स्याङजा प्राङगारिक पाठशाला सुरु कृषक हर्षित - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

स्याङजा प्राङगारिक पाठशाला सुरु कृषक हर्षित



गोपिकृष्ण रेग्मी
प्रदेश नं.४: स्याङजाको चापाकोट नगरपालिका वडा नं.५ सेखाम सिममा आज एक कार्यक्रमका बिच प्राङगारिक ,आधुनिक र व्यावसायिक कृषिका लागी “प्राङगारिक पाठशाला” कक्षा सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकाले कृषि क्षेत्रलाई टेवा पुग्ने गरी कृषकहरूलाई प्राङगारिक कृषि पाठशाला सुरुवात गरेको हो । चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले १० वटा वडा रहेको यस नगरपालिकामा जहाँ जे फल्छ त्यही लगाउने गरी अर्गानिक तरकारी तथा फलफुल उत्पादनलाई विशेष प्राथामिकता दिएर कृषकहरूको जीवनस्तर उकास्नको लागि प्राङगारिक पाठशाला खोलिएको बताए ।

नेपाल कृषि प्रधान देश यही देशका हामी नागरिक जब सम्म कृषि क्षेत्रलाई अगाडि बढाउन सकिन्न तब सम्म हामी गरिब नै रहने छौ ,त्यसैले हामीले किसानहरूलाई कुन समयमा कुन तरकारी लगाउने ,कुन फलफुल लगाउँदा बढी भन्दा बढी उत्पादन गर्न सकिन्छ कृषि प्राविधिक र कृषि विज्ञको सल्लाहमा सबै वडामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

गिरीले भने: हामी गरिब छौ भनेर बस्ने जमाना गए, नगरपालिका भित्रका सबै खाली खेतबारीमा अर्गानिक दैनिक उपभोग्य तरकारी तथा फलफुल फल्ने छ ।

चापाकोट आफैमा उर्वर भूमि हो यसमा ज्याग्दी चापाकोट नहरबाट सिँचाइ गरी घर घरमा करेसाबारी बनाउने अभियानमा हामी छौ सबैको सहयोग पनि रहेन छ ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अधिकारी, वडा न.५ का वडा अध्यक्ष इन्द्र बहादुर शाही नगरपालिकाका कृषि शाखा प्रमुख हरिहर शर्मा चापाकोट सहरी विकास आयोजनाका विज्ञ वि.के श्रेष्ठ लगायतले आफ्नो धारण ब्यक्त गरेका थिए ।

ज्याग्दी ठुलो कुलो कृषक समूहका अध्यक्ष कुल बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्दु कोइरालाले र सञ्चालन नगरपालिकाका सूचना अधिकारी खगेन्द्र भण्डारीले गरेका थिए ।