गायक तेजस रेग्मीलाई किन रुनु पर्‍यो धेरै हेरौ (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गायक तेजस रेग्मीलाई किन रुनु पर्‍यो धेरै हेरौ (भिडियो सहित)



समिर प्रकाश पाण्डे

कानुनमा जातीय भेदभाव र छुवाछूतलाई अपराध मानिए पनि व्यवहारमा छुवाछूतको समस्या न्यूनीकरण हुन सकेको छैन । शिक्षा र जनचेतनाको कमी, ऐन कानुनको बारेमा समुदाय तहसम्म जानकारी नहुनु, पुरानो सामाजिक संस्कार र व्यवहारमा परिवर्तन नआउँदा दलित समुदाय जातीय भेदभाव र छुवाछूतको सिकार हुन बाध्य भएका छन् । हाम्रो समाजमा रहेको छुवाछुत विभेदलाई मुख्य विषय बस्तु बनाएर सर्जक अविरल विसाउनीको लय तथा शब्द सिर्जनामा लोकदोहोरी गीत “रुनु पर्‍यो धेरै” भिडियो सहित केही दिन अगाडि मात्र सर्वजनिक भएको छ ।

गयक तथा सर्जक तेजश रेग्मी र चर्चित गायिका विष्णु माझिको आवाजमा रहेको यो गीत मा रञ्जिता गुरुङ र ओवि रायमाझिको उत्कृष्ट अभिनय छ भिडियोमा अोविको कपाल खौरिएको दृश्यले साचिच्कै दर्शकको ध्यान तानेको छ ।

मेशना डिजिटलले बजार व्यवस्थापन गरेको सो गीतको भिडियो निर्देशन गरेका छन् चर्चित निर्देशक कपिल लामाले यस्तै सुरेश श्रेष्ठको छायांकन रहेको भिडियोको सुजन शाहीको सम्पादन रहेको छ ।