तालिवान कमाण्डरसहित चौध लडाकू मारिए - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तालिवान कमाण्डरसहित चौध लडाकू मारिए



अफगानिस्तान ।

अफगानिस्तानको बुर्का जिल्लामा भएको सुरक्षा कारबाहीमा परी तालिवानका एक मुख्य कमाण्डरसहित १४ जना मारिएका छन् । तालिवानका मुख्य कमाण्डर मुल्लाह अब्दुल वाहाबसहित १४ जना मारिएको बाघलान प्रान्तको प्रान्तीय प्रहरी प्रमुख इक्रामुदिन सारीले मङगलबार जानकारी दिए ।

“सोमबार मध्याह्न जारी रहेको सुरक्षा कारबाहीमा परी तालिवानका मुख्य कमाण्डरसहित १४ जना मारिएका छन्, अरु १७ जना घाइते भएका सारीले संबाददाताहरुलाई बताए ।

तर उनले सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको वा नभएको बारेमा भने केही जानकारी दिन चाहेनन् ।

बुर्का जिल्ला नियन्त्रणमा लिनका लागि गत दुई दिन अगाडी भएको भिडन्तमा परी तीन जना सुरक्षाकर्मीहरु मारिएको एक जना सरकारी अधिकारीले बताएका छन् ।

सयौं तालिवान लडाकूहरुले सोमबार विहानै बुर्का जिल्ला नियन्त्रणमा लिनका लागि आक्रमण गरेका थिए । त्यसपछि सरकारी सुरक्षाकर्मीहरुले प्रतिरक्षा कारबाही चलाएको थियो । रासस/सिन्ह्वा