प्रधानमन्त्रीले विज्ञ समूह राखेर काम गर्ने तयारी ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्रीले विज्ञ समूह राखेर काम गर्ने तयारी !



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायित्व र समृद्धि प्राप्तिको लागी प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्वतन्त्र विज्ञ समूह अर्थात ‘थिङ्क ट्याङ्क’  गठनको तयारी गरेका छन् ।

यो समूह प्रधानमन्त्री कार्यालय मातहत हुने र त्यसले प्रधानमन्त्रीलाई नीतिगत विषयमा सुझाव दिनेछ । नेपालको भूराजनीतिलाई समेत ध्यानमा राख्दै ’थिङ्क ट्याङ्क’ निर्माण गर्न लागिएको छ ।

प्रधानमन्त्री ओलीले यसका लागि बिहीवार विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले विगतका परराष्ट्र सल्लाहकार काँग्रेस नेता गगन थापासँग उनले पराजय भोगेका राजन भट्टराईलाई उक्त संयन्त्र गठनको गृहकार्य अघि बढाउन परिचालन गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसदबाट नै कानून पारित गराएर दीर्घकालीन रूपमा प्रधानमन्त्री कार्यालयमा ’थिङ्क ट्याङ्क’ राख्ने तयारी गरेका हुन् । ओली आफु प्रधानमन्त्री भएपछि विज्ञ समूह राखेर सरकारका काम कारबाही अगाडि बढाउने बताएका थिए ।

प्रधानमन्त्रीले विहिवार कानून, अर्थ, सुरक्षा, कुटनीति, विकास योजना, शिक्षा लगायतका क्षेत्रमा लामो अनुभव रहेका केही विज्ञसँग छलफल गरेका थिए ।