उ उर्मिला

November 18, 2017
3 Views

-रमेश खड्का 

बल्ल बल्ल ६ घण्टाको हवाई यात्रा पश्चात पुगियो त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल, काठमाण्डौ । लगभग ५ सय दिन बिदेसिय पछि आज स्वदेसि हुदै छु । आज मनमा अचम्मैको एउटा खुसियालि छाएको छ जस्तोकि उ बेला बा ले हाट गएर ठेट्वाको भोटि अनि खाकि को जुत्ता ल्याई दिए झैं भएको छ । एक पटक बुरुक्कै उफ्रिय भित्र भित्रै र लागे आफ्नो लगेज घिसार्दै बाहिर पट्टि । काठमाण्डौ बाट मेरो घर अलि टाढा भएकोले मलाई रिसिभ गर्न कोहि आउनु भएको थिएन, मैले बोलाको पनि थिईन । उसो त काठमाण्डौमा कोहि नभाको पनि होईन । मलाई जति सक्दो छिटो घर पुग्नु थियो । अब जो कोहि पनि रिसिभ गर्न आए एक दिन मैले उसकोमा खर्च गर्न पथ्र्यो त्यसैले कसैलाई पनि म आफैले खबर गरेको थिईन ।

बाहिर निस्केको मात्र के थिए, एउटा करिब २५–३० बर्ष को जस्तो दखिने पूर्वेलि दाजु यात्रु फकाउने कला सहित मेरो सामु हाजिर भए । समाचारमा आजकल ट््याक्सि ड्राईभरले लुटेको घट्न छ्याप्छ्याप्ति भेटिन्छन् तर पनि खै किन किन मलाई उसको बिश्वास लाग्यो । मैले अनुमति दिए पछि उसले मेरो लगेज आफ्नो गाडिको पछाडि राख्यो र मलाई अगाडिको सिटमा बस्न ईसारा ग¥यो । अनि हुईकियौ बसपार्क तिर । उ बेला बेलामा होटल तिर जाने कुरा गथ्र्यो । अझ भेज, नन भेज सबै सुबिधा भएको, पुलिसको पनि डर नहुने होटलको आफुलाई जानकारि भएको बताउथ्यो । मैले उसको कुरामा वास्तै नगरि बसपार्क आईपुग्यो । वास्ता गर्न नि जरुरि ठानिन किनकि मलाई आजै जसरि भएनि बस चड्नु थियो ।

रात्रि बस । काठमाण्डौ नेपालगञ्ज रात्रि सेवा ।

यहाँ पनि उता विमास्थल झैं मान्छे फकाउन सकेको कोसिस गरिरहेका थिए । कोहि भन्दै थिए नन स्टप डिलक्स, कोहि खाना पिना फ्रि,,कोहि कोहि त….. पनि फ्रि ।

म यो सब सुन्नेमा थिइन । यता सँगै स्कुल पढ्दाको साथि अस्ति च्याटमा आजकल म गाडिको साँहु भाको जानकारि गर्दै थियो त्यहि बेला उसलाई म आजको मितिमा नेपाल आउने संकेत दिएको थिए । उसले पनि धेरै पछि भेट हुने र स्मरणिय हुने भन्दै उ बेला नै खुशि ब्यक्त गरेको थियो । मलाई थोरै मात्रामा आश थियो भेट हुन्छ । नभए आजकालका साथि, साथि नाममा मात्र सिमित भएको देखेको छु । बिदेशमा एक पल्ट आफैले भोगेको हुनाले पनि आजकल दोस्तिमा खासै भर नलागेको हो ।

म गाडिको चियो गर्दै छेवैमा भएको किराना बाट धुमपान सल्काउदै छु । आजकल त नेपालमा यो धुमपान गर्न पनि साह्रै सकस । खुद्रा पाउदैन पनि भन्न सुनेको थिए । तर चप्पल चोरलाई पुलिस लगाउने र देशको भ्रटचारिलाई सरकारकै संरक्षणमा सुरक्षा दिने देशमा यस्ता नियम सायदै कसैले पालन गरोस तथापि सरकारको यो नियम गलत भन्न खोजेको पनि होईन कि यि र यस्ता कुलतलाई नियन्त्रण गर्न खोजेको तर मान्छे अन्जान भन्दा नि जाना जान बिग्रिरहेको हुन्छ नत्र हानिकारक छ सम्भवत होस समालेको जो कोहिलाई पनि याद छ तर दिन रात कुलत कै ब्यापार फस्टाएको छ अझ हाम्रो बिडमबना भनौ देशको प्रमुख राजस्वको हिंसा पनि यहि बनेको छ ।

मैले पनि राजस्वमा केहि सहयोग गरे एक प्याकेट सूर्य खरिद गरेर अनि नजिकै धागोको सुरक्षा घेरमा राखिएको लाईटरले बिदेशमा बगाएको पशिनामा आगो लगाए, लामो स्वास भित्र लिए अनि एक छिन भित्रै राखि केहि बेरमा उडाए आकास तर्फ………..।

भित्र लिदा धुवा मात्रै लिएको थिए निस्किदा त्यो धुवा मात्र नभई मेरो आयुको केहि हिंसा पनि उडेको थियो । केहि बेरमा अस्तायो सूर्य अनि अन्त कतै आगो नपैmलिने हेतुले जुत्ताको साहारले २र३ पटक मज्जैले कुल्चिदिए ।

अब खोजि गाडिको गर्नु थियो लागे काउन्टर तिर ।

केहि कदम बाँकि थियो पुग्न काउन्टर सम्म कतैबाट धमिलो स्वरमा मेरो नाम उच्चारण भयो , मैले सोचे मेरै नामको कुनै चालक होला नभए मेरो यहाँ गुरुको परिचय त थिएन होस पनि कसरि बडामुस्किलले प्रदेश जाने साईतले गर्दा काठमाण्डौ देख्न पाएको थिए । तर धेर थोर भने मेरो कामसँग परिचित थिए । सोचे ति मध्ये कै कोहि होला । यदि मलाई नै आवाज दिएको हो भने, नभए मेरो जस्तै नाम भएको अरु पनि त हुन सक्छ नि ,दोधारमा भए कस्लाई होला त ?

त्यो दोधारलाई एकधार गर्न लाई पछाडि फर्के । उसले मलाई परिचत हुन नदिई मेरो लगेज उठायो र गाडि छुट्न आट्यो भन्दै आफ्नो पछि आउन आग्रह ग¥यो । म के गरु के गरु मा अन्यौल भए तर अब उसको पछि लाग्नु को बिकल्प पनि थिएन किनकि मेरो जे सम्पति थियो त्यो लगेज, उसको हातमा थियो । अलि छिटो छिटो पाईला उचालेर उसको पिछा गरे । मेरो लगेज डिगिमा राख्दै थियो मैले भने तपाईले गलत मान्छेलाई उठाउनु भयो ।

तपाई रमेश गुरु होईन र? उसले फेरि अघिको आवाज रिपिट ग¥यो । रमेश त हो तर गुरु होइन मैले भने । यति भनेसि उसले अङ्कमाल ग¥र्यो र भन्यो, मान्छे बिदेश बाट आएपछि मान्छे पनि नचिन्ने है ? उ गुनासो गर्दै थियो तर मैले अझैं नि याद गर्न मुस्किल भएको प्रमाण पेश गरे र भने, प्लीज सरि मलाई याद गर्न गा¥ह्रो भयो ।

उसले छोटकरिमा भन्यो तमेल को भिरमा हाम्रो गाडि ठोकेको हिसाब गर्न बाँकि छ गाडि भित्रै गरौला जाउ, उ अघि लाग्यो मेरो । सिटमा पुगेसि मैले भने तिमि रामु हो ? उ हास्यो मात्रै म रामु नै भएको निश्चत भएर उसलई बेसरि हग गरे ।

लामो हासो गुन्जियो हामि दुईको ।

तत्पश्चात उ आफ्नो सिटमा गयो । उ रामु पो रहेछ । रामु अधिकारि । आजकाल आफुनै चालक भैसकेको रहेछ । खुशि लाग्यो । केहि पश्चताप पनि भयो चिन्न नसकेको मा ।

त्यहाँ बाट हिडियो । उसले मेरो सिट अगाडि नै मिलाई दिएको थियो गफ गर्न सजिलो को लागि । लगभग थानकोट पुगेसि मैले जिज्ञासा राखे,

म आउदैछु भन्ने तिमिलाई जानकारि थियो र ?

अँ थियो ।

म अचम्म पर्दै भने कसरि ? कसैले भन्यो कि सपनी देखेको ?

थोरै मजाक पनि गर्दिए ।

हैन ५२१० को साँहुले भनेर, उसको सरल जवाफ ।

ए त्यसले पो हो ?मैले उ सँग च्याटमा कुरा भको जानकारि गराए ।

त्यस पछि उसले आफ्नो औपचारिक्ता पुरा गर्यो ।

जस्तो कि, हामि नभेटेको धेरै भयो । कति भयो बाहिर गएको ? मैले फेसबुकमा धेरै सर्च गरे कतै पनि भेटिन । कस्तो थियो काम काज, कमाई त राम्रै हुन्छ भन्छन त्यो काममा ? फेरि जाने गरेर आउनु भाको कि अब नजाने ?

मैले उसको सबै उत्तर अलि बडाई चडाई गरेर दिए । किनकि उ मेरो कुराले निराश नहोस म चाहान्थे ।

नेपालमा गाडि चलाएर पैशा कमाउन सकिएन अलि राम्रो कम्पनिमा भिषा मिलाई दिन आग्रह नि गर्दै थियो । मैले भने पैशा यहाँ को नि उस्तै हो त्यहाँको उस्तै हो । कमाउनेले यहाँ पनि कमाकै छन । फरक यति हो यहाँ सुखको कमाई हो बिदेशमा दुखको । काम जस्तो सुकै होस कमसेकम आफ्नो बोलि भाषा त मिल्छ, रहन शहन त मिल्छ कम्तिमा उसले माया गर्दै छ या गालि गर्दै छ त्यो त बुझिन्छ । खास कुरोे समुन्द्र किनारामा सुकिला लुगा लगायको फोटो फेसबुकमा अपलोड गरेको जस्तो छैन बिदेश ।

मान्छे तस्बिरमा मुस्कुराए को त देखिन्छ तर त्यो मुस्कान भित्रको पिडा जो बिदेशमा पसिनालाई पैशा र आफ्नो भविष्य सँग साटिरहेको छ उसैलाई मात्रै थाहा छ । उसो त सबैलाई दुख छ पनि भन्दिन म तर सुख पाउने सायदै होलान् ।

कुरा कै क्रममा हामि धार्के पुगिसकेका रहेछौ । खाजा खानलाई गाडि रोकियो । सबै आ आफ्नो साँझको नित्य कर्ममा लागे । भन्नाले यात्राको क्रममा गाडि रोकिदा गरिने । सौच, पान अरु पनि ।

म भने रामुकै ईसारामा उसको पछि लागे । उता बाट साथिको लागि भनेर चुरोट बोकेको थिए कोसेलि दिने मौका जुट्यो । एक प्याकेट उसको अगि राख्दिए । म भने बसपार्कमा किनेको सुर्य तिरै लागे । यति बेला म चुरोट मात्रै भएनि स्वदेसि उत्पादनलाई प्रथामिकता दिनु पर्छ भन्नेमा देखिन्थ्य । तर कारण भने त्यो होइन । स्वदेसिलाई पहिलो प्रथामिकता दिनु पर्छ यसमा म शत प्रतिशत सहमत छु । यसरि नै हो देशको बिकास हुने पनि । तर बिडम्बना आफ्नो स्वर्ग जस्तो घर बेचेर कोठा भाडा तिरेर बस्ने चलन सिकेका छौ । घरको ताजा बेचेर प्याकेटको खान सिकेका छौ आजकल त मिठो पनि त्यहि प्याकेटको लाग्छ बानि जो परेको छ ।

आफु केहि गर्न मन गर्दैनौ अनि दोष जति देशलाई दिन सिकेका छौ । अनि बिकास कसरि हुन्छ ? देश कसरि बन्छ ? तर देश बनाउने जिम्मेवारि पदमा आसिन ज्यू हरु सबै बफादर छन पनि म भन्दिन ।

खाजाको भुक्तानि त गर्नु नपर्ने रैछ स्टाप भाको नाताले तर नि यसो भाउ कति वृद्धि भएछ भन्ने हेतुले छेवैको टेबुल माथि राखिएको मेनुमा नजर डुलाए ।

खाजा घरको नाममा यात्रु बाट पैशा लुटेको समाचार बेला बेलामा छाईरहन्छ मिडियाहरुमा, बिशेस धार्के ।

एक पकट आफैले पनि एक खाजा सेटको रु ३०० तिरेको हुनाले खास मेनु हेर्न मन लागेको हो ।

खासै परिवर्तन रहेनछ, उस्तै उस्तै २०÷५० को मात्रै फरक ।

खजा खाईवरि सुर्यलाई आगाले पुन जलाउदै मैले भने,

कति महङ्गो हो यार खाजा पनि बरु खाना सस्तोमा पाईन्छ ।

खाजाको रु ३०० तर खाना रु २५० मा पेटभरि पाईन्छ ।

खै यार अब के भनु जतातजै महङ्गो छ ।

रामु आफु अनबिज्ञ बन्यो ।

मैले सुनेको थिए गाडिका स्टाप पनि मिलेका हुन्छन । अझ यात्रुलाई आफ्नो होटलमा ल्याएको बापत केहि कमिसन पनि दिन्छन भन्ने ।

सबैलाई सोध्न नि गाह्रो । जसो तसो सोधिहाल्ने आँट गरे पनि साचो सायदै कसैले भनुन ।

मैले साथि सोचेर यहि प्रश्न गरे उसले नि साथि नै सोचेर स्वीकार्यो कमिसन पाउने गरेको ।

