लाइसेन्सको लागि अब आफ्नै सवारीले ट्रायल दिन पाउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लाइसेन्सको लागि अब आफ्नै सवारीले ट्रायल दिन पाउने



 

भदौ ३, काठमाडौं ।
काठमाडौं । काठमाडौंका दीपक पराजुलीले सवारीसाधन चलाउनका लागि अनुमतिपत्र लिन कानूनबमोजिम बाहेक कुनै पनि शुल्क तिर्नु नपरोस् भनेर सर्वोच्च अदालतमा रीट निवेदन दायर गरे । सर्वोच्च अदालतले पनि अन्तरिम आदेश दिँदै भन्यो, ‘नियमावलीमा भएको ५ सय रुपैयाँदेखि कुनै पनि रकम नलिनू ।’

यसैगरी, सर्वोच्चले अब परीक्षार्थीले आफ्नै सवारीसाधनले प्रयोगात्मक परीक्षा दिन पाउने गरी बाटो खोलिदिएको छ । शुक्रवार मात्र सर्वोच्चले एक कम्पनीले उपलब्ध गराएको सवारीसाधनले मात्र प्रयोगात्मक परीक्षा दिन पाउने गरी गरिएको व्यवस्थालाई अन्तरिम आदेशबाट कार्यान्वयन नगर्न भनेको छ । यसबाट अब सवारीचालक अनुमतिपत्र लिन चाहने जोसुकैले पनि आफ्नै सवारीसाधनबाट प्रयोगात्मक परीक्षा दिन पाउने भएका छन् ।

झण्डै ४ वर्षअघि यातायात व्यवस्था विभाग र भेहिकल सलुसन प्रालिबीच ट्रायल परीक्षा दिन चाहने परीक्षार्थीहरूलाई सवारीसाधन उपलब्ध गराउने गरी सम्झौता भएको थियो । सो सम्झौतापछि परीक्षार्थीले आफ्नै सवारीसाधनबाट परीक्षा दिन पाउने गरी भएको व्यवस्थालाई रोक लगाइएको थियो ।
खबर आर्थिक अभियानमा छ