विश्वकपमा सहभागी सर्वाधिक पाँच धनी खेलाडी,हेर्नुहोस् कसले कति कमाउछन ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकपमा सहभागी सर्वाधिक पाँच धनी खेलाडी,हेर्नुहोस् कसले कति कमाउछन ?



फुटबलकै महाकुम्भ हिजो मात्रै रसियामा सुरु भएको छ । अहिले सबै फुटबलप्रेमीको ध्यान रसियामा छ । हरेक खेलको नायँ जानकारी लिन पाठक निकै उत्सुक छन् । खेलाडीको पृष्ठभूमि, सम्पत्ति, योगदान तथा वर्तमान अवस्था इत्यादि विषयमा जान्ने रुचि खेलप्रेमीलाई हुन्छ ।

बिहिबारदेखि सुरु भएको विश्वकमा फुटबलका स्टारदेखि नयाँ खेलाडी छन् ।

यो पटकको विश्वकमा ३२ राष्ट्र सहभागि छन् । ती राष्ट्रबाट विश्वकपमा ७ सय ३६ खेलाडी सहभागी छन् । यी सयौं खेलाडीमध्ये यो पटकको विश्वकपमा केही यस्ता छन्, जो विश्वचर्चित मात्र नभएर त्यत्तिकै धनी पनि छन् ।

यसैविच अमेरिकन चर्चित पत्रिका फोर्ब्सले विश्वकपमा सहभागीमध्ये धनी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फोर्ब्सले सर्वाजनिक गरेको सूचिमा अर्जेन्टिनाका लियोनल मेसी सबैभन्दा धनी देखिएका छन् ।
त्यसपश्चात पोर्चुगलका क्रिस्टियानो रोनाल्डो स्थानमा छन् । यस्तै, ब्राजिलका नेइमार तेस्रो धनी खेलाडीमा देखिएका छन् ।

यी तीनजना समग्रमा विश्वकै धनी खेलाडीको शीर्ष दशभित्र समावेश छन् । खेलाडीहरूको मुख्य आम्दानी नै क्लबबाट पाउने वार्षिक पारिश्रमिक हो ।

यसैगरी, उनीहरूले विभिन्न कम्पनीसँग सहकार्य गर्दै आम्दानी गर्ने गर्छन् । फोर्सले सहभागी सबै ३२ राष्ट्रका खेलाडीको समग्रमा वार्षिक आम्दानी ४ सय मिलियन पाउन्ड रहेको जनाएको छ । उसले केवल विज्ञापन र वार्षिक आम्दानीको मात्र विश्लेषण गरी खेलाडी छनोट गरिएको जनाएको छ । फोर्सले राष्ट्रिय टिमबाट दिइने पारिश्रमिक जोडेको छैन ।

१- लियोनल मेसी (अर्जेन्टिना)

पाँचपटकका फिफा वर्ष खेलाडी लियोनल मेसीको कुल सम्पत्ति ११ करोड १० लाख डलर रहेको छ । आधुनिक फुटबलकै सर्वोकृष्ट खेलाडी मेसी बार्सिलोना र अर्जेन्टिनाका प्लेमेकर हुन् ।

बार्सिलोनाको आत्मा भनिने मेसीले क्लबबाट प्रतिवर्ष २ करोड ७० लाख डलर पारिश्रमिकका रूपमा लिने गर्छन् । एडिडास, मास्टर कार्ड तथा पेप्सीको विज्ञापन गरेबापत उनले २ करोड ७० लाख डलर थप आर्जन गर्छन् ।

२- क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएयता पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा चुलिएको हो । म्याड्रिडका अध्यक्ष परेजले रोनाल्डोविनाको क्लब पूरा नहुने बताउने गर्छन् । रोनाल्डो रसिया विश्वकपकै दोस्रो धनी फुटबलरमा गनिन्छन् । उनको वार्षिक कमाइ १० करोड ८० लाख डलर रहेको छ । रोनाल्डोले रियलबाट प्रतिसता ३ लाख ६५ हजार डलर थाप्छन् ।

३- नेइमार (ब्राजिल)

२६ वर्षीय ब्राजिलियन नेमार जुनियर व्यावसायिक फुटबलमा भाग्य चम्काउन युरोपतिर हानिएका फुटबलर हुन् । ब्राजिलको सान्तोषमा आफ्नो करिअर नदेख्दा उनले रियल म्याड्रिडको आकर्षक प्रस्तावसमेत स्विकारेनन् ।

सानैदेखि मेसीलाई आदर्श मानेका नेमार बार्सिलोनासँग सामान्य मूल्यमै अनुबन्ध भए । बार्सिलोनामा तीन सिजन बिताउँदा उनी विश्वकै एक स्टार खेलाडी बनिसकेका थिए ।

महत्वाकांक्षी सपना देख्ने नेमार पुनः आफ्नो स्टारडमलाई एक उचाइ दिन फ्रेन्च क्लब पिएसजीमा विश्वकीर्तिमान रकम १९ करोड ८० लाख पाउन्डमा अनुबन्धित हुन पुगे । जीवनमा परिवर्तन खोजिरहने नेमार अहिले विश्कपकै तेस्रो धनी फुटबलमा पर्छन् । ब्राजिलियन कप्तान नेमारले ७ करोड ३० लाख डलर पारिश्रमिकबाट कमाएका छन् । उनले १ करोड ७० लाख पाउन्ड विज्ञापनबाट आर्जन गरे ।

४-पाउल पाउग्बा (फ्रान्स)

पाउग्बा रसिया विश्वकपकै महँगा खेलाडीमा पर्छन् । २५ वर्षीय उनको वार्षिक आम्दानी २ करोड ९५ लाख पाउन्ड रहेको छ । युनाइटेडका महँगा खेलाडी पोग्बाले प्रतिसाता २ लाख ९० लाख पाउन्ड कमाउन्छन् ।

५- ओस्कार (ब्राजिल)

ब्राजिलियन मिडफिल्डर ओस्कार अहिले चीनको संघाई क्लबमा आबद्ध छन् । चेल्सीबाट संघाईमा अनुबन्धित हुँदा उनको सम्झौता रकम ६ करोड पाउन्ड रहेको थियो । चेल्सीमा साढे चार वर्ष बिताएपछि ओस्कारले एकाएक संघाईको राम्रो प्रस्ताव स्विकार्दै सबैलाई स्तब्ध पारे । राष्ट्रिय टोलीबाट अहिलेसम्म उनले १२ गोल गरेका छन् । उनले संघाईबाट प्रतिसाता ४ लाख पाउन्ड आर्जन गर्छन् ।

-एजेन्सी