच्छुक छु किनकि त्यो मेस्सी भर्सेस रोनाल्डो हुनेछ।“ केवेलले थपे, “मलाई लाग्छ त्यो एक परिक्षा हुनसक्छ जसले विश्वमा को उत्कृस्ट छन् भनेर प्रमाणित गर्नेछ। मलाई लाग्छ यो विश्वकपमा धेरै राम्रा खेलाडीहरु देखिनेछन्।“

सन् २०१४ को फिफा विश्वकप फाइनलमा मेस्सीको टोलि अर्जेन्टिनाले जर्मनी बिरुद्ध १-० को दुखदायी हार बेहोरेको थियो भने त्यसको केहि समयपछि कोपा अमेरिका फुटबलको फाइनलमा समेत हार बेहोरेको थियो।

सन् २०१४ को फिफा विश्वकप खेलमा मेस्सीको टोलि अर्जेन्टिनाले जर्मनी बिरुद्ध १-० को दुखदायी हार बेहोरेको थियो भने, पोर्चुगल समुह चरणबाटै बाहिरीएको थियो । २०१४ को विश्वकपको केहि समयपछि कोपा अमेरिका फुटबलको फाइनलमा समेत अर्जेन्टिनाले हार बेहोरेको थियो। पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियन बनेको थियो ।

अहिले अर्जेन्टिना समुह “डी” मा रहेको छ, भने पोर्चुगल समुह “बि” मा रहेको छ । आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासंगै समुह “डी” मा रहेको अर्जेन्टिनालाई समुह बिजेता हुन त्यति गाह्रो देखिंदैन। उता पोर्चुगल भने समुह “बि”मा स्पेन, मोरोक्को र इरानसंगै रहेकाले समुह विजेता बन्न गाह्रो नै देखिन्छ।

यी दुई टिम फाइनलमा पुग्नका लागि समुह विजेता र उपविजेता बनेर नकआउट चरणमा अन्य खेल जित्नु पर्ने हुन्छ। अर्जेन्टिना र पोर्चुगल फाइनमा पुग्नको लागि उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ । उता जर्मनी, ब्राजील, स्पेन पनि उपाधिको लागि दाबेदार टिम हुन् ।