अर्जेन्टिनाको विश्वकप जित्ने तयारी यस्तो छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अर्जेन्टिनाको विश्वकप जित्ने तयारी यस्तो छ



एजेन्सी । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले केही दिन अगाडि भएको हाइटीविरुद्धको मैत्रीपूर्ण खेलमा ४—१ गोलले पराजित गर्यो । हाइटीमाथिको जितले अर्जेन्टिनालाई विश्वकपमा दरिलो उपस्थिति जनाउनेमा विश्वास बढेको छ ।

जुन १४ देखि जुलाई १५ सम्म रुसका विभिन्न १२ रंगशालामा हुने विश्वकपमा अर्जेन्टिनाको उपस्थिति कस्तो होला ? अर्जेन्टिनाको भन्दा पनि बढी विश्वका महान खेलाडी भनेर चिनिने लियोनल मेस्सीले कस्तो प्रदर्शन गर्लान् ? यसअघि विश्वकप उपाधि दिलाउन असफल भएका मेस्सीको जादु यो विश्वकपमा चल्ला त ? यी नै प्रश्न, कौतुहलता र जिज्ञासाले फुटबलप्रेमीको मन भरिएको छ ।

विश्वकपमा अर्जेन्टिना आफुलाई सशक्त टिमको रुपमा मैदान उतार्ने तयारीमा रहेको छ । अर्जेन्टिना चर्चित खेलाडी लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रिँदैछ ।

लियोनल मेस्सी

लियोनल मेस्सी संसारभरका फुटबलप्रेमीले चिन्दछन् भने फुटबलमा लागेका खेलाडीले आफ्नो आइडलका रुपमा मान्छन् । हुन पनि मेस्सी त्यस्ता खेलाडी हुन् जसलाई गोल मेसिनको रुपमा परिचित छन् ।

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी मेस्सी फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका हुन् । उनले करिअरकै पहिलो विश्वकप २००६ मा सर्वियाविरुद्ध १ गोल गरेका थिए । उनको त्यो गोल विश्वकपमा पहिलो गोल थियो ।

सन् २०१० मा अर्जेन्टिनाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा नियमित कप्तान जाभियर मासिरानोको अनुपस्थितिमा मेस्सीले कप्तानीको भूमिका निर्वाह गर्ने अवसर पनि पाएका थिए । विश्वकपमा अर्जेन्टिना त्यसबेला क्वाटरफाइनल पुगेपनि मेस्सीले भने एक गोल पनि गर्न सकेनन् । क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० गोलअन्तरले पारजित भएको थियो ।

सन् २०१४ को विश्वकप भने अर्जेन्टिनाले मेस्सीकै कप्तानीमा खेल्यो र उपविजेतासम्म पुग्यो । तेस्रो पटक विश्वकप खेल्दै गरेका मेस्सीले यो पटक भने ५ गोल गर्न सफल भएका थिए । उनले समूह चरणमा बोस्निया र इरानविरुद्ध १–१ गोल गरेका थिए भने नाइजेरिया विरुद्ध २ गोल गरेका थिए ।

त्यस्तै, मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पु¥याउदा नेदरल्याड्स विरुद्धको सेमिफाइनलको पेनाल्टी सुटआउटमा १ गोल गरेका थिए । फाइनलमा जर्मनीसँग १–० गोलअन्तरले अर्जेन्टिना पराजित भएपछि आफ्नो देशलाई आफ्नै कप्तानीमा विश्वकपको उपाधि दिलाउने मेस्सीको सपना समाप्त भएको थियो । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेपनि आफ्नो टिमलाई उपाधि दिलाउन भने असक्षम रहेका थिए ।

मेस्सीलाई फेरि पनि अर्को सुनौलो मौका मिलेको छ विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने । मेस्सीको लागि यो अन्तिम मौका पनि हो । यो पटक भने उनी विश्वकपको उपाधि आफ्नो टिमलाई दिलाउन कतिको सक्षम छन् त ?

एन्जल डि मारिया

एन्जल डि मारिया निकै भरपर्दा खेलाडी हुन् । ३० वर्षीय मारिया अर्जेन्टिनाका एक शसक्त खेलाडी हुन् ।

२०१४ मा अर्जेन्टिनाका सशक्त खेलाडी मध्यका हुन् डि मारिया । मिड्फिल्डर मारियाको सन् २०१० को विश्वकप पहिलो थियो । मारिया यो विश्वकपमा पनि अर्जेन्टिनाको मुख्य रोजाइका खेलाडी हुन् ।

२०१४ को विश्वकपमा मारियाले स्वीट्जरल्याण्ड विरुद्ध १ गोल गरेका थिए । उनकै एक गोलको मद्दतमा अर्जेन्टिनाले २०१४ को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । मारिया लङ सर्ट हान्न सक्ने खेलाडीका रुपमा मानिन्छन् ।

सर्जियो अगुएरो

३० वर्षीय सर्जियो अगुएरो अर्जेन्टिनाका स्ट्राइकर हुन् । उनको अर्जेन्टिनाको राष्ट्रिय टोलिमा सन् २००६ बाट आवद्ध भएका थिए ।

अगुएरोको व्यवसायिक फुटबल यात्रा भने सन् १९९७ बाट इन्डिपेन्डिएन्ट क्लबबाट भएको हो । उनी अहिले म्यान्चेष्टर सिटीबाट ब्यावसायिक फुटबल खेल्छन् । सन् २०११ देखि अगुएरो हालसम्म आवद्ध छन् ।

अगुएरोको २०१४ मा एक गोल मात्रै छ । उनले सेमिफाइनल खेलमा नेदरल्याण्ड्स विरुद्ध पेनाल्टीबाट गोल गरेका थिए ।

विश्वकपका लागि प्रारम्भीक टोली

गोलरक्षकः सर्जियो रोमेरो, विलि कबाल्लेरो र फ्रान्स्को अर्मानी

फरवार्डः कप्तान लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउल डिबला र गोन्जालो हिगुईनले छन् ।

डिफेन्डरः जाभियर मासिरानो, गाब्रिएल मेर्काडो, निकोलस ओकामेन्डी, फेड्रिको फजियो, मार्कुस रोजा, निकोलस ताग्लियाफिको, मार्कुस अकुना र क्रिस्टियन अन्सल्डी रहेका छन् ।

मिडफिल्डरः म्यानुएल लान्जिनी, म्याक्सीमिलानो मेजा, लुकास बिग्लिया, इभर बेनेगा, जियोभानो लो सेल्सो, एन्जल दि मारिया, क्रिस्टियन पाभोन र इडुर्वाडो साल्भियो रहेका छन् ।

एजेन्सीको सहयोगमा