हातेमालोको वार्षिक स्मारिका 'दि भ्वाईस अफ एभरेष्ट' लोकार्पण ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हातेमालोको वार्षिक स्मारिका ‘दि भ्वाईस अफ एभरेष्ट’ लोकार्पण !



नयाँ दिल्ली /लक्ष्मीनगर 

हातेमालो नेपाली विद्यार्थी समूहले वार्षिक स्मारिका “दि भ्वाईस अफ एभरेष्ट” अङ्क १६  आइतबार नयाँ दिल्लीको लक्ष्मीनगरमा  एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

स्मारिकामा हातेमालोका सदस्यहरू तथा शुभचिन्तकहरूको पेशागत, आर्थिक, स्वाथ्य, प्रेरणादायक, सन्देशमुलक तथा साहित्यिक लेख रचनाहरू समेटी एक उत्कृष्ट स्मारिका एवम् ९ अाैँ कार्यकालको गहनाका रूपमा प्रकाशन गरिएको  हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि NIRC का उपाध्यक्ष हान्स राज, विशिष्ट अतिथिहरू ग्लोबल अाईएमई बेेैङ्क भारत शाखा प्रमुख ज्वाला शर्मा,  एभ्रेष्ट चेम्बर अफ कमर्स सचिव डा.मोहन कार्की,नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे ,भारत नेपाल मैत्री बस सेवाका कृष्ण राज गैरे  साथै भारतमा रहेका विभिन्न नेपाली संघसंथाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत  संथाकी सहसचिव समृद्धि ढकालले गरेकी थिईन भने स्मारिका संयोजक सूर्य हमालले स्मारिका बनाउँदाका क्षणहरू सम्झँदै सबै सहयोगी साथहरूलाई धन्यवाद व्यक्त गर्दै पुस्तकमा कुनै कमीकमजोरी भए अाैंल्याई दिईअनुरोध गरेका थिए ।

त्यस्तै स्माररिकाकाे बारेमा बोल्दै पूर्व उपाध्यक्ष जगदिश्वर थापाले हातेमालोका पुराना अङ्कका बारेेमा अनुभव वर्णन गर्दै नयाँ कार्यकालका सम्पूर्ण सदस्यहरूलाई विशेष धन्यवाद दिए ।

कार्यक्रममा कविता, गजल र मुक्तक वाचनका साथै हास्य ब्यङ्गय प्रस्तुति पनि रहेको थियो। खेलकुदका विजेताहरू, हातेमालो क्वुईज तथा अनलाइन क्वुईजका विजेताहरूलाई प्रमुख अतिथि तथा कार्यक्रम सभापति संस्थाकी अध्यक्ष अायुस्मा अर्यालले खादा, प्रमाणपत्र, ट्रफिद्वारा  सम्मान गरेकी थिईन ।

मुख्य प्रायोजकका रूपमा रहेको ग्लोबल अाईएमई बेेैङ्क भारत शाखा प्रमुख  शर्माले अाडिबिअाई बेेैङ्कको सहकार्यमा भारतमा रहने नेपालीका लागि विना आधार कार्ड सरल र सहज तरिका मार्फत बेेैङ्कखाता खोलिदिने जानाकारी गराए ।

कार्यक्रमको संचालन  संथाका कार्यकारी सदस्यहरू कविता भट्टर र भरत रावतलेगरेका थिए ।