उसले भन्यो, अलि अलि यहि आउछ रत खर्च गर्न पुगेको छ नभए त तपाई लाई नि थाहा छ नि तलब त कति हुन्छर ।

मैले पनि सहमत जनाए आफु पनि जानकार भएको ।

सोचे मनमनमै, कस्तो अचम्म छ है सबै कुरो सेटिङमा चलेको छ । साँहु लाई पनि यि सब थाहा छ र पो उसले नि उहि अनुसारको पारिश्रमिक दिएको छ । बिचारा सबैको हाल उस्तै छ कस्लाई ठिक्क भो भन्नु कस्लाई बिचारा भन्नु ।

यस्तो पनि भाको छ कि साँहुले गाडि किनेको केहि दिनमा गाडि त गयो गयो भएको अरु नगद जिन्सि पनि सकेको तर उता ड्राईभर ले घरको तला थपेको । यस्ता नमक हराम पनि छन । यसरि कमाको कतिञ्जेल पुग्छ त्यो उप्पर वाला लाई नै थाहा होला तर यो चाँहि गर्न नहुने काम हो ।

पुन यात्रा शुचरु भयो । करिब करिब घडिको छोटो काटाँ ७ मा टेकेर माईलो काँटालाई १२ कटाई सकेको थियो । बाख्रा पाठा बाघ लाई, बुढा खाढा माघ लाई भन्ने कुरा सबैलाई अवगत थियो क्यारे ज्यान बुढो नभए पनि माघ बाट बच्ने जमर्को गर्दै थिए सबै यात्रु । कोहि पछ्यारि भित्र आफुलाई बेर्दै थिए कोहि जकेटको कलर माथि सम्म तान्दै थिए त कोहि पछ्यौरिमा आफु पनि अटाउने भन्दै अनुमति लिदै थिए त्यो चुन्निको मालिक सँग ।

म पनि ऐजन गर्न लागे । जाने बेलामा यतै बाट लगेको थिए माउन्टेन को ऐर प्रुफ । उता गर्मिमा जकेटको जरुरि नहुने भएकोले प्रयोग भने गरेको थिइन । लगभग एक पटक पनि लगाएको हैन उता गएर त्यसैले ताजै थियो । चिसो भए ओड्नु भनेर बलाङकेट दिएको थियो रामुले । मलाई त जरुरि थिएन साइडको अपरिचित बहिनीको पछ्यौरि नभएकोले त्यो उसलाई दिई आफ्नो पावर सो गरे । उसले पनि गुन मानेर यदि मौसमले च्यालेन्ज गरे निर्बाद मलाई पनि प्रयोग गर्न दिने अनुमति दिएकि थिई । त्यति उसको मानवताले भने पनि म त्यो अफर स्वीकार गर्ने मनस्थितिमा भने थिइन तर माघको अघि मैले हार माने र स्वीकार गरे केहि छिन मा ।

नारयणगढ कटि सकेको थियो, उता बिदेशमा सँगै बसेका थियौ सनि बाबा, यहि चितवनको । उसलाई पनि मिस गरे ।

सायद चिसोमा बलाङकेटको न्यानोले निन्द्रा देविलाई बोलाएछ क्यारे बेला बेलामा सडकको घम्तिहरुमा म तिर ठोक्काउथ्यो त्यो अपरिचित लाई मैले कुनै आपत्ति जनाईन किनकि दोष या त त्यो घुम्तिको थियो या निन्द्रको आफ्नो शरिर कन्ट्रोल नहुनुमा । तर त्यहि अवस्थामा उसको ठाँउमा यदि म भएको भए चान्स मारेको अर्थ लाग्न पनि सक्थ्यो ।

मेरो सिट चालक सिट नजिकै भएकोले रामु र मेरो बार्तालाप भने भैरहेको थियो । म्यूजिक मन्द मन्द नै थियो । उसले कुरै कुरामा सुदुर पश्चिममा भएको घट्ना याद गरायो ।

जहाँ उसको गाडि र मेरो मेशिन तमेल भिरमा अचानक जम्का भेट भएको थियो । धनगढि टु बझाङ्गको दिवा सेवा बस अघि उसको काठमाण्डौ टु बझाङ्ग मा बिहेको रिजर्व लिएर एक आपसमा मजाकमा प्रतिस्पर्धा गर्दै हुईकिरहेका थिए तर अचानक घुम्तिमा हामि जम्काभेट हुदा घट्ना भएको थियो । यति पनि याद रहेछ कि भन्दै थियो यदि तपाईले हाम्रो गाडि लाई छोड्देको भए धेरैको ज्यान जान्थ्यो सायद अहिले हामि यसरि कुरा गरिरहेको पनि हुने थिएनौ ।

उ भावुक भयो ।

यसैमा मैले सोधे, त्यसो भए त्यति बेला त्यो आबेग किन त ?

एक छिन तनाब भएको थियो त्यो बेला भन्दा नि मेरो सबै कागजात बोकेर हिडेको थियो उ । केहि दिन केस चलेको पनि थियो ।

उसले माफि माग्दै भन्यो त्यति बेलाको माहोल नै त्यस्तै थियो ।

उसैलाई सहि बनाउदै मैले भने यदि तिम्रो ठाँउमा म भएको भए पनि त्यहि गर्ने थिए जो तिमिले ग¥र्यौ । खास हाम्रो दोस्ति पनि त्यहि बाटै नै शुरु भएको थियो ।

एक दुई पल्ट त्यस पछि पनि म उसको गाडिमा यात्रा गरेको थिए । त्यति बेला कन्डक्टरको काम गथ्र्यो उ । रामसिङ गुरु थिए । शिब रात्रि को लागि म घर आउदै थिए । ठिक्क उसको गाडिको पालो रहेछ । श्रिभाबर मा पुगेसि हिँउले बाटो अबरुद्ध भयो । त्याहाँ खानाको भन्दा पनि शौचको समस्या थियो । त्यति बेलको रामुले गरेको गुण सायदै म बिर्सिन सकु । त्यस पछि हाम्रो दोस्ति झन प्रगाड भाको थियो ।

मन मनै चुकचुकाए, यतिका दिन सम्म उसलाई याद नगरेको मा । कति पए साथिहरुलाई नचाहेरै पनि हामि भुलिरहेको हुदाँ रहेछौ ।

पश्चताप गरे, मन मनै ।

गाडिको गति अलि कम भयो, भन्दै थियो अब खाना खाने बेला भयो । मौरिघाट पुगेका रहेछौ ।

स्मार्ट होटलको मुल द्धार सिधा पारेर गाडि रोकियो ।

मैले रामुलाई घोच्दै भने, होटल ततश बिशिष्ट छ सायद भत्ता पनि राम्रै मिल्छ होला नि ?

उहि १५त होनि सिधा जबाफ ।

१५ मतलब १५००।–

दुबैको हासो ।।

सहचालक भाईले खाना खाने ठाँउमा पुगेको उद्घोष ग¥र्यो यात्रु हरु लाई । निदाएकि जस्तो गरेकि अपरिचित लाई भने मैले जानकारि गरे एउटै सिटमा भएको कर्तब्य सोचेर । उसले यात्रामा आफु उपबास बस्ने जानकारि दिई मैले कारण जान्न जरुरि गरिन प्राय लेडिजहरु को बानि नै हुन्छ यो ।

उपबास नै भए पनि बाहिरको फ्रेस हावा खान मिल्ने छुट त छ होलानि ?जिज्ञासा राखे केहि जिस्काउने पाराले । आज्ञाकारि बालक झैं हस भनि र बाहिर जान तयार भै साच्चिकै आज्ञकारि हो या उसलाई जिस्कनु थिएन या मेरो आग्रहलाई नकार्न सकिन उसैले जानोस ।

बाहिरिए पछि पनि खानाको अफर गरे उसले मानिन मैले फेरि कर पनि गरिन । उ हल्का हुन गै क्यार म होटल भित्र पसे । माघ लाई आफ्नो धर्म कायम राख्न नदिने माहोल बनेको रहेछ भित्र । तातो पानिमा मेथिले झानेको होला सायद रम अनि दुई तिन थरिका मासुका परिकार तयार थिए । बिशिष्ट कक्षमा जहाँ अरु यात्रुहरुलाई आउन निषेध गरिएको थियो । सम्भबत रात्रिकालिन बस चालकहरुको पोल नखुलोस भन्ने हेतुले ।

मैले मधपान आजकल लिने नगरेको बताए पछि रामुमा अलि केहि निराशता छायो भन्यो आज मात्र भोलि बाट म कर गर्दिन । हुन त भोलि बाट के हाम्रो सधै भेट हुन्थ्योर ? अनि आजको यो अरु कस्ले पत्तो पाउने होर भन्ने सोच आयो र उसलाई निराश बनाउन सकिन । कता कता नमज्जा मानि मानि ।

यो नाई भन्न नसक्नु ले मानिसलाई यस्तै बेलामा समस्यामा पारिदिन्छ । म यसैको सिकार भए भन्दा पनि फरक नपर्ला । बास्तबमा मनै भएर मानेको चाँहि हाईन मात्र साथिको मन राख्नलाई फेरि यो पनि थाहा छकि बानि लाग्ने नि यस्तै साथिकै मन राख्दा राख्दै हौ ।

जसो तसो एक प्याक सके तर रामु भन्दै थियो आज म डबल कोटा पुरा गर्ने हो एक मेरो भागको पनि । सोचे सहचालक भाईले पनि गाडि हाक्दो रहेछ सायद त्यहि भएर उ मज्जाले लिईरहेको छ । मैले उसलाई रोकिन पनि ।

केहि बेरमा खाना आयो । खाना त नेपालि स्वाँदको नखाएको धेरै भाको थियो लग भग पेटमा हावाको लागि पनि ठाँउ नछोडि खाँए । भाईले होटल बाट आफ्नो भाग बोनसमा मिल्ने सबै पोको पा¥यो त्यस्तै रामुले पनि । त्यति बेरमा म अमिलो खान मन पर्छ कि भनि सोधेर अपरिचित सँग उसले चटपटे पाए खाने धोको ब्यक्त गरेकि थि त्यसको जोहो पनि गरि सकेको थिए ।

उसले पैसा दिन खाज्दै धन्यबाद पनि भन्न छुटाईन ।

मैले धन्यबाद नै काफि छ भन्दै उसको पैसा फिर्ता गरे । पैसा लिन मेरो जेन्डरले नै रोकेको थियो त्यसमा नि म के २० रुपैया लिन्थे होलार ?

मेरो नजिक हुन खोज्नुमा नकरात्मक सेन्स जोडिएको भने पक्कै हाईन तर हामि केहि निश्चित समयको लागि भएनि सँगै यात्रा गर्नु थियो । नबोलेरै बस्न मनले मानेन ।

कहाँ सम्म जाने हो तिमि ? मैले नै शुरु गरे परिचय गर्न ।

मलाई चिन्नु भाको छ र ?

अघि सम्मकि आज्ञाकारि प्रतिप्रश्न गरि उसले र भनि चिन्दै नचिनि कहाँ सम्म जान्छु यो थाहा पाएर के गर्नु हुन्छ ।

जस्तो सोचेको थिए बिल्कुल बिपरित भैदियो माहोल ।

ल ठिकै छ , घर कहाँ हो, के गर्छौ, तिम्रो बारेमा भन अनि म चिन्छु नि त्यस पछि फेरि सोधुला कहाँ सम्म जाने भनेर हुन्न ? हार स्वकिृत प्रश्न दोहो¥याउनै लागेको थिए रामुले ईसारा ग¥यो आफु छेउ आउनको लागि, अपरिचित सँग अनुमति लिन जरुरि नठानि जुरुक्क उठेर गए ।

बेकारमा जान्ने भएछु भनेर चुकचुकाउदै ।

रामु जसो तसो सिधा हुने कोसिस गर्दै उभिएको थियो । अब मलाई डर लाग्यो उसको हालत देखेर । झन यात्रुले चाल पाए के भन्ने होलान । सुकेको बाँसलाई मसिनो गरि दाँतमा केहि फसेको भए राहात तथा उद्धार गर्ने उदेश्यले बनाईइको छेस्कोले दाँतमा भित्र बाहिर गर्दै आफु गाडि चलाउन नसक्ने लक्ष्यण देखायो र भन्यो आफु एक छिन आराम गर्ने त्यति बेला सम्म गाडि मलाई चलाउन आग्रह ग¥यो । मलाई उसले के सोचेर भन्यो ? न उसले मलाई गाडि चलाएको देखेको थियो । अलि अलि ज्ञान त थियो तर नचलाएको धेरै भएको थियो । यदि अलि अलि जानेको भए पनि त्यत्रो यात्रुको जीवन सँग म कसरि खेलवाड गर्नु । मैले सबै कुरा उसलाई अवगत गराए र भने बरु तिमि रेस्ट गर हामि सबै पनि एक छिन गाडिमै सुतौला ।

उसो त ति यात्रु हरु सबैमा भन्दा मलाई हतार थियो तर पनि बिकल्प नभएपछि यतै आराम गरम भन्न बिबश भए । तर रामु सहमत भएन र भन्यो यतै आराम गरियो भने भोलि समयमै पुग्न सकिदैन र भोलिको नम्बर मिस हुन्छ त्यसैले जसरि भएपनि गाडि चलाईदिनु पर्नेमा अडान लियो ।

आखिरमा मेरै हार भयो । उ गयो मेरो सिटमा म उसको सिटमा गेर डाउनमा कलज डबल लिनु पर्ने जानकारि दिएर । हिडे भएभरका देवि देवता सबैलाई पुकार्दै, आमा बाबालाई सम्झिदै ।

करि डेढ दुई घण्टा हिडे पछि सहचालक भाईले गाडिल रोक्नु भन्ने सिग्नल दिई हर्न बजायो । सुनसान जंगल थियो । ठ्याकै ठाँउ त थाहा भएन । मैले गाडि साईड लगाए । यात्रु एक दुई गर्दै झर्न थाले र लगभग गाडिकै नजिक एक अर्काको छेको परेर उभिए । कोहि रोडको पारि पट्टि उसै गरि उभिए । बल्ल चाल पाए प्रकृतिको धनि देशको फाईदा उठाएका रहेछन खुल्ला ठाँउमा हल्का भएर । यहि मौकामा रामुलाई आफ्नो चलाउने बानि नभर गाह्रो भएकोले अब तिमि चलाउ भन्ने सोच गरि उसलाई हर तरिकाले उठाउन खोजे उ उठेन ।

फेरि हिडियो । आफु निदाउछु कि भन्नेमा चनाखो थिए । यसर्थ गितको भोलुमलाई हल्को टाठो बनाएको थिए । गति पनि केहि बढाए अब जसरि पनि मैले नै चलाउनु पर्ने भएसि । थोरै भए पनि थाहा भै सकेको थियो अन्दाजा पनि ।

करिब करिब बुहारितन शुरु गर्नु पर्ने समय पनि भैसकेको थियो । चिया खाने ठाँउमा पुगेका रहेछौ । भाईले अघिको जस्तै गरि सिग्नल दिएर चिया खाने पसल मा रोक्न भन्यो । अहिले भने रामुलाई उठाउने कष्ट गरिन सिधै पसलमा पुगेर खल्तिमा भएको सूर्यलाई भट्टिमा बलिरहेको मुढाले सल्काई पसल साहुलाई कालो चियाको माग गरे । यतिकैमा रामु पनि टुप्लुक्क आईपुग्यो आँखा मिज्दै । माबि उमेरका दुई बहिनि पनि रहेछन् रामुलाई देखेसि आईपुगे चेलिहरु पनि । दुबै जना मलाई अङकित गर्दै केहि भन्दै थिए रामु सँङ तर उनिहरुको गोप्य कुराकानि मैले सुनिन । सम्भबत रामुको सिटबाट मलाई ओ¥लदै गरेको देखेर होला । चिया तयार भए पछि रामु पनि नजिकै आयो र भन्यो १ घण्टा छिटो पुगिएछत गुरु । मैले उसको कुराको वास्तै नगरि भने अब त सकियो होलानि रम ।

उ हास्यो साथ साथमा म पनि ।

अब पालो मेरो थियो आराम गर्ने । पुन सिट चेन्ज गर्यौ रामु र मैले । मेरो सिटमा फेरि उहि अपरिचित । अब फेरि पनि बोल्न खाज्नु मलाई मरे जतिकै लाग्यो । यसै पनि म त्यस्तो खुबै बोल्न आटँ भएको त हाईन अघि पनि त्यो रमको एक्ष्ट्रा पावरको कमाल थियो सायद । अबत त्यो पनि सकिसकेको थियो त्यसैले त्यहि सिटको एका छेउमा टाउकोलाई मजबुद तरिकाले अट्काएर निदाए उसले बोले पनि त हुने नि । सायदै मेरो भाब उसले बुझिदियोस ।

कोहलपुर बसपार्क पुगेर ब्यूझिदा म मात्रै रहेछु मेरो सिटमा । अपरिचितको सवारि अघिनै भैसकेको रहेछ । केहि राहातको सास लिए । अपरिचित त्यो चेलि अपरिचित मै सिमित भै । मेरो यात्रा सकिन अब लगभग २४ किमि जति बाँकि थियो । रामु र म त्यो भेटघाटको अन्तिम पटक सँगै चिया खान अफर गरे, लागियो नन्द भाउजु कटेज तिर । यहाँ पहिले स्कुल पढ्दाको साथि सँग आएको थिए खुब रमाईलो लागेको थियो । लगभग एकै उमेरका नन्द भाउजु, मसिनो र उच्च सम्मनको बोलि त्यस्तै मिठो परिकार,,,, झन्डै २ बशन्त पछि फेरि जाने मौका जुर्यो । नन्दको स्थानन्तरण भैसकेको रहेछ, भाउजु मात्रै हाजिर भईन, उस्तै क्वालिटि का साथ जस्तो पहिलो पटक त्यहाँ जादा थिईन । मलाई उनको स्मरणले गुमाई सकेको रहेनछ भनिन आज धेरै पछि सवारि भयो त कहाँ बाट हो ?

अर्कै मुलुक बाट, रामुले जवाफ दियो तर सोधिएको मलाई थियो । मैले बुझे उ बोल्न बाहाना खोजिरहेको रहेछ । यतिकैमा भाउजुले हाम्रो अगाडिको टेबलमा चिया पु¥याउदै बोलिन सिया पनि कि चिया मात्रै ? रामु केहि ईत्तरिन खोज्दै थियो तर मैले भने सियाको बेला भाको छैन बरु लाईटर दिनुन प्याकेट बाट चुरोटको खिल्लि निकाल्दै भने । अर्को टेबलमा भएको लाईटर दिईन र आफ्नो काममा ब्यस्त भईन । रामु केहि जिज्ञासा राख्दै थियो भाउजुको बारेमा मैले उसले सोचेको जस्तो नभएको उत्तर दिए ।

एक एक कप चिया र एक एक खिल्लि चुरोट सकेपछि सियाको लागि फेरि आउने बाचा गर्दै त्यहाँ बाट बिदा भईयो । झन्डै आधा घण्टाको यात्रा पश्चात मेरो घर आई पुग्यो । मेरो घर मेन बाटो बाट अलि भित्र पट्टिको बाटो मा भएकोले उ मेरो लगेज को खातिर घर सम्मै जान्छु भन्दै थियो मैले घर सम्म लगेज आफै लान समस्या नभएको भन्दै उसलाई ईन्कार गरे । फोनमा बार्तालाप अनि बेला बेला भेटघाट गर्ने सहमतिमा अङमाल गरेर हामि छुट्टियौ ।

ट्यूसन पढ्ने अलि अलि केटा केटि, दुध पसल लाने ति न्यौपाने दाजुहरु बाहेक चोकमा खासै चहल पहल थिएन । चिसो महिना भएकोले, बिहान पनि खासै भएको थिएन । यो चिसोमा छिटो उठ्न मन सायदै कसैलाई होस् ।

आमा भर्खर उठेर कुडो पकाउदै हुनुहुदो रहेछ । बा रेडियोमा ब्यस्त थिए माथिल्लो तलामा अरु सबै बिहानि पखको सपनिमै थिए होलान सायद । आमा लाई ढोक भेट गरि बा सँग आसिर्बाद लिए । नुहाउन खासै मन भएन । आमा सँग एक छिन भुले । मलाई बिहेमा जानु छ १० बजे तिर उठाईदिनु होला भन्दै कोठा तिर लागे ।

मनमा बेग्लै छटपटि भयो । ९ बजि सक्दा पनि निन्द्रा पर्ने छाँट आएन त्यसैले नसुति उठे । नुहाई धुवाई सके । आमाले सिमि को दाल, आलु र धनियाको चट्नि मलाई ज्यादै मन पर्ने पकाउनु भएको रहेछ । सबै बसेर सँगै खाना खाँदै थोरै कुरा भयो । निश्चित थियो एक दुई दिन पछि खालि खानु त मेरो ढिलो सम्म सुत्ने बानिले तर त्यो पल साह्रै रमाईलो भयो । यसै बिच आफु आज नै मेरो गुरु अर्थात बशन्त भण्डारिको बिहेमा जानु पर्ने जानकारि पनि गराए । घर बाट त्यतै २० किमिको फरकमा छ गुरु उर्फ मलाई गरिखाने सिप सिकाउने महान पुरुषको घर ।

एकै छिनमा तयार भय । आमालाई एक दुई दिनमा आउने भन्दै लागे कालिका तिर, मेरो गुरु को घर । हाम्रो परिचय ११मा पढ्ने बेलामा भएको थियो । उसो त हामि साथि भए पनि म मामा को नाताले सम्बोधन गर्छु । यो नाता पनि कलेजको फारवेल कार्यक्रममा स्थापित भएको थियो जहाँ म भान्जा अनि उहाँ मामा को रोलमा एउटा नाटक प्रस्तुत गरेका थियौ जुन पछि सम्म पनि कायम भयो । म मनै देखि नमन गर्दछु हर पल, बाँकि जिवनमा पनि हाम्रो सम्बन्ध यसरि नै कायम रहोस, अझ प्रगाड बनोस यहि कामना गर्दछु ईश्वर सँग ।

मेन बाटो बाट करिब पचास÷सय मिटरको दुरिमा घर छ मामाको र बिचमा बबई सिचाई आयोजनाको नहर छ । नहर अलि अग्लो छ घर भएको भुगोल भन्दा । नहरमा सहजै मान्छेको आवत जावतको लागि पुल बनाईएको छ ब्यक्तिगत लगानिमा । स्वागतम लेखिएको बोर्ड देखियो त्यहि पुलमा उक्लेसि । जे भए पनि बेहुलाको घर हो सके जति मेहनत सँग सजाईएको थियो । आँगनको बिचमा हरियो बाँसको लामो लिङ गाडेर त्यसैलाई केन्द्र बिन्दु बनाई घरको वरिपरि पतङ टाङिएको थियो ।

घरमा पनि चमकदार रङले पोतिएको थियो । मुल गेटमा दाँया तिर बशन्त परिरणय ऋतु लेखिएको रातो कालो भुईमा रातो टिक टिक भएको बिएमडब्लु र त्यसमा आवस्यक सिङारपटार गरिएको कार पार्क थियो । मान्छेको विशाल जमघट जसमा म कोहि कसैलाई मात्रै जान्दथे त्यसैले सिधै मामाको कोठामा गए शुभकामना सहित बिदेश बाट उपहार स्वरुप ट्याब ल्याईको थिए, केहि औपचारिक गन्थन भए । मन हर्षित भयो । मामाले पनि आफु असाध्यै खुशि भएको बताउनु भयो । जन्ति जानलाई बिशेष मेरो नै प्रतिक्षा गरेको पनि भन्नु भयो । म जति प्यार गर्छु सम्भबत मलाई नि उति नै गर्नु हुन्छ त्यसैले म मङिशरमा नेपाल आउन नपाउने भएसि बिहे नै सारेर माघमा हुदै थियो ।

झन्डै दुई तिन सयको हारा हारिमा जन्ति जस्को लागि चारवटा नाईट बस ब्यवस्था गरिएको रहेछ ।

प्रस्थान भयो जन्ति कन्याहरुको हातमा कलश, सगुन यावत चिज सहित, रितिरिवाज अनुसार । हामि बेहुलाको गाडिमा थियौ । जसमा म, बेहुला मामा र अर्को केबि मामा थियौ । केबि मामाको प्रोजेक्ट पनि आजकल यतै भएकोले शुभ बिवाहा मा उपस्थित हुन समय मिलेको रहेछ । केबि मामा पेशाले ईन्जिनियर, मैले उहाँको प्रोजेक्ट बाटै आफ्नो करिअर शुरु गरेको थिए । अहिले म जस्तो मुर्ति रुपमा तयार छु त्यो म उहाँकै आरनमा खरिएको प्रतिफल भन्दा पनि नाजाएज हुदैन । धेरै पछि आज उहाँ सँग पनि भेट्ने सुनौलो अवसर जुट्यो, यो मेरो सौभाग्य पनि हो । त्यति सारो उत्ताउलो गर्न त पाईएन केबि मामा सँगै भएकोले तर बेला बेला बेहुला मामालाई छेड्न छोडेको भने थिईन । करिब करिब कर्णलि पुग्ने बेला भएको थियो बेहुला मामालाई भने, जे जे गर्न मन लागेको छ, आज नै हो किनकि अब तपाईका आजातिका दिन लगभग सकिनै आटेका छन् बडिमा २ दिन अरु त्यस पछि त सामान्य बाथरुममा ढिलो भयो भने माईजुलाई स्पष्टिकरण दिनु पर्ने हुन्छ । थोरै मुस्कुराएर जबाफ आयो ह्या होस यदि त्यस्तो भयो भने सिधै डिभोर्स,,,,,

त्यति सजिलो छ क्यार डिभोर्स,,,, मैले भने पुरुष प्रधान देश त भनाई मात्र हो मामा अधिकार त सबै महिला प्रधान छ ।

के गर्नु त बिहे नगरि पनि भएन, अब गरेसि जे त होला ।

मैले मजाकमा भनेको कुरो त सिरियस भो भएछ,, ।

कर्णलिमा सबैलाई खाजा खुवाउने कार्यक्रम भयो, अझ भनौ खाजा भन्दा कर्णलि पुलको सेल्फि लिने काम धेरै भायो । त्यहि मौकामा हामि मामाभान्जाको पनि एउटा सेल्फि फेसबुकमा पोस्ट गर्दै लेखे,,,

पराण प्यारो मामा,

अग्रिम शुभकामना र सुखत दाम्पत्य जीवनको लाखौ लाख शभकामना ।

आशा छ भावी दिनहरुमा पनि यो मुस्कानमा केहि कमि नआओस । एकैछिनमा पहिलो लाईक एन्जल थापाको थियो ।

झन्डै तिन बज्नै आटेको थियो । अझै करिब करिब तिन घण्टा अरु लाग्ने अनुमान थियो गन्तब्य सम्म पुग्नको लागि । फेरि शुरु गरियो यात्रा ।

सोचेको जस्तो कहाँ हुन्छर ? त्यसमा झन बिहेको गाडि धेरै जोगिएर हिड्नु पर्ने त्यसैले अनुमानित समय भन्दा करिब एक घण्टा ढिलो भयो ।

उता को झैं त्यस्तै झिलिमिलि, चिटिक्क सुहाउने किसिमको रङले पोतेको दुई तले , आधा छत आधा धुरि भएको घर, चारैतिर बाट घरको सुरक्षाको खातिर बानाईएको पर्खाल त्यसमा आवश्यक सिङगार अनि मुल गेटमा स्वागतम् अङकित हरियो पातले खुब मेहनत साथ बेरिएको स्वागत गेट ठुलो ठुलो आवाजमा गुञ्जिरहेको गित, रमाईलो माहोल । अन्ततः पुगियो पराण भन्दा प्यारो मामाको ससुरालि घर । जन्ति आईपुगेको कोरस त्यो माहोलमा गुञ्जियो आवश्यक तरखर भयो । साँझै भएपनि बेहुलालाई छाता ओढाउने परम्परा हुदोरहेछ अझ बोक्नु पर्ने पनि, बिहेमा मामालाई बोक्ने धोको मेरो थियो त्यो पनि पुरा भयो ।

