टी १० को खेलमा डाफे टिम विजयी । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टी १० को खेलमा डाफे टिम विजयी ।



ओम प्रकाश बानियाँ

बराहका खेलप्रेमीको आह्वान बराहमा क्रिकेट मैदान भन्ने नाराका साथ बराह-५ रामझोडामा बराह मै पहिलो पटक क्रिकेट मैदान बनाउने उदेश्यका साथ सिदार्थ मेमोरियल इङलिस स्कुलको २ क्रिकेट टिम डाफे क्रिकेट टिम र लालिगुरास क्रिकेट टिम बिच एक दिबसिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगिता आयोजना सिदार्थ मेमोरियल इङलिस स्कुल बराह-५ ले गरेको थियो । उक्त प्रतियोगिताका सभापति सिदार्थ स्कुलका शिक्षक तथा खेलका सम्योजक कमल खड्का तथा प्रमुख अतिथि जनजागृती सामुदायिक बन बराह-५ का अध्यक्ष खड्ग बहादुर कार्की, सिदार्थ स्कुल का २ टिम डाफे क्रिकेट टिम र लालिगुरास क्रिकेट टिम बिच भएको उक्त प्रतियोगितामा डाफे क्रिकेट टिमले लालिगुरास क्रिकेट टिमलाई ७ रनले पराजित गरेको थियो । खेलको विजेता डाफे टिमले निर्धारित १० ओभर खेल्दै ८ विकेट गुमाएर ९० रन बनाएको थियो ।

९१ रनको लक्ष्य पाएको लालिगुरास टिमले १० ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै ८३ रनमा समेटिएको थियो । डाफेको जितमा क्याप्टेन रोहन साहले सर्वाधिक ४४ को योगदान गरेका थिए । डाफेका रोहन साह प्रतियोगिताका उतकृस्ट ब्याटम्यान घोषित भए भने डाफेकै सुमित साह उतकृस्ट बलर घोषित भए । प्रतियोगिता बराह-५ रामझोडाको खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न र बराहका खेलाडीहरूलाई ऊर्जा प्रदान गर्न गरिएको खेलका सभापति कमल खड्काले बताउनु भयो।