२० औँ तिलोत्तमा गोल्डकप हुँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

२० औँ तिलोत्तमा गोल्डकप हुँदै



आचार्य प्रदीप
बुटवल । पुरानो तथा प्रतिष्ठित मध्ये एक तिलोत्तामा गोल्डकपको २० औँ संस्करण हुने भएको छ । फागुन २४ गते देखि हुने प्रतियोगिता चैत्र ३ गते सकिने छ ।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि तिलोत्तमा गोल्डकप सञ्चालन हुन लागेको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

नेपाल र भारतका गरी कुल १० टोली सहभागी रहने प्रतियोगिताको बिजेताले रु ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहिद गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगिताको द्वितिय पुरस्कार ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ रहेको संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले जानकारी दिए ।
बुटवल ११ देवीनगरस्थित एन्फा टेक्नीकल सेन्टरमा हुने प्रतियोगिको कुल लागत ८६ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगितामा भारतको दुई टिम, भुटानको एक सहित नेपालका १० वटा ए डिभिजनका क्लबहरु सहभागी हुने छन् ।प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल, उत्कृष्ट विधागततर्फ ( डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड, कोच) लाई जनही २१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने आयोजकले जानकारी गराएको छ ।

संघले अघिल्लो संस्करणको पुरस्कार रासि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ बाट बढाएर ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँमा पुराएको जिल्ला फुटबल संघाका उपाध्यक्ष भूपेन्द्र बहादुर क्षेत्री (हरि) ले जानकारी दिए । प्रतियोगितको १९ औँ संस्करणको बिजेता सिएमजी संकटा क्लबले उपाधि सहित ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको थियो भने उपविजेता बनेको त्रिभुवन आर्मी कलबले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँमा मा चित्त बुझाएको थियो ।