टिकापुर नरसंहार : हत्यारालाई माफी दिए जीवनभर यी आँसुले सराप्ने छन् - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

टिकापुर नरसंहार : हत्यारालाई माफी दिए जीवनभर यी आँसुले सराप्ने छन्



 –  काले केटो 

०७२ साल भदौ ७ गते सोमबार टिकापुरमा नरसंहार मच्चाई प्रहरी,वालक सहित निर्दाेष नेपालीलाई मार्ने अपराधीलाई ओली  सरकारले सपथ खुवाएर माफी दिने कुराले सामाजिक संजालमा  हलचल मच्चिएको छ ।

 उक्त  आन्दोलको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र दुई वर्षीय एक बालकको आन्दोलनकारीहरुले निर्ममतापूर्वक हत्या गरेको थियो । त्यस्तै सोही क्रममा नेपाल प्रहरीका इन्सपेक्टरहरु बलराम बिष्ट र केशव बोहोरालाई समेत उनीहरुले मारेका थिए । त्यस्तै नेपाल प्रहरीकै २ जना जवानहरु लक्ष्मण खड्का र लोकेन्द्र चन्द पनि मारिए । त्यसैगरी सशस्त्र प्रहरीका हवल्दारहरु रामबिहारी चौधरी र ललित साउदको पनि हत्या गरियो । सो घटनामा ८ जनाको ज्यान गयो भने ४२ भन्दा बढी प्रहरी घाइते भएको थिए । सशस्त्र प्रहरीका हवल्दार रामबिहारी चौधरीलाई जिउँदै जलाइएको थियो, एसएसपी न्यौपानेलाई अंगभंग गरी मारिएको थियो भने २ इन्सपेक्टरहरुको घाँटी रेटिएको थियो । तत्कालै नेपाल सरकार वादी भएको मुद्दा अदालतमा पेश गरिएको थियो, जुन अहिलेसम्म विचाराधीन नै छ ।

तर अदालतमा विचराधीन मुद्धा चल्दै गर्दा सरकारले भने त्यस्ता अपराधीहरु उपर मुद्धा फिर्ता लिने निर्णय गरी कानुनी राज्यको खिल्ली उडाउदै नआएको हैन  ।उल्टो तिनैलाई करोडौ क्षतिपुर्ती पाउने भएपछि नेपालमा न्यायको अवस्था के छ जो कोहीले सहजै अनुमान लगाउन सक्छ ।

उपचारका लागि एम्बुलेन्समा राखिएको प्रहरीका एसएसपी लक्ष्यमण न्यौपानेलाई एम्बुलेन्सबाटै थुतेर भाला र चुप्पी रोपेर हत्या गर्ने अपराधीलाई उन्मुक्ति दिन प्रधानमन्त्री प्रचण्ड पनि प्रचण्ड सरकार  नै हिजोको दिनमा  सक्रिय रहेको थियो ।

उता  प्रचण्ड सरकारको बेला बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ– ‘मधेस आन्दोलन र थरुहट आन्दोलनलाई सामाजिक आन्दोलन मान्ने र त्यसमा लगाइएका मुद्दा फिर्ता लिने । तत् सम्बन्धी कानुन बनाउन कानुन तथा न्याय मन्त्रालयलाई आवश्यक निर्देशन दिने ।’

टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरी हुन । उनीसँग प्रचण्ड प्रधानमन्त्री हुदाँ   दिल्ली भ्रमणको क्रममा पटक पटक भेट गरेका थिए । खासमा प्रचण्ड पहिला  नै यो मुद्धा फिर्ता लिन चाहन्थे तर उनका लागि सबैभन्दा उपयुक्त मौका जुर्यो आफ्नो सरकारको बेला  ।

अहिले नेपालमा बाम गठबन्धनको सरकार छ ।  सरासर हेर्ने हो भने प्रचण्ड ओली सरकार भन्दा फरक नपर्ला ।  टीकापुर घटनाका मुख्य आरोपी  चौधरीले आफुलाई आत्मसमर्पण गरी जेल भित्रै अनसन बसे । खासमा चौधरीले यो उपयुक्त समय ठानेर हिजोका दिनमा पटक पटक प्रचण्ड संगको भेट र आज राज्यकै संरक्षणमा हुनाले यो कदम उठाए नत्र देउवा सरकार हुदाँ किन आत्म समर्पण गरेनन् त ?

अर्को कुरा जब चौधरीको अनसन  तोड्दा गृहमन्त्री बादलले जुस पिलाएर अनसन तोडाउदा  नेपाली जनताले के बुज्ने ? अपराधीको बिल्ला भिरेको मान्छेलाई गृहमन्त्री स्वयंले यसो गर्न सुहाउथ्यो त ? येसो सरासर हेर्ने हो भने राज्यले नै अपराधीको संरक्षण गरेको छ । 

नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र दुई वर्षीय एक बालकको आत्माले सरकार र सरकार प्रमुखलाइ सराप्ने छन् ।