उपेन्द्र यादवलाई किन कुर्दैछन ओली ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

उपेन्द्र यादवलाई किन कुर्दैछन ओली ?



काठमाडौं – सरकार गठन भएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

तेस्रो पटक सरकार विस्तार भएकै दिन फोरमलाई समेटेर प्रधानमन्त्री ओलीले सरकार विस्तारको तयारी गरे पनि फोरमले नाम पठाउन सकेन ।

जसकार कारण सरकार विस्तारको प्रक्रिया लम्बिँदै आएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको दाबी गरिएको छ ।

समहतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ ।