ह्वाइट हाउसका गतिविधि चुहिनु र रिपब्लिकन सिनेटरका विरुद्ध प्रदर्शन हुनु ओबामाको हात :ट्रम्प - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

ह्वाइट हाउसका गतिविधि चुहिनु र रिपब्लिकन सिनेटरका विरुद्ध प्रदर्शन हुनु ओबामाको हात :ट्रम्प



वासिङ्टन, फागुन १८ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका गतिविधि चुहिनु र रिपब्लिकन सिनेटरका विरुद्ध प्रदर्शन हुनुका पछाडी निवर्तमान राष्ट्रपति बाराक ओबामाको हात रहेको आरोप लागाएको बिबिसीले जनाएको छ ।

फक्स न्यूजको एक कार्यक्रममा पत्रकारले ट्रम्प प्रशासनका गतिविधि लिक हुनुमा ओबामाको हात छ ? भनेर सोधेको प्रश्नमा ट्रम्पले ओबामाको हात रहेको हुन सक्ने बताएका थिए ।

गत महिना पनि ट्रम्पले आफू र अस्ट्रेलियाका प्रधानमन्त्री तथा मेक्सिकोका राष्ट्रपतिबीचको टेलिफोन कुराकानी सार्वजनिक हुनुमा ओबामाका मानिसहरुको हात भएको फक्स न्यूजमै बताएका थिए ।

यो खबर आजको नागरिकमा छ ।