टोटनह्यामलाई महत्वपूर्ण जित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

टोटनह्यामलाई महत्वपूर्ण जित



टोटनह्याम आउँदो सिजन च्याम्पियन्स लिग फुटबलका लागि छनौट हुने सम्भावना बलियो बनेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा वाट्फोर्डमाथि २-० को जित दर्ता गर्दै टोटनह्यामले लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगका लागि स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन डेल अली र ह्यारी केनले गोल गरे । अलीले १६ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा १-० को अग्रता दिलाए । दोस्रो हाफको सुरुमा नै केनले गोल गरेपछि टोटनह्यामले २-० को जित निश्चित गरेको हो ।

महत्वपूर्ण जितपछि प्रशिक्षक माउरिसिओ पोकेटिनोले आफ्ना खेलाडीको प्रशंसा गरेका छन् । जित्नै पर्ने खेल जितेकोमा आफू निकै खुशी रहेको उनले बताए । खेलाडीको प्रदर्शन उत्कृष्ट नभएको हुन सके पनि महत्वपूर्ण तीन अंक जोड्नु ठूलो कुरा रहेको प्रशिक्षक पोकेटिनोको भनाई छ ।

जितपछि चौथो स्थानको टोटनह्यामको लिगका तीन खेल बाँकी हुँदा ७१ अंक भएको छ । तेस्रो स्थानको लिभरपुलको ७२ अंक छ भने पाँचौँ स्थानको चेल्सीको ६६ अंक रहेको छ ।