तनहुँ सेवा समाज कतारले पिकनिकको आयोजना गर्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तनहुँ सेवा समाज कतारले पिकनिकको आयोजना गर्दै



ओम प्रकाश बानियाँ/दोहा, कतार

कतारमा कार्यरत तनहुँ बासीहरुको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले अङ्ग्रेजी वर्ष २०१८ को उपलक्ष्यमा शुभकामान आदान प्रदान एवम् बृहत् बनभोज तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

२०१८ जनवरी २६ तारिख शुक्रवारका दिन अमसलाल अलिमा अवस्थित अलदार कल्ब को कम्पाउण्ड हलमा राखिएको सो कार्यक्रममा करिब ७ सय भन्दा बढी तनहुँबासि तथा गैर तनहुँ बासीहरुलाई उपस्थिति गराउने लक्ष्य आयोजकको रहेको छ ।

कार्यक्रमको मुख्य आकर्षकको रूपमा नेपालदेखि चिपरिचित मोडेल तथा डान्सर एलिना देउजा र ख्यातिप्राप्त चर्चित लोक गायिका देवीका केसीको प्रस्तुति एवम् स्थानीय कलाकारहरूको प्रस्तुति रहने कुरा कलाकार संयोजक समाजका आजिवन सदस्य एवम् सास्कृतिक विभाग प्रमुख कृष्ण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

भरत वागलेको संयोजकत्वमा कार्यक्रमलाई भव्य र सब्य रूपमा सफल बनाउन विभिन्न समिति र उपसमितिहरु तयार भैसकेको छ । सहुलियत शुल्क राखी आयोजना गरिएको बनभोज कार्यक्रमको प्रवेश शुल्क कतारी रियल ३५ मात्र निर्धारण गरिएको छ । दोहामा स्थापित सम्पूर्ण सस्थाका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका नेपाली समुदायका अगुवा हरुलाई समेत अतिथिको रूपमा आमान्त्रण गरिने कुरा समाजसेवी एवम् तनहुँ सेवा समाजका महासचिव पदम गिरी दशनामीले जानकारी दिनु भयो ।

सो कार्यक्रमको अवसर पारेर तनहुँ सेवा समाज दोहा कतार ले विगत देखि गर्दै आएको “न्यानो कार्यक्रम” अन्तर्गत बृद्धआश्रमको सहयोगार्थ स्वरूप राखिएको भाग्यशाली चिट्ठा को नतिजा पनि प्रकाशन गरिने गिरीले बताउनु भयो ।

गिरिले आफ्नो कुरालाई थप्दै भने दोहामा कतिपय नेपाली समुदायहरूको कार्यक्रहरु एक आपसमा जुध्ने हुनाले केही समय अगाडी देखि नै सङ्घ सस्थाहरुको फेसबुक ग्रुप मार्फत जानकारी गराई सकेका छौँ । हामी फेरि पनि आग्रह गर्ने चाहान्छौ कि उक्त दिन अरू सङ्घ सस्थाले कार्यक्रम न जुधाई कार्यक्रमलाई सहयोग गरी दिनु हुन् पनि विनम्र गर्द्छौ ।

तनहुँ सेवा समाजले यस भन्दा पहिले भुक्म्प पीडित, बाढी पहिरो पीडित एवम् कतारमा दु:ख पाएका तनहुँ वासी वा गैर तनहुँ वासीलाई आर्थिक, नैतिक, भौतिक सहयोग गर्दै आएको छ ।