तिनाउ पुलमा आज र भोलि राति गाडी चल्न नपाउने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तिनाउ पुलमा आज र भोलि राति गाडी चल्न नपाउने



अाचार्य प्रदिप
बुटवल । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको तिनाउ पुलमा दुई दिन रातिमा गाडी चलाउन नपाइने भएको छ ।

सडक विभाग अन्तर्गतको पुल योजना सेन्टर नम्बर ४ पाल्पाका अनुसार तिनाउ पुलको पश्चिममा रहेको ड्राई नाला पुल मर्मत गर्नुपर्ने भएकाले बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन ठप्प हुने भएको हो ।

राति १० बजेअघि र बिहान ४ बजेपछि पुलमा आवागमन गर्न दिइने आयोजनाले जनाएको छ ।

ड्राई नालाको पुलमा रहेको बेरिङ फेर्नुपर्ने भएकाले मर्मत गर्न लागीएको पुल योजनाका इन्जिनियर भीमार्जुन कँडेलले बताए । तिनाउ पुल पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण पुल हो ।