विश्वकप सित्तैमा हेर्न सकिने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकप सित्तैमा हेर्न सकिने



काठमाडौं । भायनेट कम्युनिकेसन्स्ले विश्वकप अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकहरुले भायनेटको नेट टि.भी. जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने भायनेटले जनाएको छ ।

भायनेटको यस विश्वकप अफर अन्तर्गत ग्राहकहरुले एक पटक सेट–अप बक्सको १००० रेन्टल चार्ज, ५०० डिपोजिट तिरेर ६ महिना वा २५०० रेन्टल तिरेर, ५०० डिपोजिट तिरेर १२ महिनासम्म नेट टि.भी. सित्तैमा हेर्न सक्ने भायनेटले जनाएको छ । ५५ एच्डी र १३५ वटा एस्डी च्यानलहरु रहेको यस नेट टि।भीको सोनी टेन टू र सानी टेन थ्रि मा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

नेट टि।भी।सँगै ग्राहकहरुले वार्षिक १०,००० मा १८ एमबिपिएस्, १२,००० मा ३० एमबिपिएस् र १६,००० मा ६० एमबिपिएस्को इन्टरनेट समेत प्राप्त गर्न सक्ने भायनेटले जनाएको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटीटीएच इन्टरनेट सर्भिस शुरुवात गरेको हो ।

इन्टरनेट सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन र हेटौंडामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।