टेलिकमले दसैंको अवसरमा दियो छुटैछुट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टेलिकमले दसैंको अवसरमा दियो छुटैछुट



काठमाडौं ।

नेपाल टेलिकमले दशैको उपलक्ष्यामा निःशुल्क फोरजी सिम परिवर्तन देखि  १ सय रुपैयाँमा १ जीबी टाटा भोल्युम सम्मका अफर दिएको छ । करिब दर्जन अफर ल्याएको छ उपभोक्ताको लागी ।अफर तथा प्याकेजहरु यस्ता छन् :-

रिचार्जमा बोनस :

जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत असोज ५ गतेदेखी १० गतेसम्म रू ५०, १००, २००, ५०० र १००० का रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ । त्यसैगरी रू १० र सोभन्दा बढी एम्पोस (एमपीओएस)मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ ।

युट्युब डाटा प्याकेजः जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त गराउने कम्पनीले जनाएको छ । सोे प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गर्ने कम्पनीको भनाइ छ । प्याकेज असोज ५ गते देखी १९ गतेसम्म लिईसक्नु पर्नेे भनिएको छ ।

कम्बो प्याकेजः

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेजअन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त उपलब्ध गराउने भएको छ । उक्त प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । कम्पनीको अनुसार २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ ।

भ्वाइस प्याकेज :

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने बताइएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ ।

पीएसटीएन:

सी–फोन (पोष्ट पेड फिक्स्ड) सेवामा बोनस : ग्राहकहरुलाई न्युनतम मासिक महसुल २०० सयमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा १ सयर १सय स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराउन उक्त बोनस दिइएको जनाइएको छ ।
एडीएसएल÷ एफटीटीएच अफर : असोज ११ देखि १८ भित्र अनलिमिटेड र भोल्युमबेस एडीएसएल एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि असोज १९ सम्म थप गरिएको जनाइएको छ । असोज ११ देखि १८ भित्र एफटीटीएच ‘डब्ल्युआइएमएएक्स’ एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि असोज १९ सम्म थप गरिने जानकारी टेलिकमले दिएको छ ।

एसएमएसमा छुटः

जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा असोज ११ देखि १९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको बताइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिनेछ ।

फोरजी सिम निःशुल्क परिवर्तन :

कम्पनीले असोज ५ देखि कात्र्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम(यू सिम) परिवर्तन निःशुल्क गरिएको बताएको छ । उक्त सेवा कम्पनीका काठमाण्डौ, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध गराइने बताएको छ ।