विश्वबाटै लोप हुन लागेको कम्युनिष्ट नेपालमा पनि धेरै टिक्दैन :देउवा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विश्वबाटै लोप हुन लागेको कम्युनिष्ट नेपालमा पनि धेरै टिक्दैन :देउवा



रुकुम, मंसिर ७ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको एकताले नेपालमा लोकतन्त्र धरापमा पर्ने खतरा बढेको आरोप लगाएका छन् ।

पश्चिम रुकुमको सदरमुकाम मुसिकोटमा बिहीबार चुनावीसभालाई सम्बोधन गर्दै उनले एक हुने नाममा कम्युनिष्टहरुले अधिनायकवाद लाद्ने चाहना राखेको जिकिर गरे ।

विश्वबाटै लोप हुन लागेको कम्युनिष्ट नेपालमा पनि धेरै नटिक्ने भन्दै उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई साथ दिनुपर्ने बताए ।