सिन्डिकेटपछि ठेकेदारलाई जेल हाल्दै गृहमन्त्री बादल ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सिन्डिकेटपछि ठेकेदारलाई जेल हाल्दै गृहमन्त्री बादल !



काठमाडौँ । सडक निर्माणमा समयमा काम नसक्ने र कमसल काम गर्ने ठेकेदारलाई गृहमन्त्री रामबहादुर थापा बादलले जेल हाल्न निर्देशन दिएका छन् । उनले सम्बन्धित सबै निकायलाई बैठक बोलाएर यस्ता ठेकेदारहरुको सूची बनाउन पनि निर्देशन दिएका छ्न ।

सडक तथा ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि बादलले यस्तो निर्देशन दिएका हुन् । सडक दुर्घटना र ट्राफिक जाम व्यवस्थापन तथा धुलो, धुवाँ हटाउने विषय सुस्ताएको बेला गृहमन्त्री थापाले यास्तो तयारी थालेका हुन् ।

ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिने र अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने जेल हाल्ने उनको तयारी छ ।