उपत्यकामा ट्राफिक बत्ती नबल्ने पुरानै रोग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

उपत्यकामा ट्राफिक बत्ती नबल्ने पुरानै रोग



काठमाडौं-

संसदको विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ति जडान कार्य अघि बढाउन निर्देशन दियो ।

तत्कालीन गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्रै काठमाडौंका दुई सय स्थानमा सडक बत्ती जडान गर्न मातहतका निकायलाई निर्देशन दिए ।

अघिल्लो साता मन्त्रीपरिषद कार्यालयका सचिव महेन्द्रमान गुरुङले सडक विभाग, ट्राफिक प्रहरी निर्देशनालय, ट्राफिक प्रहरी महाशाखा र काठमाडौं उपत्यका विकास प्राधिकरण लगायत निकाय प्रमुखलाई बोलाएर एक महिनाभित्रै थन्किएका ट्राफिक बत्तीलाई मर्मत गर्न निर्देशन दिए ।

सरकारी निकायले पटक पटक दिएका निर्देशनमध्ये केही उदहारण हुन् यी । हिमाल लम्सालले आजको नागरिक(काष्ठमण्डप)मा लेखेका छन् ।

सरकारी निर्देशनलाई बेवास्ता गर्दै मर्मत सम्भारको जिम्मा पाएको निकायले भने हालसम्म ट्राफिक बत्ती मर्मतमा चासो दिएका छैनन् ।