उचित मर्मत सम्भार नहुँदा धनगढी पुनर्वास सडकमा टिप्पर दुर्घटना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

उचित मर्मत सम्भार नहुँदा धनगढी पुनर्वास सडकमा टिप्पर दुर्घटना



हेमन्त न्यौपाने
पुनर्वास, कञ्चनपुर ।।
शिवशक्ति ट्रभल्सको ना.४ ख २३७० नम्बरको टिप्पर आज बिहान पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित पचकडिया प्रहरी चौकी नजिक दुर्घटना भएको छ । कैलालीको खुटियाघाट देखि पुनर्वास ९ बिचफाँटा आउदै गरेको सो टिप्परले ग्राभेल बोकेको थियोभने दुर्घटनाको कारण उचित मर्मत सम्भार नहुँनु देखिएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको पचकडिया प्रहरी चौकीबाट जानकारी प्राप्त भएको छ । टिप्परका ड्राईभर लोक बहादुर खड्काको लाईसन्स नियन्त्रणमा लिएको प्रहरीले बतायो। गाडीको हेन्डल नियन्त्रण गर्ने टायरिड भाँचिएका कारण दुर्घटना भएको शिवशक्ति ट्रभल्स सञ्चालक दिनेश मल्लले बताए । तिव्रगतिमा कुदेको उक्त गाडीलाई राम्रोसँग चेकजाँच नगरी चलाईएको हुँदा कमजोर भएको टाइरिङ्ग टुटेको हुनसक्ने प्रहरीको अनुमान छ ।