सर्बप्रथम जन्तिलाई खाना खुवाउने अनि त्यस पश्चात कर्म चलाउने कुरो भयो । लगभग खानाको बेला पनि भैसकेको थियो । म बेहुलाको बिशेष सुरक्षा संयन्त्र अन्र्तगत थिए त्यसैले हाम्रो खानपनि घर भित्र पट्टिको कोठामा ब्यवस्था गरिएको थियो । अरु को लागि बाहिर टेन्ट मा । मलाई भित्र अलि गुमसुम जस्तो लाग्यो किनकि बाहिर रमाईलो थियो । जन्ति जाँदा हर कोहिको त नभनौ प्रायः केटाहरुको उदेश्य भने सालि जिस्काउनु हुन्छ म पनि त्यहि प्राय केटाहरु मध्येको थिए । मामासँग कुरा लुकाउनु पर्ने थिएन । माम ा ले सम्बोधन गरे पनि हामि साथि थियौ यसर्थ सिधै भने बाहिर सालिहरुले बोलाका छन म उता जान्छु । मोज गर्नु भन्दै अनुमति पाए ।

सबै झुमिरहेका थिए, म पनि मामाको कान्छो भाईसँग हमतमा ड्रिङसको एक एक गिलास लिई त्यतै लाग्यौ । खुबै मज्जाले गित गाउदि रहिछिन एउटि त्यो जमात भरिमा, लम्कि टिकापुरको भाकामा,,,,, जन्ति पट्टि र बेहुलि पट्टिको घम्साघम्सि परिरहेको थियो नाँचमा । हामि जन्ति तर्फबाट भएकोले हुटिङ पनि गरिरहेको थियौ ।

एतिकैमा गित बाटै जुहारिको निम्तो आयो मलाई नै घोचेर । सायद त्यो समुहमा बढि चिचाउने मनै थिए हुटिङक को बेलामा त्यसैले मलाई घोचिएको होला । फेरि आफ्नो बानि थिएन, यसरि जुहारिमा अनुभब पनि थिएन अझ भनौ त्यस्तो पर्खर सिप पनि त्यसैले आँट पनि भएन । सुने पनि वास्तै गरिन हुटिङमा लागिरहे ।

अति भयो, जब ईज्जत माथि प्रश्न चिन्ह खडा भयो ।

ईज्जत पनि के भयोर सुट मात्रै लाएर,,,,,

दम छ भने सुनाईदेउ एक टुक्का गाएर,,,,,

गित बाटै झटारो आयो ,

के गरु कसो गरुको हालत भयो मेरो अन्तत गित गाउने नै निर्णय गरे प्रतिउत्तर दिए,

होला फेरि के गरु कता जाम

नक्कलिको नाम के होला जान्न पाम

शुरुमै नक्कलि भन्दें । शुरु गरे सकि नसकि,,, जबाफ आयो मनिषा रहेछ उसको नाम ।

खुब आनन्द भयो मन नाम सुनेर किनकि यो नाम सँग म केहि समय बिताएको थिए तर बिडम्बना मान्छे उ त्यो थिईन । कता कता बिगत कोट्याई दियो उसको नामले,,,, अनि उसकै सम्झनामा भने,,

तिम्रो नामले बिगतको याद आयो,,,,,, मनिषा ,,,।

साचेको भन्दा पनि रमाईलो भयो, कुन्नि कसरि यो ईलम म मा स्थापति भयो आज । नभए यसरि गितबाट सवाल जबाफ गर्न सक्ने त म होईन पक्कै जे भयो राम्रै भो । लगभग त्यो हुलमा म अलि बढि परिचित भए जसले सालिहरु सँग पनि नजिक हुने सम्भाबना बढ्यो । झन्डै १२ बजे सम्म घमासान भयो हाम्रो त्यस पछि बिहे मण्डप तिर लाग्यौ ।

त्यो मनिषा र यो मनिषामा तुलना गर्न थाले ,

उ जस्तो हाईट त होईन तर ठिक्क जिउ मिल्दो थियो, उस्तै कपाल सरलर्क दुई तिर बाट अगाडि पट्टि सेपमा झरेको, आँखामा केहि भिन्नता थिएन बस अलि बढि आई स्याड पोतेकि ।

म बेहुलाको छेउमा बसिरहेको भए पनि नजर उसैलाई खोज्नमा ब्यस्त राखेको थिए । बेला बेलामा नजरमा आउथि बेला बेला गाइप । जब आँखाको निशानामा हुन्थि म मज्जैले हेरिदिन्थे डर थिएन अलिकति पनि । खासै औपचारिक परिचय नभए पनि अगि जुहारिमै चिनजान भएको थियो त्यसैले निर्धक्क हेर्थे । उसले चाल पाउथिन या नपाएको जस्तो गर्थि तर प्रतिबाद भने गर्थिन । बेहुला बेहुलिको जुठो खुवाउने बेला भएको थियो उसले ईसारि गरि आफु तिर आउनको लागि आँखैले । मैले निश्चतको लागि मलाई हो भन्दै आफुलाई आफ्नो हातले देखाए उसले हो भन्दै टाउको हल्लाई ।

मामा सँग कानेखुसि गरि भने र उ भाको तिर लागे खुलदुलि सहित ।

छेउमै पुगे म तर मैले किन बोलाको भनेर प्रश्न गर्न जरुरि परेन उसैले भित्र दिदिले बोलाउनु भाको खबर सम्प्रेशण गरि । उ अघि अघि लागि म उसैलाई फ्लो गरे भित्र सम्मै ।

बेहुलिको कक्ष रहेछ त्यो जहाँ तिन चार जना सालिहरु थिए । सालिको मतलब ससुरालि गाउको सम्पूर्ण उमेर मिल्दो चेलिहरु । ढोका सम्म निर्धक्क पुगे अनि टक्क अडिए, मनिषा भित्रै आउन भन्दै थिई तर म जान सकिन ।

किन लाज मान्नु भाको भित्रै आउनुस न मनु जि,,, मान्छे त अघि देख्दा बितिक्कै चिनेको जस्तो लाको थियो अब बोलि पनि चित परिचित जस्तो लाग्यो । खासमा अघि ढोकामा पुगेर अडिनु को कारण पनि यहि थियो अब भने पक्का भो यो मलाई निम्तो पठाउने मनिषाको दिदि भनेको यहि हो जसलाई मैले माथि अपरिचत भनेर तपाईहरुलाई परिचित गराएको छु जो सँग मैले बसमा सँगै यात्रा गरेको थिए ।

त्यहि नै हो भनेर पक्का भएर पनि मनमा अर्को प्रश्न उब्जियो कि उसलाई मेरो नाम कसरि थाहा भयो ? यदि यहि माहोलमा म परिचित भएको भए पनि रमेश भनेर चिन्नु पर्ने हो तर मनु भनेर उसले सम्बोधन गरेकि छ । यदि उता गाडिमा रामुले मेरो बारेमा भनेको भए पनि रामुलाई पनि थाहा छैन कि मनु नाम मेरो हो भनेर,,, म सोचमग्नमै थिए उ आफै ढोका सम्म आउने कष्ठ गरि र भनि, मनु जि कति भाउ खानु भाको भित्र आउनु भनेर झन्डौ हात नै समाउला झैं गरि म भित्र छिरे,,,

उनिहरु गफिरहेका थिए मनिषाको मोबाईलमा रिङटोन बज्यो उ फोन रिसिब गर्दै कोठा बाट बाहिरिई बाँकि अरु पनि उसकै पछि लागे त्यो अपरिचित बाहेक,,

के बोल्ने केहि सुजेको थिएन पानि पिउनु हुन्छ भन्दै उसैले नै त्यो गर्जो टारिदिई मैले अँ को भाबमा टाउको हल्लाए र मसिनो स्वरमा पनि,,,

अरु केहि सेवा गर्न सक्छु कि ? आज भने सम्मान सहित बोलिरहेकि थिई ।

अहिले पनि टाउको कै साहारामा मन नभएको संकेत दिए अरु बोल्ने आँट भने जम्मा पार्न सकिन ।

हिजो त्यसरि मेरो परिचय खोज्ने मान्छे आज यसरि यस्तो सुनौलो अवसर पाउदा पनि किन टाउकोलाई दुख दिनु भाको ? कि अगि मनिषा सँग गाउदा गाउदै बोलि सुकेको होर ?

त्यस्तो केहि पनि होईन,, छोटकरिमा जबाफ फर्काए,, आफ्नो बोलि सहि सलामत रहेको प्रमाण पनि पेश गरे अनि माफि माग्नु पनि जरुरि नै थियो त्यो पनि छुटाईन ।

ईट्स ओके उ राजि भै तर प्रश्न पनि गरि के कुरामा सरि ?

मैले भने हिजो बसमा जे भयो त्यसको लागि साथै प्रतिप्रश्न पनि गरे मेरो नाम कसरि थाहा भयो,, हाम्रो परिचय त भएको थिएन ?

मलाई अलिकति अडकल भएको थियो कि यो मेरो फेसबुक साथि हुनु पर्छ भन्ने तर निश्चितताको लागि सोधे ।

आफै जान्नुस ।

मैले भने माफ गर्नुहोला म त्यति दिमाख खियाउन सक्नेमा पर्दिन बरु तपाईको मनमा कतै दया नामको चिज छ भने केहि हिन्ड्स दिन सक्नु हुन्छ ।

ओके, त्यसो भए लाईक कमेन्टहरु याद गर्नुस, सरलै जबाफ आयो । यति सरल कि आफुले जानेको बिजगणित को हिसाब जतिकै । उसो त पहिलै शंका गरेको थिए कि पक्कै फेसबुक साथि हो भनेर तर पनि सोधे । यसको मुख्य कारण के बोलौ, कसरि कुरा गरौ को स्थितिमा हामि बिचको बार्तालाफ शुरु गर्नु पनि थियो । यथपि मैले जानेर पनि नजानेको गर्न भने छोडिन सोधे,,,,

पक्का त भयो तपाई मेरो फेसबुक साथि भनेर तर कसरि याद गर्नुृ अब प्रत्येक लाईक कमेन्टलाई । यदि यो पोस्टमा भनेको भए अलि सजिलो हुने थियो कमसेकम तपाईको नाम सम्म त जान्ने मौका पाउने थिए । त्यो बसमा मैले उसको परिचय माग्दा उसले गरेको ब्यबहार लाई अंकित गर्दै यति भन्न मन लाग्यो ।

अब त्यसको के जरुरि छ र आमने सामुन्ने छौ परिचय यहि गरे हुदैन र ? उल्टै प्रश्न गरि ।

तपाईलाई मेरो परिचय थाहा भैसक्यो मैले भन्नै जरुरि भएन अनि म तपाईको फेरि परिचय सोध्ने आँट गर्न सक्दिन अनि कसरि परिचय हुन्छ ? मैले पनि गहिरो प्रश्न तेरसाईदिए, एक किसिमले भनौ उ यसकै लायक पनि थि ,त्यो बसको ब्यबहारले गर्दा ।

सम्भबत बुजिछ क्यार, भनि मेरो नाम उर्मिला, अर्थात एन्जल थापा घर चप्परगौडि यहाँ सानि आमाको घर । एकै सासमा भनेर सकि र अगाडि थपि अरु केहि जान्नु छ कि ?

मैले भने, भो अब यति नै काफि छ प्राय मेरा हर स्टाटस अनि फोटो अपलोड गर्दा त्यो वाउ को रियाक्ट अनि च्याटमा मैले बारबार फोटो माग्दा पनि कुनै फोटो नै नभएको जिगिर गर्ने यो शताब्दिको महान नारि तिमि नै हौ उसो भा ।

थोरै सर्मायर हो भनि ।

अब मलाई उ सँग बोल्न कुनै संकोच भएन । करिब करिब तिन चार महिना पहिला हाम्रो फेसबुकमा पहिलो पटक च्याटमा कुरा भएको थियो अचम्म त के भने मलाई फेसबुकमा रिक्वाईस्ट गर्ने उहि नै थि । यदि कुनै अपरिचित केटिको फ्रेन्ड्स रिक्वाईस्ट आउदा बिहेकै अफर आए जतिकै मान्ने पुरुष मित्र हरुको जमानमा उसको रिक्वाईस्ट आउदा मलाई पनि कता कता रमाईलो अवस्य लागेकै हो तर त्यस्तो किसिमको कुरा भने मैले कहिल्यै पनि गरिन, भन्थि तपाईको लेखहरु, स्टाटस लेख्ने शैलि मलाइ मन पर्र्छ त्यसैले म हजुर सँग साथि बनेको हो त्यसैले म तपाईको ईज्जत गर्छु अनर्थ नसोचोन्नु ।

त्यस्तो सोच्न बाट मलाई एक किसिमले बन्देज नै गरिदिएकोले पनि होला त्यस्तो बोल्ने जरुरि गरिन । यदि कसैले आफुलाई ईज्जत गर्छ भने आफुले कसरि त्यस्तो सोच्न सकिन्छर ?अझ भनौ सोच्नु पनि हुदैन ।

पहिला हामि फेसबुकको सथि मात्रै थियौ अब त नाता पनि पर्ने भयो नि । अब जिस्किने स्वरुपमा भने ।

उतसुक्ताको साथ सोधि के नाता ?

मैले घुमाउरो पारमा भने तिम्रो सानि आमाको छोरिलाई मैले अब माईजु भन्नु पर्छ ।

उ खुशि हुदै, यू मिन म पनि माईजु ?

