भाले भाले जुधिरहेको बेला पुर्णकला आए पछि बबाल मच्चियो (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भाले भाले जुधिरहेको बेला पुर्णकला आए पछि बबाल मच्चियो (भिडियो सहित)



समिर प्रकाश पाण्डे

पछिल्लो समय दोकदोहोरीमा फरक खालका एक पछि अर्को आउने क्रम चलिरहेको छ । यसै क्रममा तेजेन मल्ल र शङ्कर शर्माको नयाँ रोईला गीत भाले जुधाई पनि सार्वजनिक भएको छ ।

गाँउ घरमा बोलीने टिपिकल भाषालाई विषय बस्तु बनाई गीत तयार पार्न माहिर मानिने सर्जक तथा गायक तेजश रेग्मीले भाले जुधाईमा पनि आफ्नो पनलाई छोडेका छैनन् ।केटा, केटा र केटा, केटी बिच रहेको रमाइलो दोहोरीमा साथीभाई सँगका रमाइलो कुरालाई विषय बस्तु बनाइएको छ ।

तेजश रेग्मी,तेजेन मल्ल र पुर्णकला वि.सीले आवाज दिएको सो गीतमा लय र शब्द तेजश रेग्मीको रहेको छ ।तेजेन मल्ल र शङ्कर शर्माको संयुक्त प्रस्तुति रहेको सो गीत कामना डिजिटलले बजार व्यवस्थापन गरेको छ ।अो.बि रायमाझी, दिपक पौडेल, कशिस दहाल र मस्कान गोर्खालीको अभिनय रहेको गीतको भिडियो सरोज रोशन भट्टराईको निर्देशन करण चैसिर को छयांकनमा रहेको भिडियोलाई सुजन शाहिले सम्पादन गरेका छन ।