उदयपुरमा एम्बुस पड्काउने कांग्रेस उम्मेदवारकै नातेदार भएको खुलासा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

उदयपुरमा एम्बुस पड्काउने कांग्रेस उम्मेदवारकै नातेदार भएको खुलासा



मंसिर १६,उदयपुर ।। नेपाली कांग्रेसका उम्मेदवारलाई लक्षित गरी उदयपुरगढी गाउँपालिका-६ स्थित दनुवारबेंसीमा एम्बुस थापेको आरोपमा पक्राउ परेका व्यक्ति नेपाली कांग्रेस प्रदेशसभाका उम्मेदवारका नातेदार रहेको खुलेको छ। प्रहरीले मुख्य योजनाकार भनेर पक्राउ गरेका उदयपुरगढी गाउँपालिका वडा ७ का बलबहादुर मगर र प्रदेशसभाका कांग्रेस उम्मेदवार भेषराज मगरको काका–भतिजको नाता रहेको खुलेको हो। नाताले पक्राउ परेका बलबहादुरको भेषराज भतिज पर्छन्। स्रोतका अनुसार नाताले पक्राउ परेका बलबहादुरको भाउजू र भेषराजको आमा सहोदर दिदीबहिनी हुन्।

नेपाली कांग्रेसका क्षेत्र नं. २ को प्रदेश २ (क) का उम्मेदवार भेषराज मगरको सानीआमाको देवर हुन् बलबहादुर। प्रहरीले बम आक्रमणकारीका योजनाका भनेर सार्वजनिक गरे पनि उनी योजनाकार नरहेको नेपाली कांग्रेसले जनाएको छ। उनी कुनै योजनाकार होइनन् : कांग्रेस कांग्रेसका प्रदेशसभाका उम्मेदवार भेषराज मगरका अनुसार उनी कुनै योजनकार होइनन्। ‘म अहिले चुनावी कार्यक्रमको लागि मुर्कुची जाँदै छु’ उनले भने ‘बलबहादुर मेरो काका पर्छन्, उहाँ यस्तो गर्ने मान्छे हुँदै हैन।’ प्रहरीले आफ्नो फेस सेभ गर्नको लागि बलबहादुरलाई पक्राउ गर्‍यो, उम्मेदवार मगरले भने। उनको घरमा विप्लव समूहका मान्छेहरु गएर खाए, बसे होलान् तर त्यसको आधारमा प्रहरीले प्रक्राउ गरेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार बलबहादुरको घरमा प्रायः दिनमा बटुवा तथा पाहुना नआएको दिन नै हुँदैन। बुधबार बिहान उदयपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्ष्य गरेर दनुवारबेँसीको गाउँमा विद्युतीय एम्बुसमा परेर कार्कीसहित ७ जनाको टोली एम्बुसमा परेको थियो। एम्बुसबाट सख्त घाइते कार्की र उनका स्वकीय सचिव मीरा कटुवालसहित ६ जना सख्त घाइते भएका थिए। घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। आक्रमणको मुख्य योजनाकार उनै हुन् : प्रहरी प्रमुख जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले बम आक्रमणकारीका योजनाकार रहेको दाबी गरेका छन्।

‘हाम्रो सूचनाअनुसार सबै बम आक्रमणका योजनाकार पक्राउ परेका मगर हुन्,’ एसपी भट्टले भने, ‘योजनाकार पक्राउ परेका हुन्, हामी ढुक्क छौँ।’ उदयपुरमा बम आक्रमण गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा उदयपुरका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी, जिल्ला सदस्य पूर्णबहादुर कटुवाल, कमलामाया तामाङ, उद्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेल छन्। यसैगरी, माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हुँ भन्दै निर्वाचनविरोधी गर्ने हिमाल राई पनि पक्राउ परेका छन्।