मैले हासेर हो भने तर त्यति धेरै खुशि नहुन आग्रह गर्दै भने हाम्रो मामा भान्जा भन्दा पहिला हामि साथि हो कलेजको त्यस पछि मामा भान्जा अनि गुरु चेला अब भाबि दिनको थाहा छैन के थाहा भाई पनि हुन सक्छ, अलि ईतरिदो स्वभाबमा ।

उसले बुजि या बुजिन मैले साडु भाई भन्न खोजेको तर हासेरै भनि बेस्ट अफ लक ।

यू टु मैले पनि फर्काइदिए ।

मलाई किन ? उसको जिज्ञासा

किनकि त्यो काममा तिम्रो पनि संलग्नता रहनेछ अझ भनौ तिमि बिना सम्भब पनि छैन, मेरो अस्पिष्ट जबाफ ।

अब म बिना कसरि असम्भब उ सोध्नै आटेकि थि बेला भएसि आफै थाहा पाउने छौ भनेर टारिदिए ।

तर मलाई खुलदुलि हुन्छ के सस्पेन्ड कुरा, उसले समस्या ब्यक्त गरि ।

कुनै कुरा सस्पेन्डमै मजा हुन्छ नि मैले कुरो नखोल्ने संकेत दिए ।

आखिर साहित्यकार न पर्नु भयो हार स्वीकृत जबाफ उसको ।

सम्भबत बिहानिको झुल्को सुर्योदय किरण उदाउने बेला भएको हुदो हो उसले सुत्ने अनुमति दिई तर मन मेरो त्यो स्वीकार्ने पक्षमा भएन कुरो लम्ब्याउने शुर गर्दै अगाडि भने, एउटा कुरा भनु ?

सोध्नै पर्ने थिएन उसले अनुमति दिई, मैले भने साच्चि तिमिले मलाई हिजो बसमा चिनेर पनि परिचय गर्ने झर्को गरिनौ किन ?

यसको खासै कारण नभए पनि म जानेर पनि अनजान हुनुको कारण पक्कै छ तर अहिले भन्नु कति सम्मको जायज होला म जान्दिन र अहिले भन्नुको तुक पनि भेट्दिन ।

उ सकभर नभन्ने पक्षमा खडा भई तर म सुन्न आतुर भएको जिगिर गरे । यसको दुई वटा कारण थिए । एउटा सकेसम्म उ सँग समय बिताउन भने अर्को उ सँग समिप्यता बढाउनु ।

सामिप्यता त फेुसबुक ब्यापक थियो तर त्यति खास पनि भैसकेको थिएन अब भने केहि आश पलाएको पक्कै छ ।

यसै पनि मेरो जिद्दि गर्ने बानि छैन तर आज म यस्तै बन्न मन परिरहेको छ । कुनै पल यस्तो पनि आउदो रहेछ जुन मज्जा अटेर गर्नुमा छ त्यो मज्जा ज्ञानि हुनुमा कहाँ र ? अगाडि थपे कुनै कुनै दिन साच्चि रमाईला हुदा रहेछन जुन अपेक्क्षा गरिएकै हुदैनन् जसले साचेको भन्दा नि बढि खुशि दिदा रहेछन हो त्यो दिन मेरो लागि आजनै हुनु पर्छ र म आजको दिनलाई त्यो अबिश्मरणिय दिन बनाउन चाहान्छु ।

म भावनामा डुबेछु क्यारे उसले कसरि भनेर प्रश्न गर्न भ्याई मैले भने आजको तिमि सँगको आकस्मत भेटले । मैले सोच्न त के कल्पना नै नगरेको मान्छे अहिले मेरै सामुन्ने छ त अनि ।

उ एका एक मौन भै मैले त्यसैको फाईदा उठाउदै कुरो अगाडि बढाउने आँट गरे र भने के हामि फेसबुक भन्दा बास्तबिकतामा पनि राम्रो साथि बन्न सक्कछौ ? यसमा मेरो कुनै पनि करकाप हुने छैन तिमि आफ्नो मर्जि गर्न सक्छौ यसै पनि जो कोहि आफ्नो मनको आफै राजा हुन्छ ।

निशङकोच हुन्छ भन्न त म सक्छु तर मलाई साथित्व निभाउन आउदैन यदि तपाईले साथित्व कसरि निभाउनु पर्छ भनेर सिकाउनु हुन्छ भने म ओके छु केहि नजानेको भाबमा बोलि । मैले पनि उसको प्रस्ताबमा कुनै टिप्पणि गरिन सिधै राजि भए यसको मतलब अब मलाई पूर्ण बिश्वास थियो म मेरो उदेश्यमा सफल हुन्छु भनेर ।

अघि सुतेका मान्छे उठ्ने बेला भईसकेको हुदो हो हामि अझै गफिरहेका थियौ । मनिषाहरु पनि कता गएछन कुन्नि फेरि एक पल्ट पनि डिस्टब गर्न त्यहाँ हाजिर भएनन् । उमेर पुगेसि आफै बुझिन्छ भन्थे सायद मनिषालाई पनि उसको उमेरैले होला फेरि हाँमि भाको ठाँउ सम्म आउने अबसर नदिएको । मनमनै उसलाई पनि धन्यबाद भने ।

माहोल अलि सुनसान हुदै थियो । बेला बेला उसलाई हाई पनि आईरहेको ले मैले भने अब सुत्ने होकि उज्यालो हुने बेला भैसकेको रहेछ ?

एक हात हाई आउदा खुल्ला भएको मुखमा राख्दै भनि बरु अब मुख धुने होकि भन्नु न, पाँच तिस भैसकेको छ अब सुतेर नि के गर्नु एक छिनमा सबै उठेर सुत्न दिदैनन् । मैले उसैको कुरामा सहमति जनाउदै प्रस्ताब राखे अब हाम्रो भेट सायदै होला भै हाले पनि यसरि खुल्ला रुपमा कुरा गर्न नमिल्न सक्छ त्यसैले एकछिन घरको छतमा गएर बसौ न त हामि । बिहानिको चिसो हावा मा शरिर पनि फ्रेस हुन्छ अनि दिमाग पनि ।

शरिर पे्रmस हुन्छ त्यो त ठिकै छ अनि दिमाग चै किन फ्रेस हुनु पर्यो र ? उसले जिज्ञासा राखि अब पालो मेरो थियो उसको जिज्ञासालाई मेट्नु पर्ने । थोरै हास्दै मैले भने आज रात भर मेरो कुराले ह्याङ भएको होलानि त त्यसलै, मलाई थाहा थियो उ यस्तै केहि जवाफको आशा राखेकि थिई नभए उसले यो जिज्ञासा राख्न जरुरि नै थिएन नि सबैलाई थाहा भएको कुरा हो अझ भनौ केहि आफुलाई मन नपरेको कुरा भोग्नु पर्यो भने सबैले भन्छन एक छिन म सँग नबोल्न यार मेरो माईन्ड ह्याङ भाको छ एक छिन फ्रेस हुन दे भनेर । उ पनि यो कुरा जान्दथि तर पनि जिज्ञासा राखेसि अरु के आशाले होला र त्यसैले भन्दिए ।

उ पनि थोरै मुस्कुराउदै सहमति जनाई । एउटा पछ्योरि मेरो हातमा थमाईदि एउटा आफुले आडेर घरको छत तिर उ अघि अघि म पछि पछि उक्लियौ । बाहिर कुहिरोले टमक्क ढाकेको थियो । नजिकैको मान्छे पनि चिन्न गाह्रो पर्ने खालको । त्यस्तै कानमा सिररर मसिनो बतासले चुम्मन गर्दै हामि बिच छेवैको पल्लो घरको भित्तामा ठोकिदै पुन हामिलाई नै चुम्न आउथ्यो । मैले कोट भित्र हातले बुनेको हाफ सुईटर पनि लगाएको थिए अनि पाईन्टको भित्र ट्राउजर को सहायताले आफु यो चिसोलाई सकभर पन्छ्याउने ब्यवस्था गरेको थिए त्यसैमा उसले एउटा पछ्यौरि पनि दिएकि थिई तर उ भने खासै त्यस्तो मेरो जस्तै बन्दो बस्ति मा थिईन ।

कलेजि कलरको कुर्तामा त्यस्तै तर अलि गाडा बुट्टा भएको सलवार अनि कुर्ता माथि अलि लामो कोरियन कोट मात्रै र यि सबैलाई कालो मखमलि जस्तै पछ्यौरिले आधा टाउको पनि ढाकिने हिसाबले छोपेकि थिई । माथि तिर भित्रि बस्त्र हाईनेक नलगाएको मैले प्रस्ट देखे पनि, मैले जस्तै उसले पनि ट्राउजर लगाएकि थिई या थिईन उसैलाई थाहा होला तर मलाई मुटु देखि नै कमाईरहेको चिसो उसलाई एक रत्ति पनि भैरहेको थिएन । सुनेको थिए केटिहरु हट हुन्छन हो रैछ यो अवस्थामा उसलाई देखेर स्वीकार्न बाध्य भए ।

साच्चि वातावरण नै प्रेमिल हुनु पर्दो रहेछ मनमा प्रेमिल भावना पैदा हुन पनि । उसो त उ आफैमा मायालु लुक्सले प्रयाप्त छे झन यो जवान हुदै गरेको बिहानले मन लोभ्याउनु लोभ्याईरहेको छ । कुनै बाहानाले उसलाई स्पर्स गर्न मन एका एक उब्जीयो यो मनमा र त्यहि अनुसार निर्देशन गर्दैछ मलाई म निर्देशन पालन गरु या नगरुको दोधारमा अल्झिरहेको छु । सायद उल्झन भन्नु यहि होला । ज्यान लो सुगर ले लडिरहेको छ सामुन्ने किचेनको ¥याकमा चिनि छ तर सब थोक जानेर पनि त्यहाँ सम्म ज्यान पुग्न नसक्नु ।

मेरा यि हाउभाउ, मेरो अस्पष्ठ भाब त्यस्तै मेरो उ सँगको चाहाना उसले बुजेकि छ या सबै ब्यर्थ गैरहेको छन म सँग प्रष्ट जबाफ त छैन तर पक्कै मलाई इन्कार पनि गरिरहेकि छैन यो म ठोकुवा गरेर भन्न सक्छु । मायामा धोका शब्द सँग म राम्रो सँग परिचित हुदा हुदै पनि म यो दोश्रो पटक फेरि मुकाब्ला गर्ने गल्ति गर्दै छु डराई डराई । यो डरले कति सम्म भगाउने हो त्यो समय सँगै थाहा होला तर म डरै डरको बिच मायाको एउटा सुन्दर बगौचाको कल्पना गरिरहेको छु ।

यो शुरुवाति सिनमै कुहिरोले छोपेको छ तर बाँकि सिनहरुमा यसको कुनै प्रभाब नपरोस कामना गर्दछु । केहि मिठा पल यति किन छिटो सकिन्छन या यि हुन्छन नै छोटा अन्यौल मै छु आज पनि । बरु एक कप चिया पिउनमा बडि समय लाग्ला तर यो पलले हामिलाई साथ नदिने नै भयो । सानि माँ लाई छोरि पठाउनुको पिडाले होला क्यारे निद आएनछ । आगनमा काम त केहि थिएन तै पनि एता उता गर्दै गरेको माथि बाटै देखिन्थ्यो मैले उर्मिलालाई पनि देखाए । देखाएर गल्ति गरेछु उसलाई । उ अब तल जाम भनेर ढिपि कस्न थालि म कतिन्जेल उसलाई अड्यायर राख्न सक्थे र ? अझ भनौ त्यस्तो गम्भिर कुरो भएको पनि के थियो र जसले उसलाई म सँगै अडिएर बस्न बाध्य बनावस ? खासै ठेड कुरो हुन नै पाएन । मैले गर्न पनि सकिन भनुम जसरि अघि लुरु लुरु उसको पछि लाग्दै माथि चडेको थिए उसै गरि त्यहि भ¥याङ बाट तल तिर लाग्यौ । फरक केहि थिएन थियो त समय मात्र अघि अध्यारो अहिले लगभग उज्यालो भैसकेको थियो ।

त पनि निदाकि छैनस र नानि ? उसकि सानि माँ ले कुन्नि के उचलेको जस्तो गरेर हामिलाई देख्दा बितिकै सोधिन । होईन बाबाले फोनगर्नु भएको थियो । कोठामा नेटले काम नगरेर माथि गाको थिए ।

ए अनि बाबुलाई सुत्न अप्ठ्यरो भयो कि कुन्नि बिहानै उठ्नु भएछ ?, मलाई पनि प्रश्न गर्न छोडिनन् । उसले त बाबाको फोनको बाहाना गरि अब जबाफ फर्काउने पालो मेरो थियो तर अर्ध निन्द्रामा सहि जबाफ दिमागमा केहि पनि फुरेन । केहि न केहि त भन्नु नै थियो भने होईन म बिहान जैले पनि छिटो उठ्ने बानि छ । एउटा सफेद झुट एका बिहानै बोलेर मैले पनि शुभ बिहानिको शुरुवात गरे मेरो अक्कल बन्द भयको अवस्थामा ।

ए राम्रो नि त्यसो भएत । मनै फुरुङ भयो ।

अनि भनिन उता किचेनमा चिया पाक्दै छ नानि बाबुलाई पनि लिएर जाउ ।

खासै चिया पिउने बानि नभए पनि यो अफरलाई नर्कान मन लागेन । उर्मिलाले पनि हसको भावमा जबाफ दि अनि किचेन सम्मको यात्रा पुन शुरु भयो । यहि बिचमा मैले उसलाई भने मेरो चिया पिउने बानि त छैन नि । एक छिन भए पनि तिमि सँग किन सँगै नबसु भनेर चिया अफर नर्कान मन लागेन । उसले हँ को भावमा म तिर फर्किदै भनि मलाई अघि नै थाहा थियो । मलाई अघि नै थाहा थियो, कसरि ? सोध्न मन हुदा हुदै पनि सोधिन । धन्न अलि कति नै सहि उसले पनि नोट गर्दै थिई मलाई त्यसैले ।

पाकि सकेको चिया ग्यास सानो बनाएर त्यहि चुल्हो माथि नै रहेछ । उसले मेरो अगाडि ल्याउदै भनि अब त बानि नभए पनि पिउनु पर्छ । मैले चियाको एक चुस्कि लिदै भने, एका बिहानै यति मिठो चिया पिउन पाईन्छ भने जाबो बानि बसाल्न के छ र ?

