टीकापुर जेसीजद्वारा थापा परिवारलाई सहयोग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

टीकापुर जेसीजद्वारा थापा परिवारलाई सहयोग



लोकेन्द्र रावल/टीकापुर: टीकापुर जेसीजले टीकापुरको होली जात्रामा मृत्यु भएका कर्ण थापाको परिवारलाई सोमबार १ लाख ५० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सहयोग रकम मृतक थापाकी श्रीमती राधा थापालाई टीकापुर जेसीज २०१८ का अध्यक्ष लालकेश जैशी, नेपाल जेसीज २०१८ का राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी र टीकापुर जेसीजका पूर्व अध्यक्ष प्रकाश शाहले संयुक्त रूपमा रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण पछि टीकापुर जेसीज २०१८ का अध्यक्ष जैशीले घटनाको खेद प्रकट गर्दै उहाँले सहयोग रकमबाट पीडित परिवारलाई केही राहात होस् र भोलिका दिनमा यो रकम आय आर्जन मूलक काममा प्रयोग होस् भन्नुभयो ।

उहाँले समाजमा देखिएको व्यतिथी र युवाहरूमा पछिल्लो समय देखिएको लागु औषध प्रयोग ठुलो समस्या हुँदै गएको बताउनुभयो । ‘समाज कस्तो बनाउने भन्ने बारेमा सबै सचेत हुनुपर्छ । युवाहरू अझ बढी सचेत हुनुपर्छ ,’ जैशीले भन्नुभयो ,‘लागु औषध र अन्य अपराध नियन्त्रणमा समाज नै अघि बढ्न जरुरी छ भने अभिभावक सचेत हुन जरुरी छ । ’जैशीले कोरियामा रहेर सहयोग गर्नेहरुलाई जेसीजको तर्फबाट धन्यवाद दिनुभयो ।

उक्त रकम टीकापुर जेसीजको पहलमा रोजगारीको सिलसिलामा कोरियामा रहेका टीकापुर नगरपालि का सितापुर निवासी श्री विशाल शाहको नेतृत्वमा ५४ जना बाट .१ लाख ३९ हजार ५ सय र टीकापुर जेसीजबाट ११ हजार रुपैयाँ सङ्कलन गरिएको हो ।

उता टीकापुर ६ का सन्तोष खड्काले स्वर्गीय थापाका परिवारलाई राहत होस् भनेर आर्थिक सङ्कलन थालेको बताउनुभएको छ । ‘एकै दिन २० हजार रुपैयाँ सङ्कलन भएको छ । पीडित परिवारलाई राहत होस् भनेर देश विदेशमा

बस्ने नेपालीहरू सँग सहयोग जुटाई रहेको छु ।’ खड्काले भन्नुभयो । यतिखेर स्वर्गीय थापाका परिवारलाई सहयोग जुट्न थालेपछि युवाहरू ले समाजमा सकारात्मक काम गरिरहेको स्थानीयको भनाई छ ।