स्वीट्जरल्यान्ड र ब्राजिल अंकमा बराबरी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्वीट्जरल्यान्ड र ब्राजिल अंकमा बराबरी



कलिनइनग्राड (एजेन्सी) – उत्कृष्ट पुनरामगनका साथ सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ । जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी गरेको स्वीट्जरल्यान्डले दोस्रो खेल भने जितेको हो ।

ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेको खेलमा जेर्डन सेकिरीले निर्णायक गोल गरेका थिए । झाकाले टाढाबाट गोल गरेका थिए भने सेकिरीले काउन्टर एट्याकमा खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसअघि पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोलमार्फत सर्बियालाई अग्रता दिलाएका थिए । स्वीट्रल्यान्डको जिपछि समूह इबाट नकआउट चरण पुग्ने सम्भावना रोचक बनेको छ ।

यसअघि ब्राजिलले कोस्टा रिकालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो । पछिल्लो नतिजापछि ब्राजिल र स्वीट्जरल्यान्डको समान ४ तथा सर्बियाको ३ अंक छ । कोस्टा रिका भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम दुई खेलमा ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टा रिकाको सामना गर्नेछ । त्यसैले पनि बाँकी दुई खेल रोचक बन्ने छ । अघिल्लो चरण पुग्ने दौडमा रहेका तीन मध्ये दुई टोलीको टुंगो समूह चरणको अन्तिम दुई खेलले लगाउने छ ।