विश्वकप: आज हुने तिन प्रतिस्पर्धा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विश्वकप: आज हुने तिन प्रतिस्पर्धा



काठमाडौं । रुसमा जारी विश्वकपमा आज तीन खेल हुदैँ छ । इटालीलाई प्लेअफमा हराएर रुसमा उत्रिएको स्वीडेनलाई दक्षिण कोरियाको चुनौती छ भने बेल्जियम नवप्रवेशी पनामासंग खेल्दा इंग्ल्याण्डले ट्युनिसियाको टक्करको सामना गर्दै छ ।

स्वीडेन भर्सेस साउथ कोरिया

सन् १९५८ मा उपविजेता बनेको स्वीडेन यो पटक विश्वकपसम्म आइपुग्दा निकै चर्चा पाईसकेको छ । चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदै स्वीडेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो । ११ पटक विश्वकप खेलेको स्वीडेनले १९५८ को विश्वकप फाइनलमा ब्राजिलसँग पराजित भएको छ । अहिलेसम्म तीन पटक सेमिफाइनलमा पराजित भएको स्वीडेन यो पटक उत्कृष्ट गर्ने दाउमा छ । सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाको यो १० औँ विश्वकप सहभागिता हो । सन् २००२ मा जापान र कोरियामै विश्वकप आयोजना हुँदा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो । सन् २०१० मा भने दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो । यसपटक दक्षिण कोरिया नक आउट सम्म पुग्ने टार्गेट छ । यी दुईको खेल नेपाली समय अनुसार पौने ६ बजे निज्ने नोभगोरोड स्टेडियममा हुनेछ ।

वेल्जियम भर्सेस पानामा

फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमको यो १३ औँ विश्वकप हो । सन् १९३० बाट विश्वकप खेल्न थालेको बेल्जियम सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको थियो । यो समूहको बलियो टोली बेल्जियम हो । ब्राजिल विश्वकपमा बेल्जियम क्वाटरफाइनलमा अजेन्टिनासँग १–० ले पराजित भएको थियो । विश्वकपमा छनोट भएपछि एक दिन राष्ट्रिय बिदा नै मनाइएको मानामा यो विश्वकपको नयाँ टिम हो । सानो देश पानामा फिफा वरियतामा ५५ औँ स्थानमा छ । अन्तिम क्वालिफायरमा कोस्टारिकालाई हराएपछि पानामाले विश्वकपमा स्थान बनायो । विश्वकपसम्म आइपुग्न पानामाका लागि हर्षको विषय भए पनि पानामा समुह चरण भन्दा माथि उठ्ने लक्ष्य राखेको छ । यी दुईको खेल फिस्ट ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार पौने नौ बजे हुनेछ ।

टुनिसिया भर्सेस ईग्ल्याण्ड

१२ वर्षपछि विश्वकपमा फर्किएको ट्युनिसिया यसअघि विश्वकपको ईतिहासमा समूह चरणबाट माथि जान सकेको छैन । फिफा वरियतामा १४ औँ स्थानमा रहेको ट्युनिसियाको यो पाँचौ विश्वकप हो । सन् १९७८ मा पहिलो विश्वकप खेलको ट्युनिसियाको यो पटक टिममा युवा खेलाडीको वर्चस्व रहेको छ । सन् १९५० बाट विश्वकप खेल्न थालेको इंग्ल्याण्डले १९६६ को विश्वकप जितेको थियो । इंग्ल्याण्ड मात्रै त्यस्तो टोली हो जसका सबै खेलाडी इंग्ल्याण्डकै लिगमा आबद्ध छन् । इंग्ल्याण्ड ६ पटक क्वाटरफाइनल र १ पटक सेमिफाइनलमा पराजित भएको छ । यो खेल पौने १२ बजे भोल्गोग्राड स्टेडियममा हुनेछ ।