उ हल्का मुस्कुराई सँगै म पनि तर उसले जबाफ भने केहि फर्काइन ।

उ चिया अरु गिलासमा हाल्दै थिई मैले मेरो एक चुस्कि मात्रै पिएको कप टेबलमा राख्दै भने, साच्चि एउटा कुरा भनु ?

भनु भनेर सोध्ने बेला सम्म त भनि सक्नु हुन्थ्यो नि, मर्जि होस सरकार । आफ्नो नजर गिलासमा खन्याउदै गरेको कप तिर बाट थोरै म तिर हेर्दै भनि ।

ठिकै छ, यो चिया पिउने बानि पनि बसालुला तर यसरि सधै चिया पिउन पाउने सम्भावना चाहि के छ नि?

यसरि, मतलब कसरि? उल्टै प्रश्न गरि । मैले केहि बुजाएको जस्तो गरेर भने यसरि सधै मलाई चिया पकाएर दिने मान्छे तिमि हुने सम्भावना ?

उसले ढिलो नगरि भनि यो कप त सिध्याउनुुस अनि सोचौला । यति भनेर ८÷१० वटा कप चिया को ट्रे मा राखेर किचेन बाट निस्कि । उ आउदा सम्म मैले चिसो भएको चिया एकै घुट्किमा सकि उसको अघिलतिर राखिदिए । उ मुस्कुराउदै अघि जसरि बाँकि कप लिएर हिडि ।

हिन्दि मा एउटा भनाई छ लड्कि हसि तो फसि यहाँ उ फसि या ईत्तरिदै मात्रै छ भेउ पाउन सकिन । चिया सकिएसि अब किचेनमा बसिराख्ने बाहाना पनि सकियो म पनि एक छिनमा निस्के । सम्भबत म रात भर अनिदो भएको, मेरो अनुहारले मलाई देख्ने जो कोहिले पनि प्रष्ट थाहा पाउन सक्थ्ये अनि प्रश्न पनि स्वभाविक थियो मुख त रातभर सिकिस्त बिरामिको कुरुवा बसेको जस्तो छ नि पुरै अनिदो? अनि म सँग बास्तविक उत्तर थिएन भए पनि म भन्न जरुरि सायदै मानु यर्सथ अब ति सवालहरु बाट छुटकारा पाउन भए पनि बाथरुम जान जरुरि लाग्यो सरासर उतै लागे । ब्रस त थिएन औलैले दात सफा गरे अलि अलि पानि कपालमा लगाई यसलाई पनि हिजैको पुर्ववतः शैलिमा राखे । राति रामाईलोमा अलि अलि उफ्रिदा कपडामा पनि कता कता माटोका कणहरु टासिन भ्याको रहेछ त्यसमा पनि पानिकै सहायताले झारे ।

रात भरको त्यस्तो सुनौलो मौका पाउदा पनि केहि भन्न नसकेकोमा मनमा चुक चुक भैरह्यो । त्यो चुक चुकाई, रात भरको अनिदो अनि त्यो चियाको मिठासले कता कता धुमपानको तलतल लागेको जस्तो भयो । कोटको खल्तिमा हेरे लाईटर मात्रै बाकि रहेछ । हिजोको हडबढिमा चुरोट लिन बिर्सेछु । कहिले काहि खोलि भेटेसि मात्रै प्यासको अनुभब हुदो रहेछ त्यस्तै भयो ।

अब धुमपानको लागि नजिकै पसल भए नभएको पत्तो लगाउने सोचले बाहिरिदै थिए मामाको भाई पनि म भएकै दिशा तिर अर्थात शौचतिरै आउदै थियो सोचे उ सँग छ कि ?

प्राय अरु बेला नभए पनि यस्तो रमाईलोमा साथि कै करकापमा भए पनि यसो एक दुई सर्को उडाउथ्यो ।

अबिनास, नामले बोलाए । उ म भए तिर आयो । मैले साउतिमै भने तिमि सँग चुरोट छ र? साह्रै तल तल लाग्यो यार । उसले आफ्नो गोजि तिर ईसारा ग¥यो । गोजिमा एउटा मात्रै रहेछ । म त्यहि लिएर एकान्त खोज्दै घर नजिकै रहेको सानो कुलोमा पुगे । उसको हातले दिएको बिहानिको चिया खुब याद गर्दै धुम पान गरे । कास सधै मेरो बिहानि उसको हातको चिया बाट होस, यस्तै यस्तै सोच्दै ।

करिब आठ बजेको थियो ।

यता घरमा म्युजिक बज्न सुरु भैसकेको थियो । मान्छेहरुको पनि चहल पहल बड्दो थियो ।

म सरासर मामा भएको ठाँउ तिर गए । अब खाजा खाएर जन्ति बिदाई गर्ने तयारि भैरहेको रहेछ । मनिषा नै अलि चल्ति फुर्ति थि त्यो भिडमा । खासै नाता गोतामा पर्ने नभए पनि असल छिमेकिको कर्तब्य निभाउदै थि । खाजा खाने बेला भएको खबर पनि उसैले गरि । सोचिरहेको थिए भान्से उर्मिला होस तर बिडम्बना त्यसो भएन । खाईवरि दुलहि दुलाहाको जिम्मा लगाउने बेला भैसक्यो अहँ तर पनि उ देखा परिन । सोचे उ निदाई रहेकि छे । म पनि त सुतेको थिईन कमसे कम जन्ति बिदाई गरि सकेसि सुत्नु । यति भन्न मन लाग्यो रातभर मैले सुत्न नदिएको जो थिए ।

खाजा बोकेर मनिषा नै हाजिर भै । मलाई खाजा दिने बेला बिस्तारै भने,, उर्मिलाको नम्बर छ तिमि सँग?

छ को भावमा टाउको हल्लाई । मैले मेरो मोबाईलमा उसको नम्बर डायल गर्न लगाए । फोन रिसिब भएन एक पटकमा, मैले फेरि डायल गरे ।

सहि सलामत आवाजमा फोन रिसिब भयो । मैले आफ्नो नाम भने उसले आफु मेकअप गर्दै गरेको जानकारि गरि । मैले एक पटक भेट्न उतसुक भएको उर्दि गरे । आफु एकै छिनमा आउने जानकारि गरि मैल हँस भनेर फोन कट गरे ।

खाजा खाई सकेसि अब टिका टिलाको कार्यक्रम रहेछ । अब जति सक्दो चाडो बिदाई गर्ने तरखरमा थिए अनि हामि पनि त्यसकै ब्यग्र प्रतिक्षामा थियौ ।

म मामाकै निर्देशनमा गाडिको चाजो पाजो मिलाउन तिर लागे । गाडिहरु उतै बाट लिएर आएका थियौ । अगाडि बेहुलाको कार अनि त्यसको लगतै बसलाई पनि चालु हालतमा राख्न लगाए ।

माहोल अलि स्तब्ध बन्दै थियो । अब दुलहिलाई बिदाई गर्ने बेला भएको हुदो हो । कपाल फालेर एक छाक नुन बारेर अझ भनौ जुठो बारेरै चेलि पठाउनु पर्दा कस्को मन पो रुन्न र? आवाज सुनिने गरि नरोय पनि आखा भने लगभग सबैका रसाई रहेका थिए । मलाई पनि कता कता नमज्जा लागिरहेको थियो । यो बिहेको सबै भन्दा नराम्रो दृष्य भनेको पनि यहि होल । चारै तिर रमाईलो हुदा हुदै पनि कता कता आशुहरु लाई परेलिको डिलहरु ले रोक्न सक्दैनन् ।

अनि अबरुद्ध गालाहरु लाई पुरै सिचित गर्दै बगिदिन्छन, परेलि, गाला, ओठ हुदै तल तल सम्म ।

सकियो यो दुखत पल पनि । जन्तिहरु लगभग गाडिमा बसिसकेका थिए । घर देखि गाडि सम्म दुलहिलाई डोलिमा भाईहरुले बोकेर पु¥याए । साथमा एउटा लोकन्ति पनि । अघि उर्मिलाले मेकअप गर्दै गरेको यसैको लागि रहेछ । लोकन्तिमा उर्मिला नै रहिछ । कारमा पस्नै लाग्दा उ म तिर फर्किन भ्याई । मैले केहि नबोलि फिस्स हाँसि दिए उसले पनि उसै गरि जबाफ फर्काई, अघिल्तिर झरेको कपाल कान तिर सेप्दै तल्लो पङक्तिका दाँतहरु देखाउदै ।

अफिसको कामले गर्दा केबि मामा बिहानै निस्कि सक्नु भएको रहेछ । कारमा बिचको सिटमा एका झ्याल तिर उर्मिला अनि अर्को झ्याल पट्टि मामा बिचमा दुलहि । दुलहि राईरहेकोले उर्मिलाले फकाउन कोशिस गरिरहेकि थिई । अगाडि चालक सँगैको सिट खालि भए पनि म क्याबिनको सानो सिसा बाट उर्मिलालाई लुकि लकि हेर्ने उदेश्यले उसैको सिट पछाडि बसेको थिय । बिदाई भएर हिड्नै आट्दा दुलहिको स्वर अलि चर्को भएको थियो । लाग्थ्यो उनि अब कहिल्यै पनि फर्किन पाउने छैनन् यो घरमा अनि बाबा आमा सँग फेरि भेट हुने छैन । एउटा सानो बच्चाले आमा सँग छुट्नु पर्दा जस्तो बिलौना गर्छ ठ्याक्कै त्यस्तै ।

यो रिति रिवाज, परम्परा बुजेर पनि उनि यति बेला सायद यस्तै सोचिरहेकि छिन ।

अन्ततः छोडियो माईति घर । अलि वर वर पुग्ने बेला सम्म पछाडि तिर नै थियो दुलहिको नजर । हेर्दा हेर्दौ छेकियो पराण भन्दा प्यारो माईति घर अब पछाडि फर्किन पनि ब्यर्थ थियो । रुवाई पनि कम भयो । यति बेला सम्म हामि राजमार्गमा पुगिसकेका थियौ । यहाँ सम्म आईपुग्दा मेरो ध्यान पनि त्यो क्याबिनमा रहेको सिसामा गउन । मनमा कता कता नराम्रो लागिरह्यो । म पनि भावनामा बहकिएछु ।

राजमार्गमा पुगेसि गाडिको गति पनि केहि बढ्यो । उर्मिला बसेको सिटको झ्यालको सिसा खुलेको थियो । त्यहि बाट आएको हावाको बेगले उसको कपाल म सम्मै पु¥याईरहेको थियो । बेला बेला उ आफु तिर तान्दथि कपाल बेला बेला बिर्सन्थि । म त्यहि बिर्सेको मौकामा उसको कपाल सँग खुबै मज्जाले खेल्थे । उसले चाल पाईरहेकि छ कि छैन भनेर क्याबिनको सिसा तिर पनि मेरा नजर लगाईरहेको थिए । थाहा पाउथि या पाउथिन तर थाहा पाए पनि सोच्दि हो हावाले होला त्यसैले एक पटक पनि शंकाको नजरले म तिर हेरिन । नभए म यस्तो हर्कत फेरि नदोहो¥याउदो हु ।

कर्णालि पुग्दा सम्म मेरो यो क्रम जारि नै रह्यो । लगभग एघार बजेको हुदो हो कर्णालिमा जन्तिलाई खाना खुवाउने कुरो भयो । सबै ओर्लियौ । बेहुलिलाई खान मन नभएको भने पनि कर गरेरै खाना लगायौ दुई गास भए पनि । जादाँ मामा भान्जाको मात्रै सेल्फि लिएको थिए । अहिले चार जनाको । उति बेलै फेसबुकमा अपलोड गरेर स्टाटस लेखे,

यहाँहरुको सुखद दाम्पत्य जीवनको मस्तै मस्तै शुभकामना

आदरणिय मामा माईजुलाई, सदा यस्तै खुशि देख्न पाउ ।

र यति लेखेर उर्मिलालाई ट्काग गरि दिए । उ पनि फोटो अपलोड गर्दै रहिछ तुरुन्तै कमेन्ट गरि मेरो तर्फबाट पनि लाखौ लाख शुभकामना ,,,,।

न्जिकै भए पनि त्यस्तो बोलचाल हुन सकेको थिएन सोचे च्याटमा बोल्छु । हाई लेखेर सेन्ड गरे । गाडि पनि हिड्न लाई तरखर गरिरहेको थियो । केटाहरु बसको छतमा बसेर हल्ला गर्न शुरु गरिसकेको थिए । बस भित्र त लगभग केटाहरु कोहि पनि थिएनन् होला । रमाईलो भन्नु नै यहि त हो । थोरै पिउने अनि धेरै हल्ला गर्ने ।

पुल कटेर लगभग आर्मिको चेक प्वाईन्ट पुग्ने बेलामा उसको रिप्लाई आयो हेलो मनु । रिप्लाई गर्दा पछाडि तिर फर्किन पनि छुटाईन ।

मैले पनि तुरुन्तै म्यासेज गरे निद लाको छैन?

उम बट………. उसले रिप्लाई गरि ।

मैले फेरि बट के? लेखेर म्यासेज सेन्ड गरे । चेक प्वाईन्ट कटेर लगभग बर्दिया राष्ट्रिय निकुञ्जको बिच तिर पुगेका थियौ नेटवर्क कम भएर होला म्यासेज सेन्ड भएन । एक छिन सम्म हेरि रहे म्यासेन्जरको टपमा । त्यो पहेलो रङ्ग परिवर्तन भएर हरियोमा परिणत भएन । अनि डाटा अफ गरे । एकै पटक भुरिगाउ बजारमा पुगेसि फेरि डाटा अन गरे । उनले सेन्ड गरेका केहि म्यासेजको आशामा ।

लेखिएको थियो तपाईलाई नि? मतलब मैले निद लाको छैन भनि सोधेको प्रश्नमा उसले पनि प्रश्न गरेकि रैछ । आखिर हामि दुबै अनिदो थियौ त्यसैले उसको यो प्रश्न स्वभाबिक पनि थियो । लगत्तै अर्को म्यासेज पनि आयो, लेखिएको थियो, सरि ल मनु जि, मैले पाहुनालाई पनि रात भर सुत्न दिईन । तर यसको बदला लिन चाहि नपाई है । अब उता गएर सबै भन्दा पहिला मेरा लागि सुत्ने ब्यवस्था मिलाउने जिम्मा तपाईको । उ पनि ठिक्क अनमा आई । मलाई निद भन्दा पनि कति बेला, कुन बाहानाले तिम्रो कपाल सँग स्पर्श गर्न पाउ भएको छ लेखेर सेन्ड गर्नै आटेको थिए उनको दाश्रो म्यासेजले डिस्ट्रब गरिदियो । यो लेडिजहरुको राम्रो बानि गल्ति अरुकै भए पनि आफुले सरि भन्न छुटाउदैनन् । नभए रातभर सुत्न नदिएको बास्तवमा मैले थिय तर पनि उ आफु सरि भनिरहेकि छ । मन मनै खुशि भए र दोश्रो म्यासेजको रिप्लाई लेखे ईट्स ओके एण्ड डन्ट वरि एबाउट सिलिप, ईट्स माई रिस्पोस्नबिलिटि । उता बाट थ्याङ यू लेखेर पठाई । मैले एउटा लाईकको ईमोजि सेन्ड गर्दै लेखे आज तिमि सँग एउटा कुरा भन्नु छ ।

उसले, हस बट पहिला निनि लेखि । बिचरा कति प्यारो रहेछ उसको निद । मैले रातभर सुत्न नदिएकोमा अलि कति नमज्जा लाग्यो । नमज्जा यो मानेमा पनि लाग्यो कि उसको आजको रात पनि अनिदो नै जानेवाला छ । म कसै गरि पनि आज उसलाई मेरो मनको कुरा भन्नेवाला छु चाहे उसले स्वीकारोस या नकारोस । खै के भयो भयो मलाई नभए म यसरि यति छिट्टै फिदा भैहाल्ने मध्येमा त होईन तर पनि उसको यो नादानि पन, मलाई जानेर पनि उ मेरा सामु अपरिचित हुनु, अनि यो बिहेको संयोग यि सबैले मलाई उ प्रति एका एक आर्कषित गरिरहेका छन् । सम्भवत यो सब उप्परवालाकै मर्जि भन्नु पर्छ ।

उसलाई कसरि, कहाँ बाट, कति बेला, के भन्ने यस्तै यस्तै सवाल बार बार मेरो सानो मष्तिस्कमा आउ जाउ गरिरहे तब सम्म हामि मामाको घर अर्थात दुलाहाको घरमा पुगिसकेका थियौ ।

यता पनि बेहुलि आईपुगेको कोरस फैलियो एकै छिनमा । माघको महिना करिब साढे छ बजि सकेको थियो झन टमक्क कुहिरो पनि यर्सथ नजिकैको मान्छे चिन्न पनि अलि गारो गारो थियो । मान्छे कता कता बाट आईपुग्य । आगन एकै छिनमा बेहुलि हेर्ने मान्छेले भरियो । घरमा दुलहि भित्रयाउनको आवश्यक रितिरिवाज शुरु भयो पण्डित ज्यूको अस्पष्ट मन्त्रबाट सायदै ति आफैले बुज्दाहुन । उर्मिलाले मलाई बोलाएर भनि खोई त प्रमिस गरेको कुरा । ए, म केहि झस्किए झै भएर भने, पहिला थोरै भए पनि खाना खाउ अनि तिम्रो प्रमिस पुरा गरौला हुन्नर?

उ सिधा उभिरहेकि निन्द्राले गर्दा म सँगै ठोकिउला झै गर्दै भनि नाई मलाई साह्रै गाह्रो भएको छ बरु आजको साटो पनि भोलि खाउला नि तर अहिले सुत्छु के प्लीज । मलाई भन्न मन थियो हाम्रो घरको पाउनालाई भोकै कसरि सुाताउ भनेर तर भन्नै आटेको म उसको त्यो हालतले गर्दा भित्रै बाट माया लागेर आयो । अनि भने एकै छिन है म सोधेर आउछु । यति भनेर उसलाई त्यहि नजिकैको खाटमा बस्न लगाई सोध्न हिडे । घरको अरु अग्रजलाई सोधु भने खाना नखाई सुत्न दिने कुरै भएन त्यसैले मामाको छेउमै गएर उर्मिलाको बारेमा भने अनि माईजुलाई पनि जानकारि दिए । मामाले आफ्नो कोठा सँगैको अर्को कोठामा जानु भनेर भन्नु भयो । बिचरि म फर्किने बेला सम्म उ बसिरहेकै ठाउमा निदाई सकेकि रहिछ । पहिला नामले बोलाए उ मस्त भैसकेकि रहिछ सुनिन । ब्यूझाउनु त थियो नै कुममा हल्का छोयर हल्लाय ऊ ब्यूझिई अनि कोठामा लगे । बेडमा पुगेसि उ यसरि पल्टि कि मानौ उ पुरै ड्रङ छे । मानौ उसलाई केहि होस छैन । खुट्टा बेडमा सिधा गरिदिए । जुत्ति पनि निकाकलेर सिरानि मिलाई सिरकले छातिसम्म ढाकिदिई निस्कनै लागेको थिए , रियोज उसले बोलाई मैले हजुर भन्न नपाउदै भनि थ्याङ यू फर एभ्री थिङ । यसको मतलब उ सब थाहा पाईरहे िकथि या मैले यो सब गरेसि मात्रै चाल पाई उसैलाई थाहा होला तर म ईट्स ओके, ह्याभ अ सुईट ड्रिमस भन्दै बाहिरिए ।

बिचरा हिजो पनि रातभर के निन्द्रा लाग्यो होलार । एउटा चेलि जसले भोलिका दिन बाट आफु जन्मेको घरलाई माईति भन्नु पर्ने छ । आफुलाई जन्म दिने आमा बाबालाई माईति मान्नु पर्ने छ । माईतिमा दुखले बर्षमा एक दुई पटक मात्रै जान पाउने छ । हिजो सम्म आमाले सुनिन् कि भनेर चिच्यायर रुने मान्छे भोलि बाट अनुहारमा क ेहि न्यास्रो देखिन्छ कि भनेर घरमा जति सुकै कष्ट हुदा पनि देखावटि चमक ल्याउनु पर्ने छ । फोनमा कुराकानि हुदा एता सासु, नन्दको टोकसोले सुकेको सास लुकाएर म सन्चै छु भन्नु पर्ने छ चाहे फोन कट गरिसकेसि रातभरि नै किन अनिदो बस्न नपरोस । यस्तो सब कल्पनाले गर्दा सायदै निदाएकि होलिन तर आज पनि बेलैमा सुत्न पाउने छाँट देखिएन । यि पण्डित बाले छिटो छिटो गर्दिए पनि त हुने आखिर उनकै हातमा छ क्यारे छिटो सक्ने कि ढिलो सक्ने सुत्र । म कल्पना गर्न सक्छु । हिजो देखिको अनिदो, नयाँ घर, नयाँ परिभेष, नयाँ मान्छे, नयाँ चलन यावद सब थोक नयाँ । कसरि सकुन यि सबैलाई व्यबस्थित गर्न । हुनत मामा पनि त्यति असजिलो मान्छे त होईन तर पनि आपसमा घुलमिल हुन पनि केहि समय लाग्ला । बिचरा एउटा नारिको कर्म भन्नु नै यहि त छ के गर्न सकिन्छर? धन्न नारिमा सहनशिलता नामको एउटा सदगुण हुन्छ जसले जस्तो सुकै परिस्थीतिमा सामना गर्ने आट प्रदान गर्छ । आशा छ त्यस किसिमको गुण नयाँ माईजुमा पनि छ र पक्कै जुन सुकै परिस्थीतमा पनि सामना गर्ने आट प्रदान गर्ने छ ।

म कोठाबाट फर्के पनि मन र दिमाग भने खालि उर्मिलाकै बारेमा सोच्नमा ब्यस्त थियो । करिब एक बजेको हुदो हो जग्गेको काम सकियो । बिहेमा सम्बन्धित मान्छे र नाचगानमा रमाईलो गर्नेहरु बाहेक अरु मान्छेको खासै चहलपहल थिएन । हिजोको रातदेखिनै सबैजना अनिदो भएकोले सुत्ने तरखर भयो । नायाँ माईजुलाई उर्मिला सुतेकै बेडमा र अरु पाहुनालाई घरको उत्तर पट्टिको बैठक कोठामा भुईमा लस्करै सुताय पछि मामा र म मामाकै कोठामा गयौ । अबिनासलाई सोमरसको ब्यवस्था गर्न लगायको थिए । उसले पलङको घर्रामा पेपरले मज्जै सँग बेरेर राखिदिएको रहेछ । म किचनबाट सितन लिएर आए । मामाले नखाने भन्दा भन्दै पनि आज यस्तो खुशिको माहोलमा मेरा लागि भए पनि खानै पर्छ नभए भोलिबाट माईजुले खान दिनुहुन्न भन्दै कर गरे । अन्ततः मेरो जित भयो । म बोतलबाट गिलास भर्दै थिए । मामाले कुरा शुरु गर्नु भो, भन्नु भो तपाईको प्रगति विवरण के छ त ? प्रगति विवरण मतलब उर्मिला र मेरो सम्बन्ध अथवा उर्मिला र म बिच के के भयो? मामाले घुमाउरो तरिकाले सोधे पनि मैले सरलै जवाफ दिए केहि भएको छैन तर अचम्मको कुरा उ र म फेसबुकमा पहिले नै साथि रहेछौ अनि यो पनि भनिदिए काण्माण्डौ बाट हामि एउटै सिटमा बसेर आएका थियौ तर परिचय भने यहि भएको हो ।

चियर्स गर्दै, भन्नु भो यो कसरि सम्भब? नभए यस्तो त हुनै नसक्ने कुरा हो कि तपाईको फेसबुकमा साथि होस अनि परिचय भने बल्ल आज । कसरि? फेरि दोहो¥याउनु भो । कुरा त भएको हो तर उसको प्रोफाईलमा फोटो नभएको र मैले फोटो माग्दा पनि फोटो सेन्ड नगरेकोले मैले चिन्न नसकेको बयान दिए । यथपि उसले भने मलाई पहिलो भेटमा नै चिनेकि रहिछ तर मलाई नजिक बाट बुज्नको लागि परिचय नगरेको रे, उसकै लएमा भनिदिए ।

अनि अब सम्भावना कति ? मामाको प्रश्न ।

मैले धनगडि बाट यहाँ सम्मको सबै कहानि सुनाईदिए । दोश्रो प्याक आधा जति भएको थियो । त्यो पुरै एकै पटकमा खालि गर्दै भन्नु भो, ल ब्यस्ट अफ लग । छिटै सोचेको जस्तो होस । मेरो गिलास पहिले नै खालि भैसकेको थियो । अरु थप्ने कि ? मैले मामालाई सोधे ।

हैन मलाई भयो तपाईलाई लिने भए लिनुस । म सुत्छु अब । मामालाई पनि निन्द्राले च्यापेछ मैले अनुमति दिए ।

म पनि त्यस्तो पेशेवार कहाँ थिए र लगभग झुम्म पारिसकेको थियो । केहि सोमरसको नशा, केहि अनिदो यि सबै भन्दा उर्मिला सँगको भेटको खुशि ले होला सायद सोमरसको आफ्नो निश्चित नशा भन्दा केहि बढि नै नशा चडेको थियो म मा । आखिर शराब पनि आफैमा नशालु कहाँ हुन्छर । यो त आफुमा नामैले परिचित छ कि यसमा नशा हुन्छ ।

खाश नशात त्यसको लाग्छ जो मनमा हुन्छ । जो दिामागमा हरपल छाहिरहन्छ । जो कल्पना अनायसै आईदिन्छ । शराब त एउटा नशालु भैदिने बाहाना मात्रै हो नभए यदि नशा शराबमै हुन्थ्यो भने ति शराबले भरिएका बोतलहरु पनि त नाच्नु पर्ने । ति राखिएका ¥याकहरु बाट निस्किएर कतै नालिमा पल्टिनु पर्ने जसरि एउटा शराबि सब थोक बिर्सेर रातभर चिसो नभनि, फोहोर नभनि, रोडको नालिमा लडिरहेको हुन्छ । नभए ति बोत्तलहरु प्नि त रुनु पर्ने जसरि एउटा प्रेमि बिछोड भएको सालौ पछि सम्म पनि शराब पिए पछि उसैको यादमा रुने गर्दछ । यस्तै यस्तै बेमतलबि कुरा सोच्दै निदाए छु म पनि । आखिर यस्ता हावा गफ मनमा आउने पनि यस्तै माहोलमा रहेछ ।

एकै पटक उर्मिलाको गुड मर्निङ सँगै आखाँ खुले । म त एक छिन अभाग भए । सायद उर्मिलाको ठाँउमा अरु कोहि भएको भए निन्द्रा डिस्ट्रब गरेको अभियोगमा गालि पाउने पक्का थियो । अचम्म पनि लाग्यो पाउनाको हातमा चियाको कप छ जो मेरा लागि भनेर उसले लिएर आएकि छ । आफु सुतेको बेडमा हेरे मामा पनि अघिनै उठि सक्नु भएको रहेछ । बिचरा निन्द्रा पनि के लाग्यो होला र? घरमा नयाँ दुलहि जो आएकि थिईन । उर्मिलालाई सोधे किन अरु कोहि छैनन्र यहाँ घरमा चिया पनि पाहुनाको हातमा पठाएछन् त? हातमा भएको चियाको कप पलङ सँगैको टेबलमा राख्दै भनि किन मैले ल्याउनु हुन्नर? कि अब चल्दैन र मेरो हातको । उ सिरियस भन्दा पनि केहि जिस्किदै बोलिरहेकि थिई । मैले उसको बोलि बाट प्रष्टै बुजिरहेको थिय । त्यस्तो हैन मैले भने । अनि कस्तो त? कप टेबलमा राख्दा निउरिदा तल झरेको कपाल कानको माथितिर मिलाउदै भनि, यसरि बिहान बिहानै चिया पिउन पाउने सम्भावना कति छ भनेर सोधेको हैन हिजो हो त्यस्को पहिलो किस्ता बुझाउकि भनेर मैले चिया लिएर आको नि । यति पनि मैले नै भन्नु पर्छ । मैले जिस्किरहेकि सोचेको केहि भावुक हुदै भनि ।

ओहो कुरा त्यसो पो । मैले भने अब त साच्चि बानि नै हुने भो उर्मिला चियाको पनि । अनि प्रश्न पनि छुटाईन भने अब मैले के सम्झु त उर्मिला?

तपाई के के सम्झिनु हुन्छ मलाई के था र तर के को बारेमा के सम्झु भन्नु भएको नि? मैले बुझिन । उ अनबिज्ञ भैइ । हुनत उ बिज्ञ हुनलाई मैले कुरो खुलाएको पनि के थिएर बर बिज्ञ होस ।

मैले बुज्ने गरेरै भने म तिमिलाई माया गर्छु जस्तो लाग्छ उर्मिला । सायद तिमिले पनि मेरा

हर व्यवहारलाई क्यर गरेको भए थाहा होला या महशुस गरेकि हौलि कि म तिमि सँग नजिक हुन बाहाना खाजिरहेको हुन्छु । त्यसैले थाहा छैन उर्मिला तिम्रो मनमा के छ? तिमि मेरो बारेमा के सौच्छ्यो तर म तिमि प्रति आशक्त भैसकेको छु , यि दुई दिनमै । त्यसैल यदि तिम्रो मनमा पनि म प्रति यस्तो किसिमको धारणा भए निशङकोच भन्न सक्छौ । म केहि भाबुक हुदै भने ।

उ ठिकठाक म सँग सिधा हेर्न नसक्ने भैसकेकि रहिछ । दाँया हातका नङमा बाँया हातका नङहरु कोट्यादै निह्रिएर उभिरहेकि थिई ।

केहि बोलिन बस नङ कोट्याईरहि एक छिन सम्म ।

केहि बेरमा मेरो प्रश्नको जवाफ नदिई केहि समाहलिदै सोधि, साच्चि हिजो तपाईले एउटा कुरा भन्नु छ भन्नु भएको थियो भन्नुन । यसरि भनि मानौ मैले उसलाई भरखर केहि सोधेकै थिईन । उसले मलाई जवाफ दिन जरुरि मानिन या उ सँग जवाफ नै थिएन तर उसले मलाई जवाफ नै नदिई उल्टै प्रश्न गरि ।

मैले सिधै भने तिम्ले सुन्न खोजेको करा तिमिले सोध्नु भन्दा पहिले नै मैले भनिसके अब आफै बुझ ।

उ छोटकरिमा ए मात्रै भनेर फेरि नजवाफ भै ।

मेरो चियाको कप अलि उता सारेर त्यहि चिया भएको टेबलमा बस्दै भनि, तपाईलाई यसको उत्तर कहिले सम्ममा भन्नु पर्ने?

म मनभरि आशाको भकारि लिदै भने तिम्रो खुशि तर छिटो भए झन राम्रो हुने थियो । कमसेकम ढुक्क त हुने थियो ।

तपाई मलाई साच्चि माया गर्नु हुन्छ नि? यदि माया गर्नु हुन्छ भने यो पनि थाहा होला पाउनु मात्रै पनि माया होईन त्याग पनि माया हो भनेर ।

उ के भनिरहेकि छे छुट्याउनै अप्ठ्यरो भयो । मैले भने तिमि के भन्न खोजिरहेकि छौ प्रष्ट भनन् । म माया गर्छु भन्नलाई कत्रो आँट गर्न पर्यो उ शुरुमै त्यागका कुरा गर्छे । कता कता चिसो पस्यो मनमा ।

हो मनु, तपाई राम्रो हुनुहुन्छ । लेखाई पनि उत्तिकै राम्रो छ । सबभन्दा मलाई तपाईको स्टाटसनै मन पर्छ पहिले पनि भनिसकेकि छु । अनि मलाई माया पनि गर्नु हुन्छ सायद तर तपाईको हर बिहानि मेरै हातको चिया बाट शुरुवात होस म यो पुरा गर्न सक्दिन । मेरो मतलब तपाई राम्रो लाग्छ । माया पनि म गर्छु तर बिडम्बना सबै मन परेको चिज नसिबमा कहाँ हुन्छर । मलाई माया गर्नु भएकोमा धन्यबाद अनि मलाई माफ गर्नु म तपाईलाई माया गर्दा गर्दै पनि तपाईको हुन सक्दिन ।

कस्तो अचम्म, माया गर्छु पनि तर तपाईको हुन सक्दिन पनि ।

अब के भन्ने केहि आएन । केहि न केहि कारण त पक्कै छ होला तर पनि नत अब सवाल गर्ने मन भो नत उसको कारण नजानि बस्न सक्ने ।

तै पनि निराश हुदै सोधे कारण भन्न मिल्छ कि?

उ पनि त्यहि हालतमा पछि च्याटमा भन्छु भन्दै कोठा बाट बाहिरिई ।

उ आफु त गई तर मलाई फसाद भो । म पनि उठु, अघि भर्खर सुतेको त्यो पनि हिजो रात देखिको अनिदो मान्छे । हैन सुतम भने पनि अब कसै गरि निन्द्रा पर्नेवाला थिएन । उसले त सजिलै भनि पछि च्याटमा भन्छु भनेर तर मेरा लागि अब उसले भन्नु र नभन्नु केहि माने राख्दैन । आखिर उसले भनेर मैले सुनेर पनि के चै गर्न सक्छुर? तपाईको हुन सक्दिन जो भनेकि छ ।

एक छिनसम्म अनलाईनमा पनि हेरे उसको केहि म्यासेज आएन । उठु या सुतुमै धेरै बेर सम्म रुमालिरहे । यत्तिकैमा जुरुक्क उठेर बाहिर निस्के । धाराको छेवैमा मामा मन्जन गदै हुनुहुन्थ्यो । म पनि सरासर धारामा गई मुख धोईवरि आए । घरका अरु मान्छे पनि सबै ब्यस्त थिए हिजोका सामानहरु ब्यवस्थित गर्नमा । मामासँग बिदा मागे ।

मामाले खाना खाए पछि मात्रै जानुहोला भन्दै हुनुहुन्थ्यो तर मलाई अब पटक्कै बस्न मन भएन । बिदेशबाट साथिको सामान ल्याएको थिए त्यहि लिन घरमा मान्छे आएको झुटो बाहाना बनाए । उर्मिला पनि सायद केहि भन्न खोजिरहेकि थिई तर म उसको आँखाको भावलाई बुजेर पनि अन्जान बन्न बिबश थिए । अझ भनौ अब बुजेर पनि के गरु । बढिमा बढि खाना खाएर जानुहोला भनेकि होलि तर अब खाना पनि त रुच्नेवाला थिएन ।

साच्चि मान्छेलाई यो मायाले पनि के के बनाउछ झन त यो एकोहोरो मायाले । उतिबेला सगरमा चडाएर उतिनै बेला पछार्ने संसारको सबै भन्दा तेज गतिको केहि यान छ भने त्यो माया नै होला । मनमा आदरणिय पारिजात दिदिको एउटा गजलको शेर याद आयो मनमनै बाचन गर्दै मामा घरबाट बिदा भए ।

जीवन सँग लड्दा लड्दै थाक्न थालेको छु ।

त्यसैले आजकल अलि अलि चाख्न थालेको छु ।

हुन पनि मान्छे प्राय सराबि यहि मयााकै कारणले हुन्छन जस्तो लाग्छ । भुल्न सजिलो हुन्छ कि भन्ने झिनो अभिप्रायका साथ ।

कर्तनिया बजारमा पुगेसि मलाई पनि कता कता सराबकै झल्को लाग्यो । अस्ति रामुले कर गरेर खुवाएको चिजमा आज आफै मन लोभिरहेको छ । बिहानै पसे मेंखानामा । शुरुमा चुरोट सल्काए । दुई तिन पप ताने पछि एक प्याक अडर गरेर मोबाईलको डाटा अन गरेर एउटा म्यासेज टाईप गरे ।

उर्मिला, साच्चि के कारण होला त्यस्तो जुन माया गरेर पनि अपनाउन नसक्ने । मलाई लाग्छ सायद जे भए पनि जटिल नै होला । यदि मलाई भन्न मिल्ने र मैले केहि गरेर तिमिलाई त्यो कारणबाट छुटकारा दिलाई हाम्रो मायाको बेग्लै संसार बनाउन म योग्य छु जस्तो लाग्छ भने एक छिन पनि ढिलो नगरि मलाई म्यासेज गर्नु । मलाई लाग्छ समाधान बिनाको समस्या पनि हुन्न होला बाँकि तिम्रो चाहाना हुनु प¥यो । म तिम्रो म्यासेजको प्रतिक्षामा छु ।

यति टाईप गरुन्जेल मेरो अडरको सोमरस टेबलमा टक्रिसकेको थियो । म्यासेज सेन्ड गरि प्याक लिए । खालि पेट भएकोले होला प्याकले गतिलै असर ग¥यो । हिडे त्यहाँ बाट । घर पुगन्जेल बेला बेला गोजिबाट मोबाईल निकाल्दै हेर्दै गरे अहँ उसको नामको म्यासेज आएको थिएन अरु म्यासेजमा ध्यान गएन ।

खाना खाने बेलामा घर पुगे । मम्मिले खान बोलाउदै हुनुहुन्थ्यो म मन्जन गरेर आउछु भने । यसै पनि टाउको भारि भएको थियो । अरु बेला हुदो हो त मन्जन गर्ने कष्ट कस्ले गर्दो हो फेरि घरमा हुदा केहि दिन सम्म मन्जन नगरेको अनुभब पनि म सँग थियो तर आज मुखको वास्नाले मेंखानाको पोल खोल्देलाकि भन्ने डरले मन्जन गरेर खाना खाए ।

त्यस पछि सिधै कोठामा गएर सुते । एक झल्को मोबाईल तिर पनि लगाए तर उसको रिप्लाई थिएन ।

आज तिन महिना पुगेछ उसै गरि उसको म्यासेजको प्रतिक्षा गरेको । बेला बेला अनलाईनमा देख्छु उसलाई । मेरा फोटोहरु र स्टाटसहरुमा लाईक कमेन्टको कमि हुन पनि दिन्न उ तर म्यासेजको रिप्लाई भने टाईप गर्ने कष्ट गरेकि छैन ।

सायद उ म्यासज गर्न जरुरि ठान्दिन

या मलाई उसको समस्या भन्न उपयुक्त मान्दिन

जे होस, रिप्लाई गर्दिन ।

मैले पनि आज सम्म फेरि अर्को म्यासेज लेख्ने हिम्मत गरेको छैन उसको यो मौनताले गर्दा । प्यार कर्ना तो डर्ना क्या । सायद उ प्यार गर्दिन त्यसैले डराईरहेकि छ । बस यति भनेर मनलाई सान्त्वना दिदैछु ।

आजकलका बिहानहरु उसको हातको त हैन तर चिया पिएर नै शरु हुन्छन । पहिला चुरोटको मात्रै लति थिए अब यो चिया पनि थपिएको छ । प्राय चोक तिर निस्किदा पनि चिया पिउनमै बढि ध्यान जान्छ । यसका दुई वटा कारण छन, या उसको याद आउदा चियाको तलतल लाग्छ या चिया पिउदा उसलाई सम्झिरहेको हुन्छु , बस एकनाश सम्झिरहेको हुन्छु ।

(समाप्त)

 

 

 

Facebook Comments

You may be interested

मोनिका ! ओ माई डार्लिंग ।
कला/साहित्य
0 shares3 views
कला/साहित्य
0 shares3 views

मोनिका ! ओ माई डार्लिंग ।

himal post - २०७४, २९ मंसिर १७:३१

दीपक घिमिरे जेबल अलि रोडबाट म चढेको बस अबुधाबी तर्फ गुड्यो । बसको रफ्तार सँगै मेरो मनको रफ्तार पनि हुईकियो…

बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन सफल भयौ : नेता नेपाल
अन्तर्वार्ता
0 shares10 views
अन्तर्वार्ता
0 shares10 views

बाम गठबन्धनले जनताको मन जितेको हुनाले कांग्रेसलाई हराउन सफल भयौ : नेता नेपाल

himal post - २०७४, २९ मंसिर १४:०५

भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट संघिय प्रतिनिधी सभामा निर्वाचित सांसद तथा नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री…

आरजुको रवाफले कांग्रेसको सपना उडायो हुरीले
समाचार
0 shares4 views
समाचार
0 shares4 views

आरजुको रवाफले कांग्रेसको सपना उडायो हुरीले

himal post - २०७४, २९ मंसिर १३:४४

काठमाडौं । नेपाली कांग्रेसले देशव्यापी रुपमा लज्जास्पद हारमात्रै व्यहोरेन सरकारबाट बाहिरै बस्नुपर्ने अवस्था पनि सिर्जना भएको छ । कांग्रेस अब…