तरुणदल अध्यक्ष मल्ललाई टिकट दिनुपर्ने तरुण युवाहरूको माग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तरुणदल अध्यक्ष मल्ललाई टिकट दिनुपर्ने तरुण युवाहरूको माग



विश्वास पुरी स्याङ्जा/असोज २९ 

स्याङ्जाको अध्यक्ष भागबत प्रकाश मल्ललाई आगामी प्रदेश सभाको लागि स्याङ्जा क्षेत्र नं २ (ख) बाट टिकट दिनुपर्ने तरुणहरुको व्यापक आवाज उठ्न थालेको छ । तरुणदल अध्यक्ष मल्ल स्याङ्जामा तरुण युवाहरू माझ निकै लोकप्रिय रहेका छन् । कार्यकर्तालाई संरक्षण गर्ने नम्र स्वभावका जिल्लामै बसेर अहोरात्र जनताको काममा खट्ने भएका कारण मल्ल जनतासामु निकै परिचित छन् ।

भूकम्पले बाढी पहिरोले पिल्सिएका जनतालाई राहत सहयोग जुटाएर विकास निर्माणका कामहरू जनताको दुख सुखमा साथ दिँदै पार्टीको सङ्गठन बिस्तार हरेक मेला महोत्सव विभिन्न कार्यक्रमहरू लिएर स्याङ्जामा मल्ल सबै गाउँ गाउँ बस्ती बस्तीहरुमा पुगिसकेका छन् ।

जनताको माग समयको मागलाई मध्यनजर गर्दै सहजै जित हाम्रो पोल्टामा पार्न सकिने भएकोले नेतृत्व तहले यी कुरालाई मनन गर्दै मल्ललाई टिकट दिनुपर्ने नेपाल तरुणदल क्षेत्रीय अध्यक्ष तथा क्षेत्रीय सचिव महेश भट्टराईले हिमाल पोस्ट अनलाइन खबर सँग बताउनुभएको छ । मल्लले नेपाल तरुणदल स्याङ्जालाई जनताको दुखसुखको साथी सङ्गठन चुष्त र दुरुस्त बनाएर देशभरकै एक नमुनाको रूपमा नेपाल तरुणदल स्याङ्जालाई परिचित गराएका छन् ।

राजनीति ब्यालेन्स र केन्द्रीय सभाको उमेदवार जिताउन पनि मल्लको स्याङ्जामा निकै महत्त्वपूर्ण भूमिका रहनेछ । समयको माग परिवेश अनुसार पार्टी नेतृत्व नचल्दा पार्टीले धेरै ठाउँमा पराजय ब्यहोर्नु परेकोले अब ती गल्ती कमिकमजोरीलाई नेतृत्व तहले सच्याउँदै अघि बढ्नु पर्ने र हाम्रालाई होइन राम्रालाई जनताले चुनेका प्रकाश मल्ललाई टिकट दिनुपर्ने तरुण युवाहरूले जोडदार माग गरेका छन् । तरुण नेता मल्ललाई स्याङ्जा क्षेत्र नं २ (ख) बाट पार्टीले सिफारिस गरेको छ ।