दोश्रो चरणका अन्तिम खेल आज, यस्तो छ विश्वकप गणित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दोश्रो चरणका अन्तिम खेल आज, यस्तो छ विश्वकप गणित



विश्वकप फुटबलमा समूह अन्तरगतका दोस्रो चरणका अन्तिम खेल आज हुँदैछन् । आजको पहिलो खेलमा पौने ६ बजे समूह जी का इङ्ल्याण्ड र पानामा भिड्दै छन् । इङ्ल्याण्डले पहिलो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो भने पानामा बेल्जियमसँग पराजित भएको थियो ।

आजको खेल जित्न सके इङ्ल्याण्ड अन्तिम खेल अघि नै नकआउट चरणमा पुग्ने छ । यो खेल इङ्ल्याण्डले जिते पानामा र ट्युनिसिया बाहिरिने छन् । यी दुई टोलीले अंक जोड्न सकेका छैनन् । समूहको अन्तिम खेलमा पानामा र ट्युनिसिया तथा इङ्ल्याण्ड र बेल्जियम भिड्ने छन् । बेल्जियम लगातार दुई खेल जित्दै समूहको शीर्ष स्थानमा छ ।

यस्तै समूह एचका दुई खेल पनि आजै हुँदै छन् । आजको दोश्रो खेलमा पौने ९ बजे जापान र सेनगल भिड्ने छन् । दुवै टोलीले पहिलो खेल जितेका छन् । पहिलो खेलमा जापानले कोलम्वियालाई पराजित गरेको थियो । यस्तै सेनेगलले पोल्याण्डलाई पहिलो खेलमा हराएको थियो । यो खेल जित्ने टिमको अघिल्लो चरणको संभावना बलियो हुनेछ ।

समूहको दोश्रो चरणको अन्तिम खेलमा पोल्याण्ड र कोलम्बिया भिड्ने छन् । यी दुवै टोली अंक बिहिन छन् । आजको खेल जित्ने टोलीको अघिल्लो चरणको संभावना रहने छ, भने हार्ने टोली लगभग बाहिरिने छ ।

सोमबारबाट समूहका तेस्रो तथा अन्तिम खेलहरु हुने छन् । सोमबार देखि हरेक समूहका खेल एकै समयमा सञ्चालन हुनेछन् ।