तोकियो स्थानीय जनप्रतिनिधिको तलब, प्रदेश ५ का जनप्रतिनिधिले कति तलब पाउने ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तोकियो स्थानीय जनप्रतिनिधिको तलब, प्रदेश ५ का जनप्रतिनिधिले कति तलब पाउने ?



बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधासम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश सभा भवनमा बुधबार बसेको बैठकले स्थानीय तहका प्रमुखदेखि सदस्यसम्मको सेवासुविधासम्बन्धी विधेयक पारित गरेको हो ।
पारित विधेयकअनुसार जिल्ला समन्वय समितिका प्रमुखले मासिक तलब–भत्ता ४१ हजार, उपप्रमुखले ३६ हजार र सदस्यले १६ हजार पाउनेछन् ।

त्यस्तै, उपमहानगरपालिका प्रमुखले ४० हजार, उपप्रमुखले ३५ हजार, वडाध्यक्षले २६ हजार, कार्यपालिका सदस्यले १५ हजार र वडा सदस्यले ९ हजार रुपैयाँ तलब पाउनेछन् ।

त्यस्तै, नगरपालिका प्रमुखले मासिक ३५ हजार, उपप्रमुखले ३० हजार, वडाध्यक्षले २५ हजार, कार्यपालिका सदस्यले १३ हजार, सदस्यले ८ हजार र गाउँपालिकाका अध्यक्षले मासिक ३० हजार, उपाध्यक्षले २७ हजार, वडाध्यक्षले २० हजार, कार्यपालिका सदस्यले १२ हजार र सदस्यले ७ हजार रुपैयाँ पाउनेछन् । मासिक तलब–भत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि बैठकले पारित गरेको छ ।