पाणिनी क्याम्पसमा स्ववियु चुनावको लागि नेविसंघ, क्रान्तिकारी प्रचण्ड, विप्लव र नयाँशक्ती विद्यार्थी बिच एकता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पाणिनी क्याम्पसमा स्ववियु चुनावको लागि नेविसंघ, क्रान्तिकारी प्रचण्ड, विप्लव र नयाँशक्ती विद्यार्थी बिच एकता



घनश्याम पौडेल /सन्धिखर्क, १३ फागुन

पाणिनी बहुमुखी क्याम्पसमा भोली हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा एकता गरेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट क्रान्तिकारी, विप्लव निकट क्रान्तिकारी र नयाँ शक्ती निकट नयाँ शक्ती विद्यार्थी युनियनले एकता गरेर एउटै प्यानल बनाएर चुनावमा प्रतिष्पर्धाका लागी खडा भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर क्ररान्तीकारीका लक्ष्मण खड्काको नेतृत्वमा सभापती, नेविसंघका बर्जना खनाल सचिव, नेविसंघका घनश्याम पौडेल कोषाध्यक्ष, सदस्यहरुमा नेविसंघकै शुशिल बेल्वासे, अनिशा शाही ठकुरी र शर्मीला पन्थीलाई एउटै प्यानल बनाएर नेपाल विद्यार्थी संघ, क्रान्तिकारी प्रचण्ड, क्रान्तिकारी विप्लव र नयाँ शक्ती विद्यार्थी युनियनको सहमतीमा एउटै प्यानल बनाएर अगाडी सारेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्रबहादुर खड्काले एमाले निकट अनेरास्ववियुले आफनो हर्कत देखाएकोले जसरी भएपनी अनेरास्ववियुलाई हराउन कांग्रेस सँग एकता भएको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले यो माओवादी र कांग्रेसको एकता जिल्लाको विकासका लागी सधै एकता भईरहने बताउनुभयो ।

नयाँ शक्ती नेपाल अर्घाखाँचीका जिल्ला संयोजक गोकर्ण थापा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, क्रान्तिकारीका सचिवालय सदस्य नारायण खनाल, नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डे, अखिल क्रान्तिकारी विप्लबका कुलराज बन्जाडे, नयाँ शक्ती विद्यार्थी युनियनका बाबुराम पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली लगाएतले मन्तव्य राख्दै चार ठुला संगठन बिच एकता भएसँगै जित सुनिश्चत रहेको बताए ।

नेविसंघकाmे तर्फबाट सभापतीका उम्मेदवार सुरज रायमाझीले उम्मेदवारी फिर्ता लिदै लक्ष्मण खड्कालाई समर्थन गरेको बताउनुभयो ।
त्यस्तै क्रान्तिकारीबाट सचिव पदका उम्मेदवार शारदा पाण्डेले आफनो उम्मेदवारी फिर्ता लिदै नेविसंघका बर्जना खनाललाई समर्थन गरेको बताउनुभयो । त्यस्तै क्रान्तिकारीका नै कोषाध्यक्ष पदका उम्मेदवार राजेन्द्रप्रसाद भुसालले  आफनो उम्मेदवारी फिर्ता लिदै नेविसंघका कोषाध्यक्ष पदका उम्मेदवार घनश्याम पौडेललाई समर्थन गरेको जानकारी गराउनुभएको थियो ।

सन्दिप सुनार, सुदिप खनाल र करिष्मा भारतीले आफनो उम्मेदवारी फिर्ता लिदै नेविसंघका शुशिल बेल्वासे, अनिशा शाही ठकुरी, शर्मीला पन्थीलाई समर्थन गरेको पत्रकार सम्मेलनका जानकारी गराउनुभएको हो ।

पत्रकार सम्मेलन स्ववियु चुनाव सभापती पदका उम्मेदवार लक्ष्मण खड्काको अध्यक्षता र कोषाध्यक्ष पदका उम्मेदवार घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।