५०७८ औँ यलेदोंग उभौली साकेला पर्व मकाउमा भव्यताका साथ सम्पन्न । - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

५०७८ औँ यलेदोंग उभौली साकेला पर्व मकाउमा भव्यताका साथ सम्पन्न ।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

चीनको स्वशाशित क्षेत्र मकाउमा नेपालको मौलिक धर्म, रीति रीवाज र संस्कृतिलाई संरक्षण गर्नु पर्दछ भन्दै मकाउमा रहेको राईहरूको जातीय संस्था किराँत राई यायोख्या मकाउले ताईपा हाक्सा बिच स्थित समुन्द्री तटमा  आइतबारका दिन सयौँको सङ्ख्यामा मकाउमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूको उपस्थितिमा विविध कार्यक्रमका साथ ५०७८ औँ यलेदोंग उभौली साकेला पर्व भव्यताका साथ मनाएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि किराँत राई यायोख्याहंगकंगका महासचिव बज्र कुमार थुलुङ राई,विशेष अतिथि गैर आवासीय नेपाली सङ्घ(ICC) सदस्य मुकेश कुमार बरूवाल,विशेष अतिथि गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका अध्यक्ष शान्तिदेवी अधिकारी,अतिथिहरू तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरुङ चाम्लिङ खाम्बातिम हंगकंगका अध्यक्ष पवित्रा राई, खोटाङ समाज हंगकंगका अध्यक्ष टिका कोयी राई,प्रवासी नेपाली मञ्च मकाउका उपाध्यक्ष कृष्ण अधिकारी,मकाउ तामाङ घेदुङका उपाध्यक्ष कुल बहादुर तामाङ,किराँत यायोख्या मकाउका उपाध्यक्ष द्वय रत्नमणि राई र राकेश राई,किराया हंगकंगका सल्लाहकार पीताम्बर राई,टेम्के तुवाचुङ साहित्यकका कोषाध्यक्ष, हंगकंगका संयोजक तथा खोटाङ समाज हंगकंगका सल्लाहकार तेजप्रकाश राई,,महासचिव मङ्गल राई,किराँत राई यायोख्या मकाउका प्रमुख सल्लाहकार भक्ति राई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूले नेपालको धर्म रीति रीवाज र संस्कृतिका बारेमा खुलेरै चर्चा परिचर्चा गरेका थिए।यसरी हामी विदेशी भूमिको जुन सुकै कुनामा र जस्तो सुकै अवस्थामा रहे पनि हामीले हाम्रो संस्कार र संस्कृतिका पर्वहरूलाई निरन्तरता दिन सकेको खण्डमा भावी पुस्ताहरूलाई पनि सहज हुने थियो भन्नु हुन्छ किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राई।औपचारिक कार्यक्रम पश्चात् किराँती भेषभुषामा सजिएर ढोल झ्याम्टाका साथमा साकेला सिली नाचेका थिए।जसमा गैर किराँती समुदायका अगुवाहरुले समेत साकेला नाचेका थिए ।

विदेशीहरुले समेत किराँत राईहरुको साकेला नाच चाख मानेर हेरेका थिए।कार्यक्रमको सभापतित्व किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राईले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सल्लाहकार केशव राईले गरेका थिए ।