‘दि कर्मा’ मा नायिकाद्वय नीता र परमिता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘दि कर्मा’ मा नायिकाद्वय नीता र परमिता



अभिनेत्री नीता ढुंगाना र परमिता आर एल राणा एउटै फिल्म देखिने भएका छन् । उनीहरुलाई लिएर फिल्म ‘दि कर्मा’को छायांकन सकिएको छ । यो फिल्मको अहिले पोष्ट प्रोडक्शन भैरहेको छ ।

देवकुमार श्रेष्ठको निर्देशनमा यो फिल्म बनेको हो । फिल्मलाई भदौबाट रिलिज हुने निर्माता जय राजले बताएका छन् । यो फिल्मको घोषणा कार्यक्रममा मोडल क्षितिजा शाक्यको मुख्य भूमिका रहने बताइएको थियो । तर, पछि फिल्मका निर्माता र क्षितिजाविच लफडा भएपछि उनी फिल्मबाट बाहिरिएकी थिइन् । फिल्ममा भारतका मोडल करण बर्माको मुख्य भूमिका छ ।

चलचित्र द कर्मा मा बुद्दि तामाङ पनि मुख्य भूमिकामा छन् । फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् । फिल्मको ट्रेलर आएपछि मात्र कलाकारको भूमिकाको बारेमा खुल्ने निर्माता तथा फिल्मका लेखक जयले बताएका छन् ।