तिलोत्तमामा ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ मंसिर २३ देखि पुस ५ गतेसम्म - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तिलोत्तमामा ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ मंसिर २३ देखि पुस ५ गतेसम्म



बुटवल : तिलोत्तमा व्यापार संघको अायाेजनामा मंसिर २३ देखि पुस ५ गतेसम्म ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ हुने भएको छ । संघले सोमबार मणिग्रामस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी मेलाको तयारीको बारेमा जानकारी दिएको छ ।
‘व्यवसायिक दक्षता अभिबृद्धि र स्वरोजगारः सुद्धढ आर्थिक विकासका निम्ती व्यापार विस्तार’ भन्ने नाराका तिलोत्तमा–५ मणिग्राममा मेला संचालन गरिने जनाइएको छ ।
संघका अध्यक्ष झबिन्द्रप्रसाद कंडेल(जे.पि.) ले तिलोत्तमालाई राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यका साथ संघले पहिलो पटक मेला आयोजना गरेको बताए।
उनले भने, ‘निकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबद्र्धनमा सहयोग पु¥याउने, बैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरण निर्माण मेलामा गरिने छ ।
महोत्सवमा ५ करोड रूपैयाँ बराबरको कारोबार र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएका छन् । मेलामा राष्ट्रिय उत्पादन तथा सेवाहरुको प्रदर्शन, भारत, बंगालदेश, पाकिस्तान तथा चीनका व्यवसायिक स्टलहरु, अटो तथा आईटी प्रदर्शनी, आकर्षक कृषि परिसर रहने अध्यक्ष कंडेलले जानकारी दिए ।
महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता र प्रदेश स्तरीय गायन प्रतियोगिताको आयोजना समेत गरिएको बताइएको छ । संघका प्रथम उपाध्यक्ष बाबुरा भुसालले कृषि, पशुजन्य स्टल तथा मेला अवलोकनका लागि आउनेहरुलाई उपलब्धीमुलक सचेतना गराइने बताए ।
मेलालाई सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरी काम भइरहेको भन्दै क्रेता र विक्रेताबीच प्रत्यक्ष साक्षात्मकार गर्ने व्यवस्था मेलामा मिलाइएको उहाको भनाइको छ । मेलामा ३ सय स्टल रहनेछन् ।
मेला प्रवेशका लागि साधारण तर्फ ५० रुपैयाँ र विद्यार्थी, अपाङगता, जेष्ठ नागरिकहरुका लागि नगद ३० रुपैयाँ कायम गरिने छ । कार्यक्रम प्रथम उपाध्यक्ष बाबुलाल भुषालको स्वागत तथा महासचिव विष्णु बरालको सञ्चालनमा सम्पन्न भएको थियो ।
संघले तिलोत्तमा नगरपालिका तथा रूपन्देही जिल्लाको विकासमा समेत महत्वपुर्ण भुमिका खेल्नुको साथै नगरपालिकासंग आर्थिक विकासका निम्ती सहकार्य तथा सहयोग गर्नमा महत्वपुर्ण भमिका खेल्दै अाएको छ ।

महोत्सवको उद्देश्य:

-यस क्षेत्रमा राष्ट्रिय स्तरको व्यापार केन्द्रको विकास गर्ने ।
– युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्दै शिपमुलक तालिमबाट स्वरोजगारको सृजना गर्ने।
-विभिन्न वस्तु तथा सेवाहरुको एकै स्थलमा प्रर्दशनी गरी ग्राहकसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने।
– निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्र्याउने ।
– वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने ।
– स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवं उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने ।
– स्थानीय उत्पादनमा गुणात्मक सुधारगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने ।
-कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्ने ।
– तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पुर्याउने ।
– देश–विदेशका व्यवसायीहरुसंग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने ।
– उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने ।
– यहाँको लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने ।
– कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने ।
– अत्याधुनिक प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
– बजार अनुसन्धान एवंम नयाँ वस्तु विकासका अवसर सृजना गर्ने ।
– व्यवसायिक चेतना अभिवृद्धि गर्ने ।
– सुचना प्रविधि सम्बन्धि जानकारी गराउने ।
-पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजि गर्ने ।

मेलाका मुख्य आकर्षणहरु यस्ता छन् –

राष्ट्रिय उत्पादन तथा सेवाहरुको प्रदर्शनी– भारत, बंगलादेश, पाकिस्तान तथा चीनका व्यवसायिक स्टलहरु– अटो तथा क्ष्त् प्रदर्शनी – आकर्षक कृषि परिसर – पर्यटन, शिक्षा, कृषि तथा अन्तर्राट्रिय व्यापार गोष्ठि– फोटो प्रदर्शनी – आकर्षक प्रवेश द्धार – वाइ–फाइ तथा सेल्फी स्पट– स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति– विद्यालय स्तरीय नृत्य प्रतियोगिता – प्रदेश स्तरीय गायन प्रतियोगिता– विविध कार्यक्रम – मनोरञ्जनात्मक खेलहरु सहितको बालउद्यान छन् ।