नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको छ :रास्ट्रपति - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको छ :रास्ट्रपति



काठमाडौँ, मङ्सिर २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको छ ।

मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले ती व्यवस्था क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको उल्लेख गर्नुभएको हो ।

“संविधानले राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक तथा कानुनी निकायको व्यवस्था गर्नु आफैँमा सन्तोषको विषय हो । यसै परिप्रेक्षमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसमेत गठन भई क्रियाशील रहेका छन्”– शुभकामना सन्देशमा भनिएको छ– “मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवद्र्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको छ । दिवसले सम्पूर्ण मानव जातिका साझा अधिकार सबैलाई सधैँ प्रत्याभूत गर्न विश्वका सबै मुलुकलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।” रासस