पोखरामा ट्याक्सी ज्यादति अन्त्य गर्दै प्रहरी :कालो प्लेटका सबै सवारी ठप्प - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पोखरामा ट्याक्सी ज्यादति अन्त्य गर्दै प्रहरी :कालो प्लेटका सबै सवारी ठप्प



पोखरा ।

ट्याक्सी मिटरमा गुडाउन प्रहरी प्रशासन कडाइका साथ उत्रिएपछि चालक र व्यवसायी आन्दोलित भएका छन् । मंगलबार कास्की प्रहरीले गरेको अप्रेसनका क्रममा ट्याक्सी मिटरमा नचलाएको भनी १८ जना चालक तथा व्यवसायी पक्राउ परेका थिए । त्यसको विरोध स्वरुप बुधबार पृथ्वीचोकमा तेस्र्याइएका ट्याक्सी हटाउन कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह आफै फिल्डमा उत्रिए ।

बाटो छेकेर राखिएका ट्याक्सी उचालेर किनारा लगाउन एसपी सिंहले प्रहरी खटाएका थिए । विरोधका लागि जम्मा भएका चालक तथा व्यवसायी एसपी सिंही स्वयंसमेत फिल्डमा कडाइपूर्व उत्रिएपछि ब्याक भएका थिए । त्यस क्रममा बुधबार पनि १५ जनाभन्दा बढीलाइ प्रहरीले पक्रेको छ ।

बुधबार प्रहरीको कडाइपछि ट्याक्सी व्यवसायी मात्र होइन कालो प्लेटमा चल्ने सबै सार्वजनिक यातायातका साधन थन्याउने निर्णय व्यवसायीले निर्णय गरेका छन् ।ट्याक्सीवालालाई अरु यातायात व्यवसायीले साथ दिने निर्णय गरेकाछन् । उनीहरुको बुधबार साँझ बसेको बैठकले बिहीबारदेखि सबै साधन थन्क्याउने निर्णय गरेको ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए । उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, स्थानीय श्रृंगा यातायात व्यवसायी समिति, गण्डकी ट्रक व्यवसायी समिति लगायत यहाँका सबै यातायातका व्यवसायीले आफ्ना गाडीथन्काउने निर्णय गरेका छन् ।

ट्याक्सी पृथ्वीचोकमा तेसारिदिँदा बुधबारबिहान ९ बजेदेखि मध्याह्नसम्म पोखरा भित्रिने र बाहिरिने यात्रुले यात्रा गर्न पाएनन् । यतिसम्म किएम्बुलेनसलाई समेत चालकहरुले चल्न दिएनन् । विगत ५ वर्षमा सबै वस्तु तथा सेवाको भाउ बढेको तर आफूहरुको भाडा नबढेको र समायोजन नगराइएको व्यवसायीहरु बताउँछन् । प्रहरीले ज्यादती गरेकाले बन्द गर्नुपरेको ट्याक्सीव्यवसायी समिति अध्यक्ष तिवारी बताउँछन् । ‘सडकमा निकालेर पटकैपिच्छे ५ हजार तिर्ने क्षमता हामीसँग भएन । त्यसैले सबैले आफ्ना साधन थन्क्याउने निर्णय ग¥यौं,’उनले भने । बुधबारको आन्दोलन आफूहरुले भन्दापनि मजदुरहरुले स्वतस्फूर्त गरेको उनले बताए ।

‘हाम्रो काम कानुनको पालना गराउने हो, नागरिकले आफू अन्यायमा परेको भन्छ र हेर्दा अन्यायमै पारिएको पाइन्छ भने प्रहरी प्रशासन चुप लागेर बस्दैन, हामीले उजुरी अनुरुप हेर्दा त्यस्तै पाया,ैं अनि समातेर यातायात व्यवस्था कार्यालयलाई बुझाइदिएको हो,’ एसपी सिंहले भने ।

साँझ यहाँका सबै यातायात व्यसायीका समिति बसेर आन्दोलनमा ऐक्यबद्धता जनाएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिवयोगेन्द्र केसीले जानकारी दिए । सडकमा तेसारेर राख्नुभन्दा ग्यारेजमै थन्क्याउने निर्णय गरेको उनले बताए । ‘हामी मिटरमा ट्याक्सी चलाउनुपर्छ भन्ने पक्षमै छौं तर समायोजन गरेर चलाउनु पर्छ,’ उनले भने, ‘ट्याक्सीमा मिटर नचल्नुमा ५० प्रतिशत व्यवसायी र ५० प्रतिशत प्रशासनको दोष छ, दुबैले करेक्सन गर्नुपर्छ ।’

एमाले, कांग्रेस र माओवादी सम्बद्ध मजदुर संगठनले बुधबार नै विज्ञप्ति निकालेर प्रशासनले जयादती गरेको बताएका छन् । उनीहरुले व्यवसायी संघ÷संस्था र स्थानीय प्रशासनबीचको असमझदारीको कारण आफूहरु दोहोरो मारमा परेका गुनासो गरेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, नेपाल यातायात मजदूर संघ कास्कीका सचिव अर्जुन खनाल र अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष रेशमबहादुर सिंखडाले संयुक्तरुपमा प्रेस विज्ञप्ति प्रकाशित गरी दुई पक्षको असमझदारीको कारण यातायात मजदुर प्रहरी प्रशासनको निशाना बनेको उल्लेख गरेका हुन् । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सबै उपभोक्ताले सहज र सर्वसुलभ सेवाको अनुभूति गरुन् भन्ने चाहान्छांै ।’ उनीहरुले प्रहरी हिरासतमा राखिएका मजदुरहरुको रिहाइको लागि स्वतस्पूmर्त गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बताए ।

प्रशासनले गरेका कामको उपभोक्ता मञ्च कास्कीले स्वागत गरेको छ । प्रशासनलाई नियमको पालना गराउन र उपभोक्ताको अधिकारका पक्षमा दरोगरी उभिन मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले आग्रह गरेका छन् । कि राज्यको नियम कानुन मानेर व्यवसाय सञ्चालन गर्नुपर्ने होइन भने व्यवसाय बन्द गर्नुको विकल्प नहुने उनले बताए ।

गण्डकी यातायात समन्वय समितिका समेत अध्यक्ष रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तारानाथ अधिकारीले कसैलाई पनि मनपरी गर्ने छुट नरहेको बताए । नियम कानुनको सबैले पालना गर्नुपर्ने भन्दै मिटर समायोजन या भाडा समायोजन जसता कुराको सम्बोधन आफूबाट हुन नसक्ने प्रष्ट पारे । ‘हामी कानुनको कार्यान्वयन गर्ने र गराउन सक्छौं, कानुन बनाउन सक्दैनौं, कानुन बमोजिम कारबाही गर्न र गराउन सक्ने हैसियत हामीसँग छ,’ उनले भने ।सिडिओ अधिकारीले यात्रा गर्नपाउने जनताको अधिकार कुन्ठित हुन नदिन आफूले पहल गर्ने भने बताएका छन् ।

उनले अति महत्वको सार्वजनिक सेवालाई मैले मन लागेन दिइन भन्न नपाउने समेत प्रष्टाए ।