टोपबहादुर बिरुद्द आफ्नै सहकर्मी चन्द्र खड्का बागी उम्मेदवार - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

टोपबहादुर बिरुद्द आफ्नै सहकर्मी चन्द्र खड्का बागी उम्मेदवार



अर्घाखाँची-

 

माओवादी केन्द्रका सचिवालय सदस्य टोप बहादुर रायमाझी विरुद्ध केन्द्रिय सचिवालय सदस्य चन्द्र बहादुर खड्का (उज्वल) ले प्रतिनिधी सभामा उम्मेदवारी दिने भएपछी अर्घाखाँचीको चुनावी माहोलमा नयाँ ट्वीस्ट उत्पन्न भएको छ ।

टोपबहादुर रायमाझीले र पार्टीले आफुलाई सधै आस्वासन मात्र दिएको तर, टिकट दिने क्रममा सधै हेपेको उनको केहि समय अगाडिदेखिको गुनासो रहदै आएको छ ।

खड्काले आफु माथी स्थायी रुपमा रायमाझीले अन्याय गरेकाले रायमाझीको विरुद्ध उम्मेदवारी दिन लागेको बताएका छन् ।  खड्काले बामगठन्धनका विरुद्ध भने उम्मेदवारी नभएको स्पष्ट पारेका छन् ।

१० वर्ष अर्घाखाँचीमै रहेर माओवादी केन्द्रको जिल्ला इन्चार्जको रुपमा काम गरेका खड्का अर्घाखाँचीमा प्रभावशाली नेताका रुपमा चिनिन्छन ।

प्रदेशसभाका लागि अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रले निर्विरोध रुपमा खड्काको मात्र नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको थियो । वर्षौ देखी स्थायी रुपमा रायमाझी आफु माथी अन्याय गरेकाले यसपटक न्यायको लागी उम्मेदवार दिएको खड्काले जानाकारी दिए ।

खड्काको उम्मेद्वारीले अर्घाखाँचीको राजनीतिक वृतमा खैलाबैला मच्चिएको छ । एक माओवादी नेताका अनुसार खड्कालाई मनाउने कार्य जारी रहेको बताएका छन् ।

यदि सहमति बन्न नसकेको खण्डमा अर्घाखाँचीको चुनाबी परिणाम वाम गठबन्धनको पक्षमा नआउने निश्चित